Jump to content

Page:Tarun tapasi.pdf/23: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२२}} सही चर्को ज्वाला नियतिगतिले बन्धन परी ::रही त्यस्तो चालासित अधमरा जीवन धरी। बितायें त्यो गर्मी ऋतु सकल, वर्षा शुरु भयो ::मलाई त्यो भाग्योदयविधिविधाता गुरु..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|२२}}
{{pcn|२२}}
सही चर्को ज्वाला नियतिगतिले बन्धन परी
सही चर्को ज्वाला नियतिगतिले बन्धन परी
::रही त्यस्तो चालासित अधमरा जीवन धरी।
::रही त्यस्तो चालासित अधमरा जीवन धरी ।
बितायें त्यो गर्मी ऋतु सकल, वर्षा शुरु भयो
बितायें त्यो गर्मी ऋतु सकल, वर्षा शुरु भयो
::मलाई त्यो भाग्योदयविधिविधाता गुरु भयो।।
::मलाई त्यो भाग्योदयविधिविधाता गुरु भयो ॥


{{pcn|२३}}
{{pcn|२३}}
Line 11: Line 11:
::उठी ठाडै गर्जी भुवनभर घुम्दै फननन
::उठी ठाडै गर्जी भुवनभर घुम्दै फननन
खडा भो कृष्णाऽऽत्मा जलद जब तेही बखतमा
खडा भो कृष्णाऽऽत्मा जलद जब तेही बखतमा
::चढ्यो मेरो शोकाऽऽकुल मन खुशीको तखतमा।।
::चढ्यो मेरो शोकाऽऽकुल मन खुशीको तखतमा ॥


{{pcn|२४}}
{{pcn|२४}}
उज्यालो आशाको चहक चुहुँदो चारु बिजुली
उज्यालो आशाको चहक चुहुँदो चारु बिजुली
::जती गर्थ्यो कालो घनपटलमाथी झिलिमिली।
::जती गर्थ्यो कालो घनपटलमाथी झिलिमिली ।
उती हुन्थ्यो मेरो हृदय सहसा सर्र सरस
उती हुन्थ्यो मेरो हृदय सहसा सर्र सरस
::थियो मानू प्राणै उस घनघटाको परवश।।
::थियो मानू प्राणै उस घनघटाको परवश ॥


{{pcn|२५}}
{{pcn|२५}}
विधाता पग्ल्यो वा जलदघटदेखी जल चुह्यो
विधाता पग्ल्यो वा जलदघटदेखी जल चुह्यो
::सुधा बर्स्यो यद्वा प्रकृतिजननीको दुध बह्यो।
::सुधा बर्स्यो यद्वा प्रकृतिजननीको दुध बह्यो ।
अहो जस्ले गर्दा लहलह भयो जीवन सब
अहो जस्ले गर्दा लहलह भयो जीवन सब
::निमेषैमा उर्ल्यो शतशतगुणा वृद्धिविभव।।
::निमेषैमा उर्ल्यो शतशतगुणा वृद्धिविभव ॥


{{pcn|२६}}
{{pcn|२६}}
अकस्मात् मिल्नाले मधुरतम त्यो जीवनसुधा
अकस्मात् मिल्नाले मधुरतम त्यो जीवनसुधा
::भयो मेरा लेखा अमरनगरी तुल्य वसुधा।
::भयो मेरा लेखा अमरनगरी तुल्य वसुधा ।
उदायें, मौलायें, जड पनि जमायें वरिपरि
उदायें, मौलायें, जड पनि जमायें वरिपरि
::पस्यो त्यै वेलामा तर मकन अर्कै थरहरी।।
::पस्यो त्यै वेलामा तर मकन अर्कै थरहरी ॥


{{pcn|२७}}
{{pcn|२७}}
क्रमसित घटनाको चित्र सारा उतारी
क्रमसित घटनाको चित्र सारा उतारी
::विकसित मुखशोभा शान्त गम्भीर पारी।
::विकसित मुखशोभा शान्त गम्भीर पारी ।
किन किन मुनि फेरी बेसरी चक्कराये
किन किन मुनि फेरी बेसरी चक्कराये
::मधुर अमृत बग्दो सूक्ितधारा दबाये।।
::मधुर अमृत बग्दो सूक्ितधारा दबाये ॥
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Revision as of 20:38, 6 May 2025

This page has not been proofread

२२
सही चर्को ज्वाला नियतिगतिले बन्धन परी
रही त्यस्तो चालासित अधमरा जीवन धरी ।
बितायें त्यो गर्मी ऋतु सकल, वर्षा शुरु भयो
मलाई त्यो भाग्योदयविधिविधाता गुरु भयो ॥

२३
बजाई चौतर्फी विजयनगरा त्यो घननन
उठी ठाडै गर्जी भुवनभर घुम्दै फननन
खडा भो कृष्णाऽऽत्मा जलद जब तेही बखतमा
चढ्यो मेरो शोकाऽऽकुल मन खुशीको तखतमा ॥

२४
उज्यालो आशाको चहक चुहुँदो चारु बिजुली
जती गर्थ्यो कालो घनपटलमाथी झिलिमिली ।
उती हुन्थ्यो मेरो हृदय सहसा सर्र सरस
थियो मानू प्राणै उस घनघटाको परवश ॥

२५
विधाता पग्ल्यो वा जलदघटदेखी जल चुह्यो
सुधा बर्स्यो यद्वा प्रकृतिजननीको दुध बह्यो ।
अहो जस्ले गर्दा लहलह भयो जीवन सब
निमेषैमा उर्ल्यो शतशतगुणा वृद्धिविभव ॥

२६
अकस्मात् मिल्नाले मधुरतम त्यो जीवनसुधा
भयो मेरा लेखा अमरनगरी तुल्य वसुधा ।
उदायें, मौलायें, जड पनि जमायें वरिपरि
पस्यो त्यै वेलामा तर मकन अर्कै थरहरी ॥

२७
क्रमसित घटनाको चित्र सारा उतारी
विकसित मुखशोभा शान्त गम्भीर पारी ।
किन किन मुनि फेरी बेसरी चक्कराये
मधुर अमृत बग्दो सूक्ितधारा दबाये ॥