Page:Shakuntala.pdf/195: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 33: | Line 33: | ||
रँगीन मृद् मोहनी नव सिँगारका लज्जत । | रँगीन मृद् मोहनी नव सिँगारका लज्जत । | ||
::यपीकन मुहारमा पवनमा इशारासित ॥ | ::यपीकन मुहारमा पवनमा इशारासित ॥ | ||
{{pcn|( | {{pcn|(१२३)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 17:37, 30 April 2025
थिए दुद सजीवता चकित नेत्र नानी दुई ।
पुगेसरि पुरूरवा सुरपुरी-बगैंचातिर ॥
अडी अमर भाँगमा अमृतकी नदीनेर नै ।
परीहरु निहारिँदा पुरुषहीन स्वातन्त्यमा ॥
(११९)
न चोर्दछ कुनै अरू मधुरिमा यसोरी कतै ।
नृपैनद्र सन चोरका नृपति छन् लुकेका यहाँ ॥
छ ढुकढुक त्यसै मुदू प्रकृतिकी सुता हेर्न ती ।
अदृश्य अभिसारकै सदृशा ती कुरङ्गीकहाँ ॥
कुटेर महिमा मिही प्रकृत चाल बेयादको ।
समुल्लसित नेत्र भै मधुर झल्कने कानमा ॥
(१२०)
नजीक नखरे ठिटी अति छिटी खडा चारु छ ।
"हरे मदन-बागकी किन तिमी कला-दुर्बला ॥
सिखारु लजिली ननी हृदय खोल्न कच्चा पनि ।
सँगीसँग ननोल्दछयौ यति भयो मलाई भनी ॥
(१२१)
छ को र पुरुषै यहाँ युवतिसाथ जूँघानिना ।
प्रकाश गर है सखी हृदयको खुलेको क्रा ॥
खछिपी कमल-क्रोडमा मधुर बास लुक्ने कहाँ ।
छ दर्शक र को भनी अझ खुलस्त नन्छयौ यहाँ ॥
छिपाउँ जति भन्दछथौ उती खुलस्त झन्झन् ननी ।
बसी भ्रमर चित्तमा भुनभुनी गरी बौल्दछ ॥
(१२२)
फुकेर उर वासको प्रकृतिका परी हाँस्दछन् ।
सबै सुमन कोपिला भ्रमर आफू डाकीकन ॥
रँगीन मृद् मोहनी नव सिँगारका लज्जत ।
यपीकन मुहारमा पवनमा इशारासित ॥
(१२३)