Page:Ritubichar.pdf/15: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|७९}} | {{pcn|७९}} | ||
त्यो दिव्य रङ्गमा तेस्तो रङ्ग भै ती चरी | त्यो दिव्य रङ्गमा तेस्तो रङ्ग भै ती चरी सब । | ||
मनाउँछन् गला खोली स्वर्गीय कुन उत्सव? | मनाउँछन् गला खोली स्वर्गीय कुन उत्सव ? | ||
{{pcn|८०}} | {{pcn|८०}} | ||
गन्धर्वजातिको यद्वा यद्वा | गन्धर्वजातिको यद्वा यद्वा किन्नरजातिको । | ||
दिव्य गाना सिकेका छन् तिनले | दिव्य गाना सिकेका छन् तिनले भाँतिभाँतिको ॥ | ||
{{pcn|८१}} | {{pcn|८१}} | ||
त्यो चरीका चुचाबाट निस्केको | त्यो चरीका चुचाबाट निस्केको शब्दमाधुरी । | ||
उही यथार्थ सम्झन्छ जुन होला उही | उही यथार्थ सम्झन्छ जुन होला उही चेरी ॥ | ||
{{pcn|८२}} | {{pcn|८२}} | ||
बोलने उडने लाखौं खिलौना काखमा | बोलने उडने लाखौं खिलौना काखमा धरी । | ||
पालुवामा वसन्तश्री खेल खेल्छिन् | पालुवामा वसन्तश्री खेल खेल्छिन् थरीथरी ॥ | ||
{{pcn|८३}} | {{pcn|८३}} | ||
हेर्दा वसन्तलक्ष्मीको तेस्तो त्यो मोहिनी | हेर्दा वसन्तलक्ष्मीको तेस्तो त्यो मोहिनी छवि । | ||
हृदयाऽऽकाशमा दोस्रै निस्किन्छन् प्रेमका | हृदयाऽऽकाशमा दोस्रै निस्किन्छन् प्रेमका रवि ॥ | ||
{{pcn|८४}} | {{pcn|८४}} | ||
प्रत्येक वृक्षमा पक्षी आनन्दी गान | प्रत्येक वृक्षमा पक्षी आनन्दी गान गाउँछन् । | ||
त्यो सुन्दा जङ्गली जन्तु सब भैंमा | त्यो सुन्दा जङ्गली जन्तु सब भैंमा रमाउँछन् ॥ | ||
{{pcn|८५}} | {{pcn|८५}} | ||
पवित्र प्रेमगङ्गामा गर्दै नित्य | पवित्र प्रेमगङ्गामा गर्दै नित्य निमज्जन । | ||
थाले हरिणका झाँक हरिणीसित | थाले हरिणका झाँक हरिणीसित खेलन ॥ | ||
{{pcn|८६}} | {{pcn|८६}} | ||
पशुपक्षी, लतावृक्ष सबैको भित्र | पशुपक्षी, लतावृक्ष सबैको भित्र लक्ष्यमा । | ||
झल्कीरहेछ आनन्दी | झल्कीरहेछ आनन्दी प्रेमसौन्दर्यपूर्णिमा ॥ | ||
{{pcn|८७}} | {{pcn|८७}} | ||
गौंथलीहरु साऽऽनन्द योग्य जोडी | गौंथलीहरु साऽऽनन्द योग्य जोडी मिलीकन । | ||
मायाचेतन झैं थाले गुण कृत्य | मायाचेतन झैं थाले गुण कृत्य जमाउन ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 18:24, 5 May 2025
७९
त्यो दिव्य रङ्गमा तेस्तो रङ्ग भै ती चरी सब ।
मनाउँछन् गला खोली स्वर्गीय कुन उत्सव ?
८०
गन्धर्वजातिको यद्वा यद्वा किन्नरजातिको ।
दिव्य गाना सिकेका छन् तिनले भाँतिभाँतिको ॥
८१
त्यो चरीका चुचाबाट निस्केको शब्दमाधुरी ।
उही यथार्थ सम्झन्छ जुन होला उही चेरी ॥
८२
बोलने उडने लाखौं खिलौना काखमा धरी ।
पालुवामा वसन्तश्री खेल खेल्छिन् थरीथरी ॥
८३
हेर्दा वसन्तलक्ष्मीको तेस्तो त्यो मोहिनी छवि ।
हृदयाऽऽकाशमा दोस्रै निस्किन्छन् प्रेमका रवि ॥
८४
प्रत्येक वृक्षमा पक्षी आनन्दी गान गाउँछन् ।
त्यो सुन्दा जङ्गली जन्तु सब भैंमा रमाउँछन् ॥
८५
पवित्र प्रेमगङ्गामा गर्दै नित्य निमज्जन ।
थाले हरिणका झाँक हरिणीसित खेलन ॥
८६
पशुपक्षी, लतावृक्ष सबैको भित्र लक्ष्यमा ।
झल्कीरहेछ आनन्दी प्रेमसौन्दर्यपूर्णिमा ॥
८७
गौंथलीहरु साऽऽनन्द योग्य जोडी मिलीकन ।
मायाचेतन झैं थाले गुण कृत्य जमाउन ॥