Jump to content

Page:Shakuntala.pdf/137: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
"हाम्रा पालक विश्वका मुकुट ती, ती धर्मका रक्षक ।
"हाम्रा पालक विश्वका मुकुट ती, ती धर्मका रक्षक ।
::ती दाता सब अन्नका, सकलका छाती भरी सूर्य झै॥
::ती दाता सब अन्नका, सकलका छाती भरी सूर्य झैं ॥
ती राजा थलका तथैव जलका, सारा दिशाका छवि ।
ती राजा थलका तथैव जलका, सारा दिशाका छवि ।
::हावासाथ सुगन्ध कीर्ति रहने ती दानका सागर ॥
::हावासाथ सुगन्ध कीर्ति रहने ती दानका सागर ॥
Line 8: Line 8:


ती दैत्यारि, समस्त आर्यहरुका ती इन्द्र, आनन्द नै ।
ती दैत्यारि, समस्त आर्यहरुका ती इन्द्र, आनन्द नै ।
::ह्वैनक्सिन्छ विरोधका दलहरू हात्तीहरूले किची ?
::ह्वैबक्सिन्छ विरोधका दलहरू हात्तीहरूले किची ?
चाहन्छौँ यति सुन्न छैन उनको त्यो चेहरामा कुनै ।
चाहन्छौं यति सुन्न छैन उनको त्यो चेहरामा कुनै ।
::उक्लेको कुइरो सफा सुख मिची पारी धमीलो छवि !
::उक्लेको कुइरो सफा सुख मिची पारी धमीलो छवि !"
{{pcn|(७७)}}
{{pcn|(७७)}}


भन्ने प्रशन सुनेर ती नजरमा आनन्द गै कानको ।
भन्ने प्रश्न सुनेर ती नजरमा आनन्द गै कानको ।
::भन्छन्‌ पुति, “छैन दुःख उनमा छाती छ मानो शरद्‌ ॥
::भन्छन्‌ भूपति, "छैन दुःख उनमा छाती छ मानो शरद्‌ ॥
छ फूल, त्यसमा आनन्दको वास छ ।
काँढा छैन सबै छ फूल, त्यसमा आनन्दको वास छ ।
::यस्ता सुन्दर रूपका अधरका मीठो प्रशंसा उडी ॥”
::यस्ता सुन्दर रूपका अधरका मीठो प्रशंसा उडी ॥"
{{pcn|(७८)}}
{{pcn|(७८)}}


Line 25: Line 25:
{{pcn|(७९)}}
{{pcn|(७९)}}


“मीठो नामम सुन्न पाउँछु भने बन्ने थिएँ कोयली ।
"मीठो नाम म सुन्न पाउँछु भने बन्ने थिएँ कोयली ।
::को को हो यस क्ञ्जमा अधरलीराम्रा रहेका फुली ?
::को को हो यस कुञ्जमा अधर ली राम्रा रहेका फुली ?"
भन्दै प्रश्न गरेर झुल्न सुखमा घोली सुधा कानमा ।
भन्दै प्रश्न गरेर झुल्न सुखमा घोली सुधा कानमा ।
::भन्दा भूप निहार्दछन्‌ नजरले फुल्दी झुकेकी ठिटी ॥
::भन्दा भूप निहार्दछन्‌ नजरले फुल्दी झुकेकी ठिटी ॥
{{pcn|(८०)}}
{{pcn|(८०)}}


“मीठो नाम प्रियम्वदा छ यिनको बोल्दै बुझौहालिने ।”
"मीठो नाम प्रियम्वदा छ यिनको बोल्दै बुझीहालिने ।"
::भन्छिन्‌ चारु, प्रियम्वदा अघि सरी दिन्छिन्‌ यही उत्तर ॥
::भन्छिन्‌ चारु, प्रियम्वदा अघि सरी दिन्छिन्‌ यही उत्तर ॥
"राम्री भै यिनको छ नाम सहजै सौन्दर्य झै सम्झिने ।
"राम्री भै यिनको छ नाम सहजै सौन्दर्य झैं सम्झिने ।
::कस्ती प्रेमशिखारु चारु हँसिली यी चारु छन्‌ ओठकी ॥
::कस्ती प्रेमशिखारु चारु हँसिली यी चारु छन्‌ ओठकी ॥
{{pcn|(८१)}}
{{pcn|(८१)}}


</poem>}}
</poem>}}

Latest revision as of 13:49, 29 April 2025

This page has been proofread

"हाम्रा पालक विश्वका मुकुट ती, ती धर्मका रक्षक ।
ती दाता सब अन्नका, सकलका छाती भरी सूर्य झैं ॥
ती राजा थलका तथैव जलका, सारा दिशाका छवि ।
हावासाथ सुगन्ध कीर्ति रहने ती दानका सागर ॥
(७६)

ती दैत्यारि, समस्त आर्यहरुका ती इन्द्र, आनन्द नै ।
ह्वैबक्सिन्छ विरोधका दलहरू हात्तीहरूले किची ?
चाहन्छौं यति सुन्न छैन उनको त्यो चेहरामा कुनै ।
उक्लेको कुइरो सफा सुख मिची पारी धमीलो छवि !"
(७७)

भन्ने प्रश्न सुनेर ती नजरमा आनन्द गै कानको ।
भन्छन्‌ भूपति, "छैन दुःख उनमा छाती छ मानो शरद्‌ ॥
काँढा छैन सबै छ फूल, त्यसमा आनन्दको वास छ ।
यस्ता सुन्दर रूपका अधरका मीठो प्रशंसा उडी ॥"
(७८)

मानी चाख मिठास ती वचनका प्यूँदी दुवै कानले ।
घेरै बेर झुकेर तीक्ष्णश्रवणी आँखा उचाली लिँदी ॥
बिर्सेकी मनमुग्ध भै शरम नै चैतन्य चाँडो पसी ।
लालीदार मुहार भै पलक ती चाँडै वराल्दी भइन्‌ ॥
(७९)

"मीठो नाम म सुन्न पाउँछु भने बन्ने थिएँ कोयली ।
को को हो यस कुञ्जमा अधर ली राम्रा रहेका फुली ?"
भन्दै प्रश्न गरेर झुल्न सुखमा घोली सुधा कानमा ।
भन्दा भूप निहार्दछन्‌ नजरले फुल्दी झुकेकी ठिटी ॥
(८०)

"मीठो नाम प्रियम्वदा छ यिनको बोल्दै बुझीहालिने ।"
भन्छिन्‌ चारु, प्रियम्वदा अघि सरी दिन्छिन्‌ यही उत्तर ॥
"राम्री भै यिनको छ नाम सहजै सौन्दर्य झैं सम्झिने ।
कस्ती प्रेमशिखारु चारु हँसिली यी चारु छन्‌ ओठकी ॥
(८१)