Page:Ritubichar.pdf/59: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|४३}} | {{pcn|४३}} | ||
हेर्दा तुषारो राम्रो छ, कुल्चँदा र | हेर्दा तुषारो राम्रो छ, कुल्चँदा र समाउँदा । | ||
पारी कक्रक्क तत्कालै सातो हर्दछ | पारी कक्रक्क तत्कालै सातो हर्दछ सर्वदा ॥ | ||
{{pcn|४४}} | {{pcn|४४}} | ||
काठ्ठियेर सदा रुन्छन् सारा | काठ्ठियेर सदा रुन्छन् सारा वृक्षलताहरू । | ||
शीतका रूपमा आँशु चुहायेर | शीतका रूपमा आँशु चुहायेर धुरूधुरू ॥ | ||
{{pcn|४५}} | {{pcn|४५}} | ||
लतावृक्ष तुषाराले सब पार्यो | लतावृक्ष तुषाराले सब पार्यो थिलोथिलो । | ||
जिङ्रिङ्ङ वन देखिन्छ, शोभाशून्य | जिङ्रिङ्ङ वन देखिन्छ, शोभाशून्य उराठिलो ॥ | ||
{{pcn|४६}} | {{pcn|४६}} | ||
पक्षी कठै पखेटाको तुषारो | पक्षी कठै पखेटाको तुषारो टक्टक्याउन । | ||
चाहन्छन् काठ्ठियेका छन्, सक्तैनन् | चाहन्छन् काठ्ठियेका छन्, सक्तैनन् फट्फटाउन ॥ | ||
{{pcn|४७}} | {{pcn|४७}} | ||
न चराको कतै रङ्ग, न कतै | न चराको कतै रङ्ग, न कतै पुष्पपल्लव । | ||
तुषारामा डुब्यो सारा वनको महिमा | तुषारामा डुब्यो सारा वनको महिमा सब ॥ | ||
{{pcn|४८}} | {{pcn|४८}} | ||
हरायो शीतको मारे वृक्षको बढने | हरायो शीतको मारे वृक्षको बढने गति । | ||
अँठ्यायेपछि अर्काले कसको हुन्छ उन्नति? | अँठ्यायेपछि अर्काले कसको हुन्छ उन्नति ? | ||
{{pcn|४९}} | {{pcn|४९}} | ||
देखिये तुहिनाऽऽक्रान्त लता, वृक्ष, | देखिये तुहिनाऽऽक्रान्त लता, वृक्ष, वनस्पति । | ||
आलस्यले अँठ्यायेका जातिजस्तै | आलस्यले अँठ्यायेका जातिजस्तै हतद्युति ॥ | ||
{{pcn|५०}} | {{pcn|५०}} | ||
जराले जीवको दिव्य यौवनज्योति झैं | जराले जीवको दिव्य यौवनज्योति झैं सब । | ||
दबायो शीतधाराले शरत्को | दबायो शीतधाराले शरत्को पुष्पगौरव ॥ | ||
{{pcn|५१}} | {{pcn|५१}} | ||
घुम्टो हालेर हुस्सूको शीतधारा | घुम्टो हालेर हुस्सूको शीतधारा चुहाउँदै । | ||
बिहानमा अँध्यारी भै रुन्छिन् प्रकृति नै | बिहानमा अँध्यारी भै रुन्छिन् प्रकृति नै सधैं ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 18:43, 5 May 2025
४३
हेर्दा तुषारो राम्रो छ, कुल्चँदा र समाउँदा ।
पारी कक्रक्क तत्कालै सातो हर्दछ सर्वदा ॥
४४
काठ्ठियेर सदा रुन्छन् सारा वृक्षलताहरू ।
शीतका रूपमा आँशु चुहायेर धुरूधुरू ॥
४५
लतावृक्ष तुषाराले सब पार्यो थिलोथिलो ।
जिङ्रिङ्ङ वन देखिन्छ, शोभाशून्य उराठिलो ॥
४६
पक्षी कठै पखेटाको तुषारो टक्टक्याउन ।
चाहन्छन् काठ्ठियेका छन्, सक्तैनन् फट्फटाउन ॥
४७
न चराको कतै रङ्ग, न कतै पुष्पपल्लव ।
तुषारामा डुब्यो सारा वनको महिमा सब ॥
४८
हरायो शीतको मारे वृक्षको बढने गति ।
अँठ्यायेपछि अर्काले कसको हुन्छ उन्नति ?
४९
देखिये तुहिनाऽऽक्रान्त लता, वृक्ष, वनस्पति ।
आलस्यले अँठ्यायेका जातिजस्तै हतद्युति ॥
५०
जराले जीवको दिव्य यौवनज्योति झैं सब ।
दबायो शीतधाराले शरत्को पुष्पगौरव ॥
५१
घुम्टो हालेर हुस्सूको शीतधारा चुहाउँदै ।
बिहानमा अँध्यारी भै रुन्छिन् प्रकृति नै सधैं ॥