Page:Mhendu.pdf/12: Difference between revisions
Tag: Reverted |
Tag: Reverted |
||
Page status | Page status | ||
- | + | Proofread |
Revision as of 10:16, 28 April 2025
[१५]
गोरो मुख सेर्पा छ !
काम गर्ने खुर्पा छ !
सुनबाला घैयाँ छ ।
यसै नै मैयाँ छ ।
[१६]
दूध फल्छ मकैमा
जूँगालाई ओठैमा ।
गाना झैँ सरबर छ
घाँस हाम्रो डोकैमा ।
सुनमा चाँदी फूल
मकैको बुट्टा छ ।
भेडाको ऊनमा
न्यानो नींद लट्ठ छ !
[१७]
बुलबुले बटुको
ओठमा ढल्किन्छ !
पहाडको रक्सीमा
रम रम मन पल्किन्छ !
हिमालको तल चुली
आँखामा झल्कन्छ !
[१८]
फूल नाच्छे बारीमा
हावाको झोक्कैमा !
सुनगाभा जिउ तेरो
स्वर्ग छ ढोकैमा ।
अमृत छ भोकैमा !
[१९]
हाम्रो त्याँ जाल छैन
झिल्मिली माल छैन
बाङ्गोको चाल छैन !
[२०]
पहाडको हिउँगोरी
लालगाले हे छोरी !
म्हेन्दु ! सुन् तँ नजा
गुण्डाको घरमा !
असर्फी नभजा !"
[२१]
सुन्दछिन् म्हेन्दुले
बादलको इन्दुले
कुरङ्गी लमकोसे
प्रेम झैँ गोल विन्दुले
X X X
[२२]
सिरुपाते खुकुरी
तेर्सोमा भिरेको
मखमलको इस्टकोट
लहर टाँक जडेको !
ऊनको कम्बरमा
पटुका बेरेको
दौराको लामो फेर
घुँडामा झरेको !
गलबन्दी भेडाको
फेटा झैँ गुतेको ।
आँखाको कन्चट हाड
गालामा उठेको