Page:Shakuntala.pdf/193: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
सकुन्तल शकुन्तकी छ महिमा फुली सुन्तला । | |||
::छ मग्मग सुवासले क्रतु वसन्तकी कड्मल ॥ | |||
बराबर छ बर्नरी पवनमा फुलेको रज । | |||
::जमीनकन छिरबिरे अलि गराउँदै फेदमा ॥ | |||
सुवर्ण पिपिरे फुली अब फुली वसन्ती सर । | |||
::विहङ्ग वन-बालिका छिरबिरै पँखेटा बनी ॥ | |||
छिरेर मृदु पत्रमा किरण छानिई आउँछ । | |||
::उडी कुसुम पुत्तली मधुर न्यानु भोग्छे जहाँ ॥ | |||
गरी भ्रमर भुन्भुनी अमृत माग्दछन् पुष्पका । | |||
::जहाँ अधर मुस्किए अलि गरेर गानै त्यहाँ ॥ | |||
{{pcn|(११०)}} | |||
बनेर नव सिर्जना विपिनका परीको घर । | |||
::तथा वनसमान त्यो स्रभिकेन्द्र क्या सुन्दर ॥ | |||
किनारकन पृष्पको मृदु सिँगारले छाउने । | |||
::थियो मधुर चित्र झै कवि सुनी फुली आउने ॥ | |||
{{pcn|(११)}} | |||
त्यहाँ मधुर शब्दले युवतिका यसो छेकिई । | |||
::बसे नृपति भझाँगको सरस आडमा तर्किई ॥ | |||
थिए हरित घाँसमा वदन छिर्बिरे पत्रले । | |||
::सुचारु नवयौवनीहरु जहाँ बसेका सुखी ॥ | |||
{{pcn|(११२)}} | |||
चियाउन सुखी ननी हरित झाँग ठूलो मनि । | |||
::त्यहाँ नृपति देख्दछन् विपिन-वल्लरी कामिनी ॥ | |||
लिई ढलक बैंसको मधुरता खुलेको ढँग । | |||
::कलासरि सजीव ती मधुर कञ्जका भूषण ॥ | |||
{{pcn|(११२)}} | |||
सुरेख मृदु अङ्गका मदन-मोहिनी ढङ्गका । | |||
::प्रियासरि कुरङ्गका, मृदुल केशका आढ्यता ॥ | |||
नितम्बतक भर्छ जो सरस-रेशामी रङ्गले । | |||
::कपौल मृदु पुष्पको सरसता खुलाईकन ॥ | |||
{{pcn|(११४)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 17:31, 30 April 2025
सकुन्तल शकुन्तकी छ महिमा फुली सुन्तला ।
छ मग्मग सुवासले क्रतु वसन्तकी कड्मल ॥
बराबर छ बर्नरी पवनमा फुलेको रज ।
जमीनकन छिरबिरे अलि गराउँदै फेदमा ॥
सुवर्ण पिपिरे फुली अब फुली वसन्ती सर ।
विहङ्ग वन-बालिका छिरबिरै पँखेटा बनी ॥
छिरेर मृदु पत्रमा किरण छानिई आउँछ ।
उडी कुसुम पुत्तली मधुर न्यानु भोग्छे जहाँ ॥
गरी भ्रमर भुन्भुनी अमृत माग्दछन् पुष्पका ।
जहाँ अधर मुस्किए अलि गरेर गानै त्यहाँ ॥
(११०)
बनेर नव सिर्जना विपिनका परीको घर ।
तथा वनसमान त्यो स्रभिकेन्द्र क्या सुन्दर ॥
किनारकन पृष्पको मृदु सिँगारले छाउने ।
थियो मधुर चित्र झै कवि सुनी फुली आउने ॥
(११)
त्यहाँ मधुर शब्दले युवतिका यसो छेकिई ।
बसे नृपति भझाँगको सरस आडमा तर्किई ॥
थिए हरित घाँसमा वदन छिर्बिरे पत्रले ।
सुचारु नवयौवनीहरु जहाँ बसेका सुखी ॥
(११२)
चियाउन सुखी ननी हरित झाँग ठूलो मनि ।
त्यहाँ नृपति देख्दछन् विपिन-वल्लरी कामिनी ॥
लिई ढलक बैंसको मधुरता खुलेको ढँग ।
कलासरि सजीव ती मधुर कञ्जका भूषण ॥
(११२)
सुरेख मृदु अङ्गका मदन-मोहिनी ढङ्गका ।
प्रियासरि कुरङ्गका, मृदुल केशका आढ्यता ॥
नितम्बतक भर्छ जो सरस-रेशामी रङ्गले ।
कपौल मृदु पुष्पको सरसता खुलाईकन ॥
(११४)