Jump to content

Page:Ritubichar.pdf/50: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|७०}}
{{pcn|७०}}
हुटिट्याउँ, हिलेकौवा, जलेवा, बक, चाँचर।
हुटिट्याउँ, हिलेकौवा, जलेवा, बक, चाँचर ।
खेतीका कुह्रुवातुल्य खेतैमा गर्दछन् घर।।
खेतीका कुह्रुवातुल्य खेतैमा गर्दछन् घर ॥


{{pcn|७१}}
{{pcn|७१}}
साना रुगरुगायेर दौडने दिव्य खञ्जन।
साना रुगरुगायेर दौडने दिव्य खञ्जन ।
गतिसौन्दर्यले साह्रै गर्दछन् मनरञ्जन।।
गतिसौन्दर्यले साह्रै गर्दछन् मनरञ्जन ॥


{{pcn|७२}}
{{pcn|७२}}
त्यो छिटो, छरितो, राम्रो तिनको फुर्फुराहट।
त्यो छिटो, छरितो, राम्रो तिनको फुर्फुराहट ।
हेर्दा भित्र छचल्किन्छ प्रेमपीयूषको घट।।
हेर्दा भित्र छचल्किन्छ प्रेमपीयूषको घट ॥


{{pcn|७३}}
{{pcn|७३}}
जता हेर्यो उतै राम्रो आनन्दी रङ्ग लोकको।
जता हेर्यो उतै राम्रो आनन्दी रङ्ग लोकको ।
छैन संसारमा नामनिशाना दुःख शोकको।।
छैन संसारमा नामनिशाना दुःख शोकको ॥


{{pcn|७४}}
{{pcn|७४}}
खोली कमलको छाता हम्काई काशचामर।
खोली कमलको छाता हम्काई काशचामर ।
ऋतुराजैसरी गम्क्यो शरत्काल मनोहर।।
ऋतुराजैसरी गम्क्यो शरत्काल मनोहर ॥


{{pcn|७५}}
{{pcn|७५}}
फूलका मदको गन्ध भरियेको छतीवन।
फूलका मदको गन्ध भरियेको छतीवन ।
शरत्को वनमा बद्ध हात्तीतुल्य छ शोभन।।
शरत्को वनमा बद्ध हात्तीतुल्य छ शोभन ॥


{{pcn|७६}}
{{pcn|७६}}
वनमा फलपुष्पादि विशेष नभये पनि।
वनमा फलपुष्पादि विशेष नभये पनि ।
झ्याङ्गिएको छ त्यो ज्यादा बनी गाम्भीर्यको धनी।।
झ्याङ्गिएको छ त्यो ज्यादा बनी गाम्भीर्यको धनी ॥


{{pcn|७७}}
{{pcn|७७}}
वसन्तकै सरी सारा बगैंचाको बहार छ।
वसन्तकै सरी सारा बगैंचाको बहार छ ।
हावा वसन्तको भन्दा ज्यादा महकदार छ।।
हावा वसन्तको भन्दा ज्यादा महकदार छ ॥


{{pcn|७८}}
{{pcn|७८}}
फुलेको हसनारूप शरत्को मन्द हास छ।
फुलेको हसनारूप शरत्को मन्द हास छ ।
जसमा बहुतै चर्को वासनाको विकास छ।।
जसमा बहुतै चर्को वासनाको विकास छ ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 18:43, 5 May 2025

This page has not been proofread

७०
हुटिट्याउँ, हिलेकौवा, जलेवा, बक, चाँचर ।
खेतीका कुह्रुवातुल्य खेतैमा गर्दछन् घर ॥

७१
साना रुगरुगायेर दौडने दिव्य खञ्जन ।
गतिसौन्दर्यले साह्रै गर्दछन् मनरञ्जन ॥

७२
त्यो छिटो, छरितो, राम्रो तिनको फुर्फुराहट ।
हेर्दा भित्र छचल्किन्छ प्रेमपीयूषको घट ॥

७३
जता हेर्यो उतै राम्रो आनन्दी रङ्ग लोकको ।
छैन संसारमा नामनिशाना दुःख शोकको ॥

७४
खोली कमलको छाता हम्काई काशचामर ।
ऋतुराजैसरी गम्क्यो शरत्काल मनोहर ॥

७५
फूलका मदको गन्ध भरियेको छतीवन ।
शरत्को वनमा बद्ध हात्तीतुल्य छ शोभन ॥

७६
वनमा फलपुष्पादि विशेष नभये पनि ।
झ्याङ्गिएको छ त्यो ज्यादा बनी गाम्भीर्यको धनी ॥

७७
वसन्तकै सरी सारा बगैंचाको बहार छ ।
हावा वसन्तको भन्दा ज्यादा महकदार छ ॥

७८
फुलेको हसनारूप शरत्को मन्द हास छ ।
जसमा बहुतै चर्को वासनाको विकास छ ॥