Page:Ritubichar.pdf/45: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|२५}} | {{pcn|२५}} | ||
सारा उपाधिले शून्य, शून्य आकाश यो | सारा उपाधिले शून्य, शून्य आकाश यो घरी । | ||
झल्कन्छ कल्पनाशून्य योगीको | झल्कन्छ कल्पनाशून्य योगीको हृदयैसरी ॥ | ||
{{pcn|२६}} | {{pcn|२६}} | ||
रातमा झल्कने ज्यादा ठूला साना | रातमा झल्कने ज्यादा ठूला साना हिरासरी । | ||
तारा झिलिझिली गर्छन् त्यो | तारा झिलिझिली गर्छन् त्यो नीलगगनैभरी ॥ | ||
{{pcn|२७}} | {{pcn|२७}} | ||
माथि छन् सक्कली तारा, नक्कली तल | माथि छन् सक्कली तारा, नक्कली तल जुन्किरी । | ||
तल माथि दुवैतर्फ झन्नै तुल्य छ | तल माथि दुवैतर्फ झन्नै तुल्य छ माधुरी ॥ | ||
{{pcn|२८}} | {{pcn|२८}} | ||
देवताका हिरा हुन् वा हुन् वा स्वर्गीय | देवताका हिरा हुन् वा हुन् वा स्वर्गीय जुन्किरी । | ||
स्वर्धुनीका छिटा हुन् वा झल्कने ती | स्वर्धुनीका छिटा हुन् वा झल्कने ती थरीथरी ॥ | ||
{{pcn|२९}} | {{pcn|२९}} | ||
झल्कन्छ राति आकाश ती ताराहरुले | झल्कन्छ राति आकाश ती ताराहरुले गरी । | ||
योगीका सुखशय्याको कार्चोपी | योगीका सुखशय्याको कार्चोपी चाँदनीसरी ॥ | ||
{{pcn|३०}} | {{pcn|३०}} | ||
रातमा रात राम्रा छन्, राम्रा छन् दिनमा | रातमा रात राम्रा छन्, राम्रा छन् दिनमा दिन । | ||
सच्चा अमृतका टुक्रा कमबेसी थिये कुन? | सच्चा अमृतका टुक्रा कमबेसी थिये कुन ? | ||
{{pcn|३१}} | {{pcn|३१}} | ||
शान्त भै ठाममा आये ठूला नदनदी | शान्त भै ठाममा आये ठूला नदनदी सब । | ||
सबैको अस्थिरै हुन्छ उर्लंदो | सबैको अस्थिरै हुन्छ उर्लंदो वेगवैभव ॥ | ||
{{pcn|३२}} | {{pcn|३२}} | ||
जसरी भल आयेथ्यो गयो झट्ट उसै | जसरी भल आयेथ्यो गयो झट्ट उसै गरी । | ||
जवानीको कडा माद दौडन्छ | जवानीको कडा माद दौडन्छ बिजुलीसरी ॥ | ||
{{pcn|३३}} | {{pcn|३३}} | ||
वर्षाका जोरले मात्र उर्लेका खहरे | वर्षाका जोरले मात्र उर्लेका खहरे जती । | ||
छोडी आडम्बरी फूर्ति बन्न थाले | छोडी आडम्बरी फूर्ति बन्न थाले बकव्रती ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 18:43, 5 May 2025
This page has not been proofread
२५
सारा उपाधिले शून्य, शून्य आकाश यो घरी ।
झल्कन्छ कल्पनाशून्य योगीको हृदयैसरी ॥
२६
रातमा झल्कने ज्यादा ठूला साना हिरासरी ।
तारा झिलिझिली गर्छन् त्यो नीलगगनैभरी ॥
२७
माथि छन् सक्कली तारा, नक्कली तल जुन्किरी ।
तल माथि दुवैतर्फ झन्नै तुल्य छ माधुरी ॥
२८
देवताका हिरा हुन् वा हुन् वा स्वर्गीय जुन्किरी ।
स्वर्धुनीका छिटा हुन् वा झल्कने ती थरीथरी ॥
२९
झल्कन्छ राति आकाश ती ताराहरुले गरी ।
योगीका सुखशय्याको कार्चोपी चाँदनीसरी ॥
३०
रातमा रात राम्रा छन्, राम्रा छन् दिनमा दिन ।
सच्चा अमृतका टुक्रा कमबेसी थिये कुन ?
३१
शान्त भै ठाममा आये ठूला नदनदी सब ।
सबैको अस्थिरै हुन्छ उर्लंदो वेगवैभव ॥
३२
जसरी भल आयेथ्यो गयो झट्ट उसै गरी ।
जवानीको कडा माद दौडन्छ बिजुलीसरी ॥
३३
वर्षाका जोरले मात्र उर्लेका खहरे जती ।
छोडी आडम्बरी फूर्ति बन्न थाले बकव्रती ॥