Page:Shakuntala.pdf/183: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
धेरै | धेरै आँसु बफाउँदा जल बने स्वर्ण प्रभातैअघि । | ||
::लाए शीत सिँगार | ::लाए शीत सिँगार पुष्पहरुले गर्दा पखेटा हिली ॥ | ||
प्रेमै दिव्य सुवर्ण मेघसरि भो काही धपक्कै जल्यो । | |||
::काही खाक झलक्क भै फुलि उठ्यो ती भूप हृद्-व्योममा ॥ | ::काही खाक झलक्क भै फुलि उठ्यो ती भूप हृद्-व्योममा ॥ | ||
{{pcn|(५८)}} | {{pcn|(५८)}} | ||
खोलातुल्य बने अनन्त लहरी त्यो मालिनीतीरमा । | |||
:: | ::ब्यूँझी प्रेम प्रभातबाट रसिलो प्रश्वास खोज्ने बनी ॥ | ||
मीठो | मीठो गुन्गुनले चले लहर ती छाया लिई स्वर्गको । | ||
:: | ::राम्रो रूप शकुन्तला युवतिको मानो उषा झैं हुँदा ॥ | ||
{{pcn|(५९)}} | {{pcn|(५९)}} | ||
आँखा ती मनका चियाउन सदा प्यासी बनेका थिए । | आँखा ती मनका चियाउन सदा प्यासी बनेका थिए । | ||
::मानो प्रात प्रभा झलक्क पहिली हेर्थी | ::मानो प्रात प्रभा झलक्क पहिली हेर्थी कुनै झ्यालमा ॥ | ||
हेर्दै याद बिना निदालु युवतिलाई उ उठ्नै अघि । | हेर्दै याद बिना निदालु युवतिलाई उ उठ्नै अघि । | ||
::मीठो स्वप्न त्यजेर | ::मीठो स्वप्न त्यजेर पङ्खहरुका गाना सुनी व्यूँझिँदी ॥ | ||
{{pcn|(६०)}} | {{pcn|(६०)}} | ||
बस्दी लज्जतले ढलक्क तकिया गाला मिलाईकन । | बस्दी लज्जतले ढलक्क तकिया गाला मिलाईकन । | ||
:: | ::सुत्दीको महिमा अलौकिक यसो हेरूँ भनी मोहन ॥ | ||
त्यस्तै भै अब कल्पना किरणले कोही चियाऊँसरि । | |||
:: | ::खोज्छे ठाउँ महीरुहादिहरुको शौभा हरामा चढी ॥ | ||
{{pcn|(६१)}} | {{pcn|(६१)}} | ||
घुड्को एक घुटुक्क झैं भलकको आत्मा रसाईकन । | |||
::मिल्ने आश गरेर ती नृप रहे खोजी बहाना कुनै ॥ | ::मिल्ने आश गरेर ती नृप रहे खोजी बहाना कुनै ॥ | ||
पाएनन् तर क्यै | पाएनन् तर क्यै कुरा र सँगको साथी ठट्यौलोकन । | ||
:: | ::सोधे "एक उपाय क्यै भन सखे मिल्ने हरे ! दर्शन ॥ | ||
{{pcn|(६२)}} | {{pcn|(६२)}} | ||
ती राम्री मृदृता सलक्क जिउकी आँखा दुवैकी निशा । | ती राम्री मृदृता सलक्क जिउकी आँखा दुवैकी निशा । | ||
:: | ::बास्नादार मिठास वन्य-रसकी, हावाहरूको सुख ॥ | ||
बोल्दी ती चिडिया हरा | बोल्दी ती चिडिया हरा भुवनका, बास्ना घुसेकी दिल । | ||
::ती | ::ती पुष्टा मृदुकोपिला तहतहै स्वप्नाहरू फैलिँदी ॥ | ||
{{pcn|(६३)}} | {{pcn|(६३)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 11:48, 5 May 2025
धेरै आँसु बफाउँदा जल बने स्वर्ण प्रभातैअघि ।
लाए शीत सिँगार पुष्पहरुले गर्दा पखेटा हिली ॥
प्रेमै दिव्य सुवर्ण मेघसरि भो काही धपक्कै जल्यो ।
काही खाक झलक्क भै फुलि उठ्यो ती भूप हृद्-व्योममा ॥
(५८)
खोलातुल्य बने अनन्त लहरी त्यो मालिनीतीरमा ।
ब्यूँझी प्रेम प्रभातबाट रसिलो प्रश्वास खोज्ने बनी ॥
मीठो गुन्गुनले चले लहर ती छाया लिई स्वर्गको ।
राम्रो रूप शकुन्तला युवतिको मानो उषा झैं हुँदा ॥
(५९)
आँखा ती मनका चियाउन सदा प्यासी बनेका थिए ।
मानो प्रात प्रभा झलक्क पहिली हेर्थी कुनै झ्यालमा ॥
हेर्दै याद बिना निदालु युवतिलाई उ उठ्नै अघि ।
मीठो स्वप्न त्यजेर पङ्खहरुका गाना सुनी व्यूँझिँदी ॥
(६०)
बस्दी लज्जतले ढलक्क तकिया गाला मिलाईकन ।
सुत्दीको महिमा अलौकिक यसो हेरूँ भनी मोहन ॥
त्यस्तै भै अब कल्पना किरणले कोही चियाऊँसरि ।
खोज्छे ठाउँ महीरुहादिहरुको शौभा हरामा चढी ॥
(६१)
घुड्को एक घुटुक्क झैं भलकको आत्मा रसाईकन ।
मिल्ने आश गरेर ती नृप रहे खोजी बहाना कुनै ॥
पाएनन् तर क्यै कुरा र सँगको साथी ठट्यौलोकन ।
सोधे "एक उपाय क्यै भन सखे मिल्ने हरे ! दर्शन ॥
(६२)
ती राम्री मृदृता सलक्क जिउकी आँखा दुवैकी निशा ।
बास्नादार मिठास वन्य-रसकी, हावाहरूको सुख ॥
बोल्दी ती चिडिया हरा भुवनका, बास्ना घुसेकी दिल ।
ती पुष्टा मृदुकोपिला तहतहै स्वप्नाहरू फैलिँदी ॥
(६३)