Page:Munamadan.pdf/16: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
आँखाका काला, नौनीका छाला, त्यो ह्लासा शहरका । | आँखाका काला, नौनीका छाला, त्यो ह्लासा शहरका । | ||
खौरेका शिर भोटेका गुरु, ती माला फिराई, | खौरेका शिर भोटेका गुरु, ती माला फिराई, | ||
गम्भीर चाला, गडेका आँखा अनौठा लगाई । | गम्भीर चाला, गडेका आँखा, अनौठा लगाई । | ||
'ॐ मणिपद्मे ! ॐ मणिपद्मे !' भनेर हिँडेका, | 'ॐ मणिपद्मे ! ॐ मणिपद्मे !' भनेर हिँडेका, | ||
कपाल थापी आशीर्वाद मागी बटुवा बढेका । | कपाल थापी आशीर्वाद मागी बटुवा बढेका । | ||
Line 12: | Line 12: | ||
सुनौला बादल-नगरी जस्तो गन्धर्व-परी-ग्राम, | सुनौला बादल-नगरी जस्तो गन्धर्व-परी-ग्राम, | ||
बिपनाभन्दा सपना राम्रो, यथार्थभन्दा भाव, | बिपनाभन्दा सपना राम्रो, यथार्थभन्दा भाव, | ||
स्वर्गको यात्रा गरे झैँ चले बाटाको बिर्सी ताप, | |||
ह्लासाका झल्के सुनका छाना उनका आँखामा, | ह्लासाका झल्के सुनका छाना उनका आँखामा, | ||
रङ्गीन फूल नौरङ्गी फुले उत्तरका शाखामा, | रङ्गीन फूल नौरङ्गी फुले उत्तरका शाखामा, |
Latest revision as of 18:03, 5 May 2025
This page has been validated
ती हस्तिहाडसरिका सेता, भोटेनी भर्खरका,
आँखाका काला, नौनीका छाला, त्यो ह्लासा शहरका ।
खौरेका शिर भोटेका गुरु, ती माला फिराई,
गम्भीर चाला, गडेका आँखा, अनौठा लगाई ।
'ॐ मणिपद्मे ! ॐ मणिपद्मे !' भनेर हिँडेका,
कपाल थापी आशीर्वाद मागी बटुवा बढेका ।
त्यो नौलो गाउँ, त्यो नौलो ठाउँ, त्यो नौलो सडकमा,
ह्लासाको शहर क्या लाग्दो रहर सुनको झलकमा ![✮ 1]
- ↑
✮हिमालको आकाश-किनारापारि बुद्घको शीतल धाम
सुनौला बादल-नगरी जस्तो गन्धर्व-परी-ग्राम,
बिपनाभन्दा सपना राम्रो, यथार्थभन्दा भाव,
स्वर्गको यात्रा गरे झैँ चले बाटाको बिर्सी ताप,
ह्लासाका झल्के सुनका छाना उनका आँखामा,
रङ्गीन फूल नौरङ्गी फुले उत्तरका शाखामा,
दूधले न्वाउँथिन् भोटकी रानी, फूलमा सुत्दथिन्,
हिमालको हिउँसँगमा स्पर्धा छालाले गर्दथिन्,
गुलाफसँग दाँजिनुपर्थ्यो ऐनामा गाला रे !
एक राज्य किन्ने गलामा उनको रत्नको माला रे !
फूलको मह सहेली टिप्थे बागमा छानेर,
मणिको प्याला उचाली पिउँथिन् आनन्द मानेर,
तरङ्ग यस्ता हजारौँ चले मदनका मनमा,
सुनेको माथि कल्पना लागी रङ्गिलो क्षणमा ।
बाटो त साह्रो उकालो ठाडो कहीँ छ बित्ते भीर,
कहीँ छ डोरी टाँगेको पुल कहाली रिङ्ने शिर;
पातलो उँचाइ धकाउँदो फोक्सो मुटुलाई फोरेर,
गरलनीला पर्वतमाथि पर्वत चढेर,
तपस्वीलाई निर्वाणनिम्ति चढाइ कठोर
हजारौँ सही भए झैँ विफल कष्ट भो अघोर,