Jump to content

Page:Tarun tapasi.pdf/58: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२१}} टुट्यो त्यस्ले गर्दा भुवनभरको नीरवपना ::गयो गल्दै गल्दै सकल दुनियाँको तम घना। सबेरैका हावा पनि बहन थाल्यो सिरिसिरी ::फुके साना ठाडा अरुणरुचिरेखा मिरिमिरी..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|२१}}
{{pcn|२१}}
टुट्यो त्यस्ले गर्दा भुवनभरको नीरवपना
टुट्यो त्यस्ले गर्दा भुवनभरको नीरवपना
::गयो गल्दै गल्दै सकल दुनियाँको तम घना।
::गयो गल्दै गल्दै सकल दुनियाँको तम घना ।
सबेरैका हावा पनि बहन थाल्यो सिरिसिरी
सबेरैका हावा पनि बहन थाल्यो सिरिसिरी
::फुके साना ठाडा अरुणरुचिरेखा मिरिमिरी।।
::फुके साना ठाडा अरुणरुचिरेखा मिरिमिरी ॥


{{pcn|२२}}
{{pcn|२२}}
कुनामा ती रागी दिवसकरको चुम्बन परी
कुनामा ती रागी दिवसकरको चुम्बन परी
::खुशीले मस्केकी सरल धरणीको स्मित सरी।
::खुशीले मस्केकी सरल धरणीको स्मित सरी ।
उज्यालो भै निस्क्यो क्षितिज उस वेला अलिअलि
उज्यालो भै निस्क्यो क्षितिज उस वेला अलिअलि
::झिके यौटा दोटा चपल चिडियाले खलबली।।
::झिके यौटा दोटा चपल चिडियाले खलबली ॥


{{pcn|२३}}
{{pcn|२३}}
उषाले बिस्तारै दिवसपतिको पूर्वतिरको
उषाले बिस्तारै दिवसपतिको पूर्वतिरको
::गुलाफी खोपी वा अति चहकिलो केलिघरको।
::गुलाफी खोपी वा अति चहकिलो केलिघरको ।
खुला पारी ढोका, विहगकुल त्यो चञ्चुचपल
खुला पारी ढोका, विहगकुल त्यो चञ्चुचपल
::प्रभातीको ताना मधुर लिन थाल्यो पलपल।।
::प्रभातीको ताना मधुर लिन थाल्यो पलपल ॥


{{pcn|२४}}
{{pcn|२४}}
हटाई पर्दा त्यो मलिन तमको मङ्गल गरी
हटाई पर्दा त्यो मलिन तमको मङ्गल गरी
::छरी रातो रोरीमय चहक राम्रो नट सरी।
::छरी रातो रोरीमय चहक राम्रो नट सरी ।
उदाये वा आये जब रवि खुला नाट्यघरमा
उदाये वा आये जब रवि खुला नाट्यघरमा
::तमासा अर्कै भो अनि सकल संसारभरमा।।
::तमासा अर्कै भो अनि सकल संसारभरमा ॥


{{pcn|२५}}
{{pcn|२५}}
ठुला अग्ला अग्ला गिरिशिखरका साथ म पनि
ठुला अग्ला अग्ला गिरिशिखरका साथ म पनि
::त्यसै झल्कें टल्कें रविकिरणले कञ्चन बनी।
::त्यसै झल्कें टल्कें रविकिरणले कञ्चन बनी ।
चरा मानू नीराजनविषयको कीर्तन गरी
चरा मानू नीराजनविषयको कीर्तन गरी
::उडे सारा चारा लिन चपल चञ्चूपुट धरी।।
::उडे सारा चारा लिन चपल चञ्चूपुट धरी ॥


{{pcn|२६}}
{{pcn|२६}}
उता जोड्छन् नाता उदयगिरिमा वासरमणि।
उता जोड्छन् नाता उदयगिरिमा वासरमणि ।
::यता छोड्छन् ताता सुखशयनको वासरमणी।
::यता छोड्छन् ताता सुखशयनको वासरमणी ।
उनी बन्छन् आफैं गिरिशिखरका स्वर्णकलश
उनी बन्छन् आफैं गिरिशिखरका स्वर्णकलश
::इनी भन्छन् पारौं अब त जलले पूर्ण कलश।।
::इनी भन्छन् पारौं अब त जलले पूर्ण कलश ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 20:49, 6 May 2025

This page has not been proofread

२१
टुट्यो त्यस्ले गर्दा भुवनभरको नीरवपना
गयो गल्दै गल्दै सकल दुनियाँको तम घना ।
सबेरैका हावा पनि बहन थाल्यो सिरिसिरी
फुके साना ठाडा अरुणरुचिरेखा मिरिमिरी ॥

२२
कुनामा ती रागी दिवसकरको चुम्बन परी
खुशीले मस्केकी सरल धरणीको स्मित सरी ।
उज्यालो भै निस्क्यो क्षितिज उस वेला अलिअलि
झिके यौटा दोटा चपल चिडियाले खलबली ॥

२३
उषाले बिस्तारै दिवसपतिको पूर्वतिरको
गुलाफी खोपी वा अति चहकिलो केलिघरको ।
खुला पारी ढोका, विहगकुल त्यो चञ्चुचपल
प्रभातीको ताना मधुर लिन थाल्यो पलपल ॥

२४
हटाई पर्दा त्यो मलिन तमको मङ्गल गरी
छरी रातो रोरीमय चहक राम्रो नट सरी ।
उदाये वा आये जब रवि खुला नाट्यघरमा
तमासा अर्कै भो अनि सकल संसारभरमा ॥

२५
ठुला अग्ला अग्ला गिरिशिखरका साथ म पनि
त्यसै झल्कें टल्कें रविकिरणले कञ्चन बनी ।
चरा मानू नीराजनविषयको कीर्तन गरी
उडे सारा चारा लिन चपल चञ्चूपुट धरी ॥

२६
उता जोड्छन् नाता उदयगिरिमा वासरमणि ।
यता छोड्छन् ताता सुखशयनको वासरमणी ।
उनी बन्छन् आफैं गिरिशिखरका स्वर्णकलश
इनी भन्छन् पारौं अब त जलले पूर्ण कलश ॥