Page:Munamadan.pdf/22: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
<ref group="❂" follow="p12">सुन्दरको सूक्ष्म स्वरुपका टुना बाहिरी नजरमा, | <ref group="❂" follow="p12">सुन्दरको सूक्ष्म स्वरुपका टुना बाहिरी नजरमा, | ||
तनको लोभी गुमाउँछ आत्मा विलासको रहरमा । | तनको लोभी गुमाउँछ आत्मा विलासको रहरमा । | ||
गुलाब आए सुहाउन पृथ्वी दिव्यका मुस्कानले, | गुलाब आए सुहाउन पृथ्वी दिव्यका मुस्कानले, | ||
बोलाउन आफ्ना आत्माले आत्मा सुन्दरको आह्वानले, | बोलाउन आफ्ना आत्माले आत्मा सुन्दरको आह्वानले, | ||
लोभको खस्रो निर्लज्ज हातले तिनलाई नछोऊ, | लोभको खस्रो निर्लज्ज हातले तिनलाई नछोऊ, | ||
लज्जाले खुम्ची भाग्दछ देही | लज्जाले खुम्ची भाग्दछ देही | ||
के माटोबाहेक हात लाग्ला केही ? | के माटोबाहेक हात लाग्ला केही ? | ||
मुस्कन देऊ फुस्कन देऊ बास्नामा मधुर, | |||
बास्नाले मात्र सौन्दर्य छोऊ | बास्नाले मात्र सौन्दर्य छोऊ | ||
आँखाको लोभ आँसुले धोऊ | आँखाको लोभ आँसुले धोऊ |
Latest revision as of 18:56, 5 May 2025
घरमा आई, माउर लाई, नैनीले मुस्काई,
हाँसको फुल कुर्कुच्चा राम्रो त्यो भन्छे शर्माई,
"कलिलो राम्रो हजूरको पाउ क्या चट्ट मिलेको !
चीनियाँ पाउ, लक्ष्मीको जस्तो, कमलमा खुलेको !
मोतीको दाँत, हीराको जात हजूरले हाँसेको !
मोहनी लाग्छ, विघ्नै छ राम्रो हजूरले हाँसेको !
छ मैह्ना भयो खसम हजूर ! गएको ह्लासामा,
बिर्स्यो पो क्यार ? हजूरलाई तरुनी-खासामा,
यसरी छोडी गएको देखी दिल दुख्छ मलाई,
कमलको पातमा जोबनको थोपा रहन्छ कस्लाई ?
नजर मात्रै मुखमा लाए हजार मर्नेछन्,
भँमरा जस्तै डुलुवा खसम के कदर गर्नेछन् ?"
मुनाको गाला, आगोको ज्वाला जलेर उदायो,
आँखामा चम्क्यो बिजुली यौटा, चाँडै नै हरायो ।
खामोस खाई दयाले भन्छिन्, "हे नैनी भाउज्यू !
म अरू जस्तो नठान बुझ्यौ हे नैनी भाउज्यू !
सुन्दरको सूक्ष्म स्वरुपका टुना बाहिरी नजरमा,
तनको लोभी गुमाउँछ आत्मा विलासको रहरमा ।
गुलाब आए सुहाउन पृथ्वी दिव्यका मुस्कानले,
बोलाउन आफ्ना आत्माले आत्मा सुन्दरको आह्वानले,
लोभको खस्रो निर्लज्ज हातले तिनलाई नछोऊ,
लज्जाले खुम्ची भाग्दछ देही
के माटोबाहेक हात लाग्ला केही ?
मुस्कन देऊ फुस्कन देऊ बास्नामा मधुर,
बास्नाले मात्र सौन्दर्य छोऊ
आँखाको लोभ आँसुले धोऊ
सिकाउलान् तिनलाई सुन्दरमा उठ्न गुलाबी बिहानले ।