Jump to content

Page:Ritubichar.pdf/71: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|४३}}
{{pcn|४३}}
लुगामाथि लुगा खाप आगो ताप घरीघरी।
लुगामाथि लुगा खाप आगो ताप घरीघरी ।
स्यूस्यूस्यू नगरी तेसै के जाला माघको झरी?।।
स्यूस्यूस्यू नगरी तेसै के जाला माघको झरी ?


{{pcn|४४}}
{{pcn|४४}}
काम सातोलिने मात्र, नाम सातोदिने झरी।
काम सातोलिने मात्र, नाम सातोदिने झरी ।
कति राम्रो मिलेको छ बाहिरी शब्दमाधुरी।।
कति राम्रो मिलेको छ बाहिरी शब्दमाधुरी ॥


{{pcn|४५}}
{{pcn|४५}}
हिमानी वयले पूर्ण दिव्य पुत्री हिमालकी।
हिमानी वयले पूर्ण दिव्य पुत्री हिमालकी ।
झरीको झ्याल खोलेर हेर्दछिन् आडमा लुकी।।
झरीको झ्याल खोलेर हेर्दछिन् आडमा लुकी ॥


{{pcn|४६}}
{{pcn|४६}}
तिर्सनाजाल झैं लम्बा पन्छिंदा त्यो कडा झरी।
तिर्सनाजाल झैं लम्बा पन्छिंदा त्यो कडा झरी ।
कान्तिले दिन झल्कन्छ शान्तिपूर्ण मनैसरी।।
कान्तिले दिन झल्कन्छ शान्तिपूर्ण मनैसरी ॥


{{pcn|४७}}
{{pcn|४७}}
ठण्डीका पिरले मानू हिम आफैं उँधोतिर।
ठण्डीका पिरले मानू हिम आफैं उँधोतिर ।
बसाइँ बस्न आयो कि बनाई काँठमा घर?।।
बसाइँ बस्न आयो कि बनाई काँठमा घर ?


{{pcn|४८}}
{{pcn|४८}}
नगीचको रुखो डाँडो हिम पर्दा हिमालको।
नगीचको रुखो डाँडो हिम पर्दा हिमालको ।
देखिन्छ फेटा बाँधेको मूर्ति झैं उग्र कालको।।
देखिन्छ फेटा बाँधेको मूर्ति झैं उग्र कालको ॥


{{pcn|४९}}
{{pcn|४९}}
दाह्रातुल्य चुचे ढुङ्गा, दण्ड झैं धूपिका रुख।
दाह्रातुल्य चुचे ढुङ्गा, दण्ड झैं धूपिका रुख ।
बायेको पहरारूप चौतर्फी गहिरो मुख।।
बायेको पहरारूप चौतर्फी गहिरो मुख ॥


{{pcn|५०}}
{{pcn|५०}}
हिमाचल नदीरूप पुत्रीलाई धमाधम।
हिमाचल नदीरूप पुत्रीलाई धमाधम ।
यथेच्छ दिन लाग्यो कि पेवाको रूपमा हिम?।।
यथेच्छ दिन लाग्यो कि पेवाको रूपमा हिम ?


{{pcn|५१}}
{{pcn|५१}}
सारा नदनदी सेतो काँठो सलिलमा परी।
सारा नदनदी सेतो काँठो सलिलमा परी ।
देखिन्छन् सुकिला राम्रा श्रीशुक्लागण्डकीसरी।।
देखिन्छन् सुकिला राम्रा श्रीशुक्लागण्डकीसरी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 18:53, 5 May 2025

This page has not been proofread

४३
लुगामाथि लुगा खाप आगो ताप घरीघरी ।
स्यूस्यूस्यू नगरी तेसै के जाला माघको झरी ?

४४
काम सातोलिने मात्र, नाम सातोदिने झरी ।
कति राम्रो मिलेको छ बाहिरी शब्दमाधुरी ॥

४५
हिमानी वयले पूर्ण दिव्य पुत्री हिमालकी ।
झरीको झ्याल खोलेर हेर्दछिन् आडमा लुकी ॥

४६
तिर्सनाजाल झैं लम्बा पन्छिंदा त्यो कडा झरी ।
कान्तिले दिन झल्कन्छ शान्तिपूर्ण मनैसरी ॥

४७
ठण्डीका पिरले मानू हिम आफैं उँधोतिर ।
बसाइँ बस्न आयो कि बनाई काँठमा घर ?

४८
नगीचको रुखो डाँडो हिम पर्दा हिमालको ।
देखिन्छ फेटा बाँधेको मूर्ति झैं उग्र कालको ॥

४९
दाह्रातुल्य चुचे ढुङ्गा, दण्ड झैं धूपिका रुख ।
बायेको पहरारूप चौतर्फी गहिरो मुख ॥

५०
हिमाचल नदीरूप पुत्रीलाई धमाधम ।
यथेच्छ दिन लाग्यो कि पेवाको रूपमा हिम ?

५१
सारा नदनदी सेतो काँठो सलिलमा परी ।
देखिन्छन् सुकिला राम्रा श्रीशुक्लागण्डकीसरी ॥