Page:Shakuntala.pdf/190: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
छ स्वर्गसरि यो हरा तर समस्तकी श्री तिनी । | छ स्वर्गसरि यो हरा तर समस्तकी श्री तिनी । | ||
::सुधा-घटसमान छन् मृदुलरेख | ::सुधा-घटसमान छन् मृदुलरेख झैं भावना ॥ | ||
अहा ! करुण फूलकी गुण जरा धरामा घुसी । | अहा ! करुण फूलकी गुण जरा धरामा घुसी । | ||
::समुच्च | ::समुच्च मृदु भावना कसुमिता अहा षोडशी ॥ | ||
{{pcn|(९६)}} | {{pcn|(९६)}} | ||
मिहीन र नबोलिने सरस चारु | मिहीन र नबोलिने सरस चारु टूनाभरी । | ||
:: | ::शकुन्तसँगिनी सुखी रँग लिई हँसीली बनी ॥ | ||
खुला पवनमा बढी मृदुलता लिई फुल्दछन् । | खुला पवनमा बढी मृदुलता लिई फुल्दछन् । | ||
::विचित्र रँग उड्दछन् | ::विचित्र रँग उड्दछन् बिहग फुल्दछन् बोल्दछन् ॥ | ||
प्रसून-रसना लिई मधुर पातला शब्दका । | प्रसून-रसना लिई मधुर पातला शब्दका । | ||
::छ वास उनमा अहा ! मधुर स्वर्गको रङ्गमा ॥ | ::छ वास उनमा अहा ! मधुर स्वर्गको रङ्गमा ॥ | ||
Line 16: | Line 16: | ||
अहो ! झलक घाउँ ता छिनभरी कतै यो तट । | अहो ! झलक घाउँ ता छिनभरी कतै यो तट । | ||
:: | ::सुधा-तरल बन्दथ्यो सुख शान्तिले बाँधिने ॥ | ||
बनाउन म | बनाउन म लाग्दथेँ झलक-निम्तिमा मन्दिर । | ||
::कला हृदयको लिई किरणश्रद्ध | ::कला हृदयको लिई किरणश्रद्ध झैं विष्णुको ॥ | ||
{{pcn|(९८)}} | {{pcn|(९८)}} | ||
प्रसून-प्रतिपालिनी रजत-वाहिनी मालिनी । | प्रसून-प्रतिपालिनी रजत-वाहिनी मालिनी । | ||
::अरण्य-घनशालिनी | ::अरण्य-घनशालिनी जलधिरत्न-सौदामिनी ॥ | ||
वसन्त-" | वसन्त-"ऋतुमा यिनी सुरभि-गामिनी घुम्दछिन् । | ||
::बनी मधुर पुष्पको तट छुँदी सफा मालिनी ॥ | ::बनी मधुर पुष्पको तट छुँदी सफा मालिनी ॥ | ||
{{pcn|(९९)}} | {{pcn|(९९)}} | ||
Line 29: | Line 29: | ||
परीहरु यहाँ कतै मधुर जूनमा आउलान् । | परीहरु यहाँ कतै मधुर जूनमा आउलान् । | ||
::झरेर मृदुतालमा सलिलका हिली गाउलान् ॥ | ::झरेर मृदुतालमा सलिलका हिली गाउलान् ॥ | ||
लताहरु समाउलान् | लताहरु समाउलान् हृदयका कणा ल्याउलान् । | ||
::प्रसूनहरु प्रातमा मधुर लोतिमा लाउलान् ॥ | ::प्रसूनहरु प्रातमा मधुर लोतिमा लाउलान् ॥ | ||
{{pcn|(१००)}} | {{pcn|(१००)}} | ||
कतै हरित | कतै हरित शैलका कुसुमदार थुम्काहरू । | ||
::कतै छ सुखको गुफा हरित चारु | ::कतै छ सुखको गुफा हरित चारु झुम्काहरू ॥ | ||
हिलाउँदछ द्वार त्यो पवन-तालमा सुन्दर । | हिलाउँदछ द्वार त्यो पवन-तालमा सुन्दर । | ||
::बनेसरि परीगुफा अनि रमाइलो मन्दिर ॥ | ::बनेसरि परीगुफा अनि रमाइलो मन्दिर ॥ |
Latest revision as of 22:10, 5 May 2025
छ स्वर्गसरि यो हरा तर समस्तकी श्री तिनी ।
सुधा-घटसमान छन् मृदुलरेख झैं भावना ॥
अहा ! करुण फूलकी गुण जरा धरामा घुसी ।
समुच्च मृदु भावना कसुमिता अहा षोडशी ॥
(९६)
मिहीन र नबोलिने सरस चारु टूनाभरी ।
शकुन्तसँगिनी सुखी रँग लिई हँसीली बनी ॥
खुला पवनमा बढी मृदुलता लिई फुल्दछन् ।
विचित्र रँग उड्दछन् बिहग फुल्दछन् बोल्दछन् ॥
प्रसून-रसना लिई मधुर पातला शब्दका ।
छ वास उनमा अहा ! मधुर स्वर्गको रङ्गमा ॥
(९७)
अहो ! झलक घाउँ ता छिनभरी कतै यो तट ।
सुधा-तरल बन्दथ्यो सुख शान्तिले बाँधिने ॥
बनाउन म लाग्दथेँ झलक-निम्तिमा मन्दिर ।
कला हृदयको लिई किरणश्रद्ध झैं विष्णुको ॥
(९८)
प्रसून-प्रतिपालिनी रजत-वाहिनी मालिनी ।
अरण्य-घनशालिनी जलधिरत्न-सौदामिनी ॥
वसन्त-"ऋतुमा यिनी सुरभि-गामिनी घुम्दछिन् ।
बनी मधुर पुष्पको तट छुँदी सफा मालिनी ॥
(९९)
परीहरु यहाँ कतै मधुर जूनमा आउलान् ।
झरेर मृदुतालमा सलिलका हिली गाउलान् ॥
लताहरु समाउलान् हृदयका कणा ल्याउलान् ।
प्रसूनहरु प्रातमा मधुर लोतिमा लाउलान् ॥
(१००)
कतै हरित शैलका कुसुमदार थुम्काहरू ।
कतै छ सुखको गुफा हरित चारु झुम्काहरू ॥
हिलाउँदछ द्वार त्यो पवन-तालमा सुन्दर ।
बनेसरि परीगुफा अनि रमाइलो मन्दिर ॥
(१०१)