Jump to content

Page:Ek chihan.pdf/120: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "भोलिपल्ट शिवनारानहरूका लास बग्दै क्वेनामा जम्मा भइरहे । त्यहाँ अरू पनि धेरै मानिसका लास जम्मा भइरहेका छन् । मानिसका लासहरूका साथसाथै गाई, गोरु, भैंसी, बाख्रा आदिका लास पनि सँगसँगै..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
भोलिपल्ट शिवनारानहरूका लास बग्दै क्वेनामा जम्मा भइरहे । त्यहाँ अरू पनि धेरै मानिसका लास जम्मा भइरहेका छन् । मानिसका लासहरूका साथसाथै गाई, गोरु, भैंसी, बाख्रा आदिका लास पनि सँगसँगै छन् । हिजो बाढीले बगाएका र हराएका मानिसहरूका हकवालाहरू आई क्वेनामा लासको थुप्रो छानिरहेका छन् । चिनिएका जति लास अलगअलग राखी कति मानिसहरू छाती पिटीपिटीकन रोइरहेका छन् ।
भोलिपल्ट शिवनारानहरूका लास बग्दै क्वेनामा जम्मा भइरहे ।  
त्यहाँ अरू पनि धेरै मानिसका लास जम्मा भइरहेका छन् । मानिसका  
लासहरूका साथसाथै गाई, गोरु, भैंसी, बाख्रा आदिका लास पनि सँगसँगै  
छन् । हिजो बाढीले बगाएका र हराएका मानिसहरूका हकवालाहरू आई  
क्वेनामा लासको थुप्रो छानिरहेका छन् । चिनिएका जति लास अलगअलग  
राखी कति मानिसहरू छाती पिटीपिटीकन रोइरहेका छन् ।

परन्तु शिवनारान, हाकुमाया र दुई बालबालिका यी चार लासको हकवाला कोही निस्केन, यी चारै लासहरू बेवारिस छन् ।
परन्तु शिवनारान, हाकुमाया र दुई बालबालिका यी चार लासको  
हकवाला कोही निस्केन, यी चारै लासहरू बेवारिस छन् ।

भोलिपल्ट उनीहरूको घरको भग्नावशेषबाट पुननारान, हर्षनारान, पुतली र लतमायाका लासहरू पनि निकालिए । उनीहरूको यस्तो हृदय- विदारक मृत्यु देखेर सारा मानिसहरू शोक प्रकट गर्दै थिए । सबैको घर बनाउने सिकर्मी र बिचरा ज्यामीहरू घर मर्मत गर्न नपाई आज आफ्नै घरले थिचिएर एक चिहान भए !
भोलिपल्ट उनीहरूको घरको भग्नावशेषबाट पुननारान, हर्षनारान,  
पुतली र लतमायाका लासहरू पनि निकालिए । उनीहरूको यस्तो हृदय-  
विदारक मृत्यु देखेर सारा मानिसहरू शोक प्रकट गर्दै थिए । सबैको घर  
बनाउने सिकर्मी र बिचरा ज्यामीहरू घर मर्मत गर्न नपाई आज आफ्नै घरले  
थिचिएर एक चिहान भए !

Revision as of 22:08, 20 April 2025

This page has not been proofread