Jump to content

Page:Buddhibinodko pahila binod.pdf/16: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
 
Page statusPage status
-
Proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 8: Line 8:


बढेर आयो भय मेघको घटा
बढेर आयो भय मेघको घटा
::फुका फिंजार्यो तमले पनी लटा ॥
::फुका फिंजार्‍यो तमले पनी लटा ॥
म देख्न छाडें रसिलो प्रभाकन
म देख्न छाडें रसिलो प्रभाकन
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥

Latest revision as of 09:46, 28 April 2025

This page has been validated

प्रपञ्चको दुस्तर कर्मचक्रमा
फसेर गर्दा गहिरो परिक्रमा ॥
छिया छिया हुन्छ अवश्य जीवन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
३६

बढेर आयो भय मेघको घटा
फुका फिंजार्‍यो तमले पनी लटा ॥
म देख्न छाडें रसिलो प्रभाकन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
३७

न साथमा उज्ज्वल दिव्य दीप छ
न वास बस्ती बिचमा समीप छ ॥
हुँदो छ सम्पूर्ण भबिष्य भीषण
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
३८

अहो !! खुला द्वार समान नर्कको
परेछ कालो भुमरी बितर्कको ॥
रनक्क लाग्यो फिर कान रन्कन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
३९