Page:Shakuntala.pdf/167: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
पलका हुँदा | पलका हुँदा गर्हुँका पद । | ||
::उरमा हुने | ::उरमा हुने अलि आपद ॥ | ||
पर मालिनी जल-वेलिमा । | पर मालिनी जल-वेलिमा । | ||
::लहरा | ::लहरा सुनौलिइ टल्पली ॥ | ||
कल कल्कली | कल कल्कली मधुराऽऽवलि । | ||
::स्वर छाल भो पर छल्बली ॥ | ::स्वर छाल भो पर छल्बली ॥ | ||
सपना फुल्यो | सपना फुल्यो अब व्योममा । | ||
::बिपना फुल्यो नव- रोममा ॥ | ::बिपना फुल्यो नव-रोममा ॥ | ||
अब शील | अब शील झल्झल झल्किए । | ||
::कणदार भै कसुमोपरि ॥ | ::कणदार भै कसुमोपरि ॥ | ||
अब स्वर्गको दरबारको । | अब स्वर्गको दरबारको । | ||
Line 16: | Line 16: | ||
::पदले छुँदी जलको सिँढी ॥ | ::पदले छुँदी जलको सिँढी ॥ | ||
मुख पूर्वको नभ-शंसिनी । | मुख पूर्वको नभ-शंसिनी । | ||
:: | ::मृदु चित्रतुल्य खडा बनी ॥ | ||
शिशु सह-भावको । | शिशु मिर्गको सह-भावको । | ||
::लिइ | ::लिइ पार्श्वमा वन-मोहिनी ॥ | ||
सुर- | सुर-देशका रँग हेर्दछिन् । | ||
::नव रोजको नव चित्रमा ॥ | ::नव रोजको नव चित्रमा ॥ | ||
अझ नै तिमी मृदु | अझ नै तिमी मृदु नीँदमा । | ||
:: | ::निशिको पुछार सुशीतल ॥ | ||
मनमा लिने नखुले भला । | मनमा लिने नखुले भला । | ||
::मृदु प्रेममा सपना रची ॥ | ::मृदु प्रेममा सपना रची ॥ | ||
अझ मस्त छौ अलि सुस्तिई ।" | अझ मस्त छौ अलि सुस्तिई ।" | ||
::भनि | ::भनि भन्दथेँ मनमा म ता ॥ | ||
तर सूर्यको मुख झल्किँदै । | तर सूर्यको मुख झल्किँदै । | ||
::कति शीघ्र छौ बिउँझी यता ॥ | ::कति शीघ्र छौ बिउँझी यता ॥ |
Revision as of 10:58, 3 May 2025
This page has been proofread
पलका हुँदा गर्हुँका पद ।
उरमा हुने अलि आपद ॥
पर मालिनी जल-वेलिमा ।
लहरा सुनौलिइ टल्पली ॥
कल कल्कली मधुराऽऽवलि ।
स्वर छाल भो पर छल्बली ॥
सपना फुल्यो अब व्योममा ।
बिपना फुल्यो नव-रोममा ॥
अब शील झल्झल झल्किए ।
कणदार भै कसुमोपरि ॥
अब स्वर्गको दरबारको ।
नमुना खुल्यो नयनाग्र भै ॥
अलि बेर ती मृदु मूक छन् ।
पदले छुँदी जलको सिँढी ॥
मुख पूर्वको नभ-शंसिनी ।
मृदु चित्रतुल्य खडा बनी ॥
शिशु मिर्गको सह-भावको ।
लिइ पार्श्वमा वन-मोहिनी ॥
सुर-देशका रँग हेर्दछिन् ।
नव रोजको नव चित्रमा ॥
अझ नै तिमी मृदु नीँदमा ।
निशिको पुछार सुशीतल ॥
मनमा लिने नखुले भला ।
मृदु प्रेममा सपना रची ॥
अझ मस्त छौ अलि सुस्तिई ।"
भनि भन्दथेँ मनमा म ता ॥
तर सूर्यको मुख झल्किँदै ।
कति शीघ्र छौ बिउँझी यता ॥
(४५)
यति बात भो सखि चारुले ।
सखिको लिई मृदु बाहुली ॥