Jump to content

Page:Tarun tapasi.pdf/40: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१५}} कुनै कालो चिल्लो घनसम जटामण्डल घना ::पुग्यो माथी, भैगो सफल सब सङ्कल्पसपना। फुक्यो छाती, लम्बा प्रबल भुजको मण्डलमनि ::सुखैमा बित्ने भो पथिकहरुको दीर्घ रजनी।..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|१५}}
{{pcn|१५}}
कुनै कालो चिल्लो घनसम जटामण्डल घना
कुनै कालो चिल्लो घनसम जटामण्डल घना
::पुग्यो माथी, भैगो सफल सब सङ्कल्पसपना।
::पुग्यो माथी, भैगो सफल सब सङ्कल्पसपना ।
फुक्यो छाती, लम्बा प्रबल भुजको मण्डलमनि
फुक्यो छाती, लम्बा प्रबल भुजको मण्डलमनि
::सुखैमा बित्ने भो पथिकहरुको दीर्घ रजनी।।
::सुखैमा बित्ने भो पथिकहरुको दीर्घ रजनी ॥


{{pcn|१६}}
{{pcn|१६}}
भरीलो त्यै बढ्दो रुचिर रुचिले आदर गरी
भरीलो त्यै बढ्दो रुचिर रुचिले आदर गरी
::दियो निम्ता, डाक्यो चपल चिडिया लाखन थरी।
::दियो निम्ता, डाक्यो चपल चिडिया लाखन थरी ।
जटाको टुप्पामा अभयसित बोल्दा तिनिहरू
जटाको टुप्पामा अभयसित बोल्दा तिनिहरू
::म भन्थें यै सारा विहगकुल हो किन्नरगुरु।।
::म भन्थें यै सारा विहगकुल हो किन्नरगुरु ॥


{{pcn|१७}}
{{pcn|१७}}
म द्यौता, त्यो चौकी विधिविहित देवालय सरी
म द्यौता, त्यो चौकी विधिविहित देवालय सरी
::पुजारी भै बस्थे चपल चिडिया लाखन थरी।
::पुजारी भै बस्थे चपल चिडिया लाखन थरी ।
थियो तिन्को पूजाविधि ललित लीलारसमय
थियो तिन्को पूजाविधि ललित लीलारसमय
::म दिन्थें पूजाको फल अतुल विश्रान्ति, अभय।।
::म दिन्थें पूजाको फल अतुल विश्रान्ति, अभय ॥


{{pcn|१८}}
{{pcn|१८}}
तिनै मेरा प्यारा अतिथि, रसिला बान्धव तिनै
तिनै मेरा प्यारा अतिथि, रसिला बान्धव तिनै
::तिनै सारा सच्चा सहचर, छिमेकी पनि तिनै।
::तिनै सारा सच्चा सहचर, छिमेकी पनि तिनै ।
तिनैलाई ठान्थें परिजन तथा जीवन पनि
तिनैलाई ठान्थें परिजन तथा जीवन पनि
::तिनै मिल्दा बन्थें भुवनभर सर्वोत्तम धनी।।
::तिनै मिल्दा बन्थें भुवनभर सर्वोत्तम धनी ॥


{{pcn|१९}}
{{pcn|१९}}
पखेटाको हम्को, स्वरमधुरिमा कण्ठतटको
पखेटाको हम्को, स्वरमधुरिमा कण्ठतटको
::हलुङ्गो नङ्ग्राको पकड, ठुँग त्यो चञ्चुपुटको।
::हलुङ्गो नङ्ग्राको पकड, ठुँग त्यो चञ्चुपुटको ।
मुटू छेड्दै जाने छनक, छवि, सङ्गीत, नचरी
मुटू छेड्दै जाने छनक, छवि, सङ्गीत, नचरी
::म सम्झन्थें सारा मधुर परमाऽऽनन्दलहरी।।
::म सम्झन्थें सारा मधुर परमाऽऽनन्दलहरी ॥


{{pcn|२०}}
{{pcn|२०}}
विधाताले मेरा उपर करुणाको वश परी
विधाताले मेरा उपर करुणाको वश परी
::स्वयं वर्षायेका अमर नगरीका फुल सरी।
::स्वयं वर्षायेका अमर नगरीका फुल सरी ।
थिये सारा प्यारा विहग, तर ती भुर्र सहसा
थिये सारा प्यारा विहग, तर ती भुर्र सहसा
::उडीजाँदा देख्थें किन किन अँध्यारा दश दिशा।।
::उडीजाँदा देख्थें किन किन अँध्यारा दश दिशा ॥


</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 20:44, 6 May 2025

This page has not been proofread

१५
कुनै कालो चिल्लो घनसम जटामण्डल घना
पुग्यो माथी, भैगो सफल सब सङ्कल्पसपना ।
फुक्यो छाती, लम्बा प्रबल भुजको मण्डलमनि
सुखैमा बित्ने भो पथिकहरुको दीर्घ रजनी ॥

१६
भरीलो त्यै बढ्दो रुचिर रुचिले आदर गरी
दियो निम्ता, डाक्यो चपल चिडिया लाखन थरी ।
जटाको टुप्पामा अभयसित बोल्दा तिनिहरू
म भन्थें यै सारा विहगकुल हो किन्नरगुरु ॥

१७
म द्यौता, त्यो चौकी विधिविहित देवालय सरी
पुजारी भै बस्थे चपल चिडिया लाखन थरी ।
थियो तिन्को पूजाविधि ललित लीलारसमय
म दिन्थें पूजाको फल अतुल विश्रान्ति, अभय ॥

१८
तिनै मेरा प्यारा अतिथि, रसिला बान्धव तिनै
तिनै सारा सच्चा सहचर, छिमेकी पनि तिनै ।
तिनैलाई ठान्थें परिजन तथा जीवन पनि
तिनै मिल्दा बन्थें भुवनभर सर्वोत्तम धनी ॥

१९
पखेटाको हम्को, स्वरमधुरिमा कण्ठतटको
हलुङ्गो नङ्ग्राको पकड, ठुँग त्यो चञ्चुपुटको ।
मुटू छेड्दै जाने छनक, छवि, सङ्गीत, नचरी
म सम्झन्थें सारा मधुर परमाऽऽनन्दलहरी ॥

२०
विधाताले मेरा उपर करुणाको वश परी
स्वयं वर्षायेका अमर नगरीका फुल सरी ।
थिये सारा प्यारा विहग, तर ती भुर्र सहसा
उडीजाँदा देख्थें किन किन अँध्यारा दश दिशा ॥