Page:Shakuntala.pdf/182: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
मुसकान लिएर मोहन । | |||
::मुखले 'हुन्छ | ::मुखले 'हुन्छ बुझें' भनीकन ॥ | ||
म हजार वसन्तको रस । | म हजार वसन्तको रस । | ||
::लिन | ::लिन बन्थें सुखले मदालस ॥ | ||
{{pcn|(५२)}} | {{pcn|(५२)}} | ||
Line 14: | Line 14: | ||
यस्तै रोदन ली मनैमनमहाँ बोली फुटाईकन । | यस्तै रोदन ली मनैमनमहाँ बोली फुटाईकन । | ||
::गर्दा | ::गर्दा पुष्प र पत्रदार वनमा प्रेमाभिसम्बोधन ॥ | ||
खोजीका दिल ती अनेक क्षणका रङ्गीन भावादिले । | खोजीका दिल ती अनेक क्षणका रङ्गीन भावादिले । | ||
::यौटै चित्र | ::यौटै चित्र सिँगार्दथे हृदयको त्यो दिव्य शाकुन्तल ॥ | ||
{{pcn|(५४)}} | {{pcn|(५४)}} | ||
तृष्णा दर्शनको बनेर घन झैं | तृष्णा दर्शनको बनेर घन झैं सान्निध्यकी चन्द्रिका- | ||
::लाई छोप्न तयार भै जलभरी बन्दी थिई बाफ | ::लाई छोप्न तयार भै जलभरी बन्दी थिई बाफ झैं ॥ | ||
जो ज्योत्स्ना-निहिता थिइन् स्मृतिपरी खुल्दी तिनैको छवि । | जो ज्योत्स्ना-निहिता थिइन् स्मृतिपरी खुल्दी तिनैको छवि । | ||
::मानो | ::मानो बादलखण्ड झैं हुन गयो दुःखार्त उल्लासले ॥ | ||
{{pcn|(५५)}} | {{pcn|(५५)}} | ||
जो आए वनमा कुरङ्गहरुका तेजी शिकारी बनी । | जो आए वनमा कुरङ्गहरुका तेजी शिकारी बनी । | ||
::ती आफैं अब छन् शिकार वनमा राम्री | ::ती आफैं अब छन् शिकार वनमा राम्री कुरङ्गीतिर ॥ | ||
निस्तेजी गहिरो विषाद मनमा काँढाहरूले | निस्तेजी गहिरो विषाद मनमा काँढाहरूले बिझ्यो । | ||
::आगी | ::आगी जल्न तयार हुन्छ मनमा वर्षेर ती बच्दछन् ॥ | ||
{{pcn|(५६)}} | {{pcn|(५६)}} | ||
मानो त्यो स्मृति बन्छ बादलविषे छीटो बिजूलीसरि । | मानो त्यो स्मृति बन्छ बादलविषे छीटो बिजूलीसरि । | ||
::झिल् झिल् पर्दछ व्योममा हृदयको पार्दै अध्यारो पछि ॥ | ::झिल् झिल् पर्दछ व्योममा हृदयको पार्दै अध्यारो पछि ॥ | ||
बल्दा विश्व झलल्ल बन्छ शुरुमा धप्केर अल्प क्षण । | |||
::निभ्दा 'ह्वैन' भनी 'समीप' मनमा गाढा भई शून्यता ॥ | ::निभ्दा 'ह्वैन' भनी 'समीप' मनमा गाढा भई शून्यता ॥ | ||
{{pcn|(५७)}} | {{pcn|(५७)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:04, 4 May 2025
मुसकान लिएर मोहन ।
मुखले 'हुन्छ बुझें' भनीकन ॥
म हजार वसन्तको रस ।
लिन बन्थें सुखले मदालस ॥
(५२)
तर यादबिना मनोहर ।
निठुरी रूपसमान छौ तिमी ॥
वनकी सुषमा, महाधन ।
म गरीबै जन नै छु यो दिन ॥"
(५३)
यस्तै रोदन ली मनैमनमहाँ बोली फुटाईकन ।
गर्दा पुष्प र पत्रदार वनमा प्रेमाभिसम्बोधन ॥
खोजीका दिल ती अनेक क्षणका रङ्गीन भावादिले ।
यौटै चित्र सिँगार्दथे हृदयको त्यो दिव्य शाकुन्तल ॥
(५४)
तृष्णा दर्शनको बनेर घन झैं सान्निध्यकी चन्द्रिका-
लाई छोप्न तयार भै जलभरी बन्दी थिई बाफ झैं ॥
जो ज्योत्स्ना-निहिता थिइन् स्मृतिपरी खुल्दी तिनैको छवि ।
मानो बादलखण्ड झैं हुन गयो दुःखार्त उल्लासले ॥
(५५)
जो आए वनमा कुरङ्गहरुका तेजी शिकारी बनी ।
ती आफैं अब छन् शिकार वनमा राम्री कुरङ्गीतिर ॥
निस्तेजी गहिरो विषाद मनमा काँढाहरूले बिझ्यो ।
आगी जल्न तयार हुन्छ मनमा वर्षेर ती बच्दछन् ॥
(५६)
मानो त्यो स्मृति बन्छ बादलविषे छीटो बिजूलीसरि ।
झिल् झिल् पर्दछ व्योममा हृदयको पार्दै अध्यारो पछि ॥
बल्दा विश्व झलल्ल बन्छ शुरुमा धप्केर अल्प क्षण ।
निभ्दा 'ह्वैन' भनी 'समीप' मनमा गाढा भई शून्यता ॥
(५७)