Page:Tarun tapasi.pdf/57: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१५}} कुनै वेला ढाक्रे कृषकहरुकै आदर गरी ::लगी गाग्रीगाग्राहरुबिच मिठो सर्बत भरी। कहन्थे यो खाऊ, पथजनित गर्मी मथर होस् ::म भन्थें त्यो सुन्दा मनुजमति यस्तै स्थिर..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|१५}} | {{pcn|१५}} | ||
कुनै वेला ढाक्रे कृषकहरुकै आदर गरी | कुनै वेला ढाक्रे कृषकहरुकै आदर गरी | ||
::लगी गाग्रीगाग्राहरुबिच मिठो सर्बत | ::लगी गाग्रीगाग्राहरुबिच मिठो सर्बत भरी । | ||
कहन्थे यो खाऊ, पथजनित गर्मी मथर होस् | कहन्थे यो खाऊ, पथजनित गर्मी मथर होस् | ||
::म भन्थें त्यो सुन्दा मनुजमति यस्तै स्थिर | ::म भन्थें त्यो सुन्दा मनुजमति यस्तै स्थिर रहोस् ॥ | ||
{{pcn|१६}} | {{pcn|१६}} | ||
बुढा, पाका, बाला, युवक, अधबैंसे सब जना | बुढा, पाका, बाला, युवक, अधबैंसे सब जना | ||
::बसी त्यो छायामा अलि छिन शुकायेर | ::बसी त्यो छायामा अलि छिन शुकायेर पसिना । | ||
उठीजाँदा हेरी खुशिसित जटामण्डलतिर | उठीजाँदा हेरी खुशिसित जटामण्डलतिर | ||
::कहन्थे वा भन्थे जुग जुग जियोस् | ::कहन्थे वा भन्थे जुग जुग जियोस् भाग्यशिखर ॥ | ||
{{pcn|१७}} | {{pcn|१७}} | ||
Line 17: | Line 17: | ||
::जटामा त्यो सारा रविकिरणधारा विलय भो | ::जटामा त्यो सारा रविकिरणधारा विलय भो | ||
धुलोले त्वाँलोले मलिन रवि ढाक्रेमय बनी | धुलोले त्वाँलोले मलिन रवि ढाक्रेमय बनी | ||
::गये आगो फुक्ने नियत लिइ | ::गये आगो फुक्ने नियत लिइ अस्ताऽचलमनि ॥ | ||
{{pcn|१८}} | {{pcn|१८}} | ||
उता यौटा ढाक्रे चरम गिरि भन्दा तल झरे | उता यौटा ढाक्रे चरम गिरि भन्दा तल झरे | ||
::यता त्यो चौकीको वरपरि हजारौं अगि | ::यता त्यो चौकीको वरपरि हजारौं अगि सरे । | ||
चुल्हा लाये, आगो सबतिर जगाये पिलिपिली | चुल्हा लाये, आगो सबतिर जगाये पिलिपिली | ||
::जुट्यो दीवालीको घडिभर त मानू | ::जुट्यो दीवालीको घडिभर त मानू झिलिमिली ॥ | ||
{{pcn|१९}} | {{pcn|१९}} | ||
कठै चाँडो चाँडो जठरहरिको पूजन गरी | कठै चाँडो चाँडो जठरहरिको पूजन गरी | ||
::सिह्रानैमा भारी, हरउपर बर्कोकन | ::सिह्रानैमा भारी, हरउपर बर्कोकन धरी । | ||
डुबे ती निद्राको अतुल परमाऽनन्द सुखमा | डुबे ती निद्राको अतुल परमाऽनन्द सुखमा | ||
::उठ्यो भारी हेर्छू म भनि घुरणा घुर्र | ::उठ्यो भारी हेर्छू म भनि घुरणा घुर्र मुखमा ॥ | ||
{{pcn|२०}} | {{pcn|२०}} | ||
नफेरी त्यो, फेरी निमिषभर कोल्टोतक पनि | नफेरी त्यो, फेरी निमिषभर कोल्टोतक पनि | ||
::पला झैं गैहाल्यो थकित तिनको दीर्घ | ::पला झैं गैहाल्यो थकित तिनको दीर्घ रजनी । | ||
तिखो चुच्चो खाली चटुल कुखुराले चरचरी | तिखो चुच्चो खाली चटुल कुखुराले चरचरी | ||
::चिर्यो त्यो सन्नाटा सकल 'कुखुरीकाँ' रव | ::चिर्यो त्यो सन्नाटा सकल 'कुखुरीकाँ' रव गरी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 20:49, 6 May 2025
१५
कुनै वेला ढाक्रे कृषकहरुकै आदर गरी
लगी गाग्रीगाग्राहरुबिच मिठो सर्बत भरी ।
कहन्थे यो खाऊ, पथजनित गर्मी मथर होस्
म भन्थें त्यो सुन्दा मनुजमति यस्तै स्थिर रहोस् ॥
१६
बुढा, पाका, बाला, युवक, अधबैंसे सब जना
बसी त्यो छायामा अलि छिन शुकायेर पसिना ।
उठीजाँदा हेरी खुशिसित जटामण्डलतिर
कहन्थे वा भन्थे जुग जुग जियोस् भाग्यशिखर ॥
१७
बित्यो एवंरीत्या सकल दिन, सन्ध्यासमय भो
जटामा त्यो सारा रविकिरणधारा विलय भो
धुलोले त्वाँलोले मलिन रवि ढाक्रेमय बनी
गये आगो फुक्ने नियत लिइ अस्ताऽचलमनि ॥
१८
उता यौटा ढाक्रे चरम गिरि भन्दा तल झरे
यता त्यो चौकीको वरपरि हजारौं अगि सरे ।
चुल्हा लाये, आगो सबतिर जगाये पिलिपिली
जुट्यो दीवालीको घडिभर त मानू झिलिमिली ॥
१९
कठै चाँडो चाँडो जठरहरिको पूजन गरी
सिह्रानैमा भारी, हरउपर बर्कोकन धरी ।
डुबे ती निद्राको अतुल परमाऽनन्द सुखमा
उठ्यो भारी हेर्छू म भनि घुरणा घुर्र मुखमा ॥
२०
नफेरी त्यो, फेरी निमिषभर कोल्टोतक पनि
पला झैं गैहाल्यो थकित तिनको दीर्घ रजनी ।
तिखो चुच्चो खाली चटुल कुखुराले चरचरी
चिर्यो त्यो सन्नाटा सकल 'कुखुरीकाँ' रव गरी ॥