Jump to content

Page:Shakuntala.pdf/192: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
लमाद्व अति लम्निँदी नवल मञ्जरी छुन्मुना ।
लमाइ अति लम्बिँदी नवल मञ्जरी छुन्मुना ।
स्‌स्निग्ध किरणेच्छुता लहलहाउँदी नाच्दछै
सुस्निग्ध किरणेच्छुता लहलहाउँदी नाच्दछे
::हवा छ लम्किँदो त्यहाँ स्रभिले प्रभा उष्णमा ।
::हवा छ लम्किँदो त्यहाँ सुरभिले प्रभा उष्णमा ।
कला छ कसुमी जहाँ मध्र रड्गको फुल्लता ॥
कला छ कुसुमी जहाँ मधुर रङ्गको फुल्लता ॥
{{pcn|(१०४)}}
{{pcn|(१०४)}}


कन्याइन करडगले कलि प्रशस्त त्यो कालमा ।
कन्याइन करङ्गले कलि प्रशस्त त्यो कालमा ।
::मजासहित मखमली जमीनबीच लेटी लिने ॥
::मजासहित मख्मली जमीनबीच लेटी लिने ॥
प्रकाशमय लोचनी सुखमयी करड्गी त्यहाँ ।
प्रकाशमय लोचनी सुखमयी करङ्गी त्यहाँ ।
::वसन्तव््त्‌-राज्यको जय मनाउँछ सुन्दरी ॥
::वसन्तऋतु-राज्यको जय मनाउँछे सुन्दरी ॥
{{pcn|(१०५)}}
{{pcn|(१०५)}}


विहदडगहरु उड्दछन्‌ गगनमाधि ली चक्कर ।
विहङ्गहरु उड्दछन्‌ गगनमाथि ली चक्कर ।
::अनद्ग पनि रङ्गका शरमिलिन्द-टहारले
::अनङ्ग पनि रङ्गका शरमिलिन्द-टङ्कारले
फिँजाउँछ जतातता हृदयलाइइ दी बेधन ।
फिँजाउँछ जतातता हृदयलाइ दी बेधन ।
::अडे नृपति क्यै त्यहाँ उच्चितमा प्रशंसा दिन ॥
::अडे नृपति क्यै त्यहाँ उचितमा प्रशंसा दिन ॥
{{pcn|(१०६)}}
{{pcn|(१०६)}}


त्यहाँ कमल-कोपिला रजसमान आनन्दको ।
त्यहाँ कमल-कोपिला रजसमान आनन्दको ।
::सफा छ चुचुरो लिँदो किरणमा फुकँ झै गरी ॥
::सफा छ चुचुरो लिँदो किरणमा फुकूँ झैं गरी ॥
तथापि मृदु्‌ लाजको हरित पत्रको अञ्चल ।
तथापि मृदु लाजको हरित पत्रको अञ्चल ।
::फुकाउँछ यसो अलि मृदु भुवा छ खैरो जहाँ ॥
::फुकाउँछ यसो अलि मृदु भुवा छ खैरो जहाँ ॥
{{pcn|(१०७)}}
{{pcn|(१०७)}}


लता र छ समा दु मुनाभरी सुन्दरी ।
लता र तरुबीचको मृदु मुनाभरी सुन्दरी ।
::झिनी छ सुक मधुर झाँग जाई जहाँ ॥
::झिनी छ सुकमारिता मधुर झाँग जाई जहाँ ॥
वहाँ कनक फुल्दछन्‌ सुरप्रदेशा ढुड्ग्रीहरू
वहाँ कनक फुल्दछन्‌ सुरप्रदेश ढुङ्ग्रीहरू
::दिएर भमराहरूकन वसन्त-निम्ता त्यहाँ ॥
::दिएर भमराहरूकन वसन्त-निम्ता त्यहाँ ॥
{{pcn|(१०८)}}
{{pcn|(१०८)}}


चरक्क छ सुगन्धकी कनकनाम चम्पा पनि ।
चरक्क छ सुगन्धकी कनकनाम चम्पा पनि ।
::मृवा छ आल खौरैने मृद्‌ हरा फुटी कद्मल
::भुवा छ आल खौरेने मृदु हरा फुटी कड्मल
बनेर टप चारु झै अलि छ त्यो खेदीली तर ।
बनेर टप चारु झैं अलि छ त्यो खँदीली तर ।
::फुकेर पछि आउँलासरि छ त्यो नयाँ कोपिला ॥
::फुकेर पछि आउँलासरि छ त्यो नयाँ कोपिला ॥
मिलिन्दहरु गानका त्यस नजीकमा आउन ।
मिलिन्दहरु गानका त्यस नजीकमा आउन ।

Latest revision as of 22:22, 5 May 2025

This page has been proofread

लमाइ अति लम्बिँदी नवल मञ्जरी छुन्मुना ।
सुस्निग्ध किरणेच्छुता लहलहाउँदी नाच्दछे ॥
हवा छ लम्किँदो त्यहाँ सुरभिले प्रभा उष्णमा ।
कला छ कुसुमी जहाँ मधुर रङ्गको फुल्लता ॥
(१०४)

कन्याइन करङ्गले कलि प्रशस्त त्यो कालमा ।
मजासहित मख्मली जमीनबीच लेटी लिने ॥
प्रकाशमय लोचनी सुखमयी करङ्गी त्यहाँ ।
वसन्तऋतु-राज्यको जय मनाउँछे सुन्दरी ॥
(१०५)

विहङ्गहरु उड्दछन्‌ गगनमाथि ली चक्कर ।
अनङ्ग पनि रङ्गका शरमिलिन्द-टङ्कारले ॥
फिँजाउँछ जतातता हृदयलाइ दी बेधन ।
अडे नृपति क्यै त्यहाँ उचितमा प्रशंसा दिन ॥
(१०६)

त्यहाँ कमल-कोपिला रजसमान आनन्दको ।
सफा छ चुचुरो लिँदो किरणमा फुकूँ झैं गरी ॥
तथापि मृदु लाजको हरित पत्रको अञ्चल ।
फुकाउँछ यसो अलि मृदु भुवा छ खैरो जहाँ ॥
(१०७)

लता र तरुबीचको मृदु मुनाभरी सुन्दरी ।
झिनी छ सुकमारिता मधुर झाँग जाई जहाँ ॥
वहाँ कनक फुल्दछन्‌ सुरप्रदेश ढुङ्ग्रीहरू ।
दिएर भमराहरूकन वसन्त-निम्ता त्यहाँ ॥
(१०८)

चरक्क छ सुगन्धकी कनकनाम चम्पा पनि ।
भुवा छ आल खौरेने मृदु हरा फुटी कड्मल ।
बनेर टप चारु झैं अलि छ त्यो खँदीली तर ।
फुकेर पछि आउँलासरि छ त्यो नयाँ कोपिला ॥
मिलिन्दहरु गानका त्यस नजीकमा आउन ।
भएर डर भाग्दछन्‌ हृदय चर्किएला भनी ॥
(१०९)