Jump to content

Page:Tarun tapasi.pdf/35: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१५}} यता माथी नीलो गगन, तल विस्तीर्ण धरणी ::उता शैलश्रेणी, उभयतिर त्यो दीर्घ सरणी। त्यता ठाडै बग्दी मधुर जलले पूर्ण तटिनी ::तपस्याका साक्षी सबतिर खडा छन् अझ पनि।।..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|१५}}
{{pcn|१५}}
यता माथी नीलो गगन, तल विस्तीर्ण धरणी
यता माथी नीलो गगन, तल विस्तीर्ण धरणी
::उता शैलश्रेणी, उभयतिर त्यो दीर्घ सरणी।
::उता शैलश्रेणी, उभयतिर त्यो दीर्घ सरणी ।
त्यता ठाडै बग्दी मधुर जलले पूर्ण तटिनी
त्यता ठाडै बग्दी मधुर जलले पूर्ण तटिनी
::तपस्याका साक्षी सबतिर खडा छन् अझ पनि।।
::तपस्याका साक्षी सबतिर खडा छन् अझ पनि ॥


{{pcn|१६}}
{{pcn|१६}}
कडा त्यो ठण्डीका दिवस, रजनी, पक्ष, महिना
कडा त्यो ठण्डीका दिवस, रजनी, पक्ष, महिना
::सबैमाथी गर्दै जिउ जकडले शीतल टुना।
::सबैमाथी गर्दै जिउ जकडले शीतल टुना ।
बिते सुस्तै सुस्तै गठन तनको खूब दह्रियो
बिते सुस्तै सुस्तै गठन तनको खूब दह्रियो
::विपद् बाधा ज्यादा सहन शकने शक्ति भरियो।।
::विपद् बाधा ज्यादा सहन शकने शक्ति भरियो ॥


{{pcn|१७}}
{{pcn|१७}}
म त्यो वेलादेखी प्रतिदिन कडा पुष्ट, बलियो
म त्यो वेलादेखी प्रतिदिन कडा पुष्ट, बलियो
::हुँदै आयें, पायें कठिन तपको स्वाद गुलियो।
::हुँदै आयें, पायें कठिन तपको स्वाद गुलियो ।
अघीको शीतोष्णप्रभृति सब बाधा पर सर्यो
अघीको शीतोष्णप्रभृति सब बाधा पर सर्यो
::विधाताले मानू अभय पदमा दाखिल गर्यो।।
::विधाताले मानू अभय पदमा दाखिल गर्यो ॥


{{pcn|१८}}
{{pcn|१८}}
त्यसै वेलादेखी किन किन ठुलो कौतुक गरी
त्यसै वेलादेखी किन किन ठुलो कौतुक गरी
::सबैमाथी छर्दै तरुणतम शोभा सुनहरी।
::सबैमाथी छर्दै तरुणतम शोभा सुनहरी ।
वसन्तश्री ठाडै सुरनगरदेखी तल झरिन्
वसन्तश्री ठाडै सुरनगरदेखी तल झरिन्
::धरित्रीमा मानू सुखमय नयाँ जीवन भरिन्।।
::धरित्रीमा मानू सुखमय नयाँ जीवन भरिन् ॥


{{pcn|१९}}
{{pcn|१९}}
नयाँ हावा लाग्यो, जलथल भयो मञ्जुल नयाँ,
नयाँ हावा लाग्यो, जलथल भयो मञ्जुल नयाँ,
::नयाँ अर्कै भावोदय, हृदयको कौतुक नयाँ।
::नयाँ अर्कै भावोदय, हृदयको कौतुक नयाँ ।
नयाँ बोलीचाली, विषयरुचि निस्क्यो सब नयाँ
नयाँ बोलीचाली, विषयरुचि निस्क्यो सब नयाँ
::नयाँ भैगो मानू समयगतिले गैह्र दुनियाँ।।
::नयाँ भैगो मानू समयगतिले गैह्र दुनियाँ ॥


{{pcn|२०}}
{{pcn|२०}}
अँध्यारो पर्दा त्यो सहजसित फारेर त्यसरी
अँध्यारो पर्दा त्यो सहजसित फारेर त्यसरी
::फिँजारी चौतर्फी मधुर सुखसौन्दर्यलहरी।
::फिँजारी चौतर्फी मधुर सुखसौन्दर्यलहरी ।
वसन्तश्री गर्थिन् सब तरुलतामा चहचह
वसन्तश्री गर्थिन् सब तरुलतामा चहचह
::छचल्किन्थ्यो जस्ले प्रणयरसको निर्मल दह।।
::छचल्किन्थ्यो जस्ले प्रणयरसको निर्मल दह ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 20:43, 6 May 2025

This page has not been proofread

१५
यता माथी नीलो गगन, तल विस्तीर्ण धरणी
उता शैलश्रेणी, उभयतिर त्यो दीर्घ सरणी ।
त्यता ठाडै बग्दी मधुर जलले पूर्ण तटिनी
तपस्याका साक्षी सबतिर खडा छन् अझ पनि ॥

१६
कडा त्यो ठण्डीका दिवस, रजनी, पक्ष, महिना
सबैमाथी गर्दै जिउ जकडले शीतल टुना ।
बिते सुस्तै सुस्तै गठन तनको खूब दह्रियो
विपद् बाधा ज्यादा सहन शकने शक्ति भरियो ॥

१७
म त्यो वेलादेखी प्रतिदिन कडा पुष्ट, बलियो
हुँदै आयें, पायें कठिन तपको स्वाद गुलियो ।
अघीको शीतोष्णप्रभृति सब बाधा पर सर्यो
विधाताले मानू अभय पदमा दाखिल गर्यो ॥

१८
त्यसै वेलादेखी किन किन ठुलो कौतुक गरी
सबैमाथी छर्दै तरुणतम शोभा सुनहरी ।
वसन्तश्री ठाडै सुरनगरदेखी तल झरिन्
धरित्रीमा मानू सुखमय नयाँ जीवन भरिन् ॥

१९
नयाँ हावा लाग्यो, जलथल भयो मञ्जुल नयाँ,
नयाँ अर्कै भावोदय, हृदयको कौतुक नयाँ ।
नयाँ बोलीचाली, विषयरुचि निस्क्यो सब नयाँ
नयाँ भैगो मानू समयगतिले गैह्र दुनियाँ ॥

२०
अँध्यारो पर्दा त्यो सहजसित फारेर त्यसरी
फिँजारी चौतर्फी मधुर सुखसौन्दर्यलहरी ।
वसन्तश्री गर्थिन् सब तरुलतामा चहचह
छचल्किन्थ्यो जस्ले प्रणयरसको निर्मल दह ॥