Page:Ek chihan.pdf/108: Difference between revisions
→Not proofread: Created page with "हर्षनारान आज माहिला तामाङकहाँ जुवाईं बनेर आइरहेका छन् । उनका साथमा दाजु पुननारान पनि छन् । दिनभरि भरिया भए पनि दुई छाक खान नपाएका बिचरा माहिला तामाङ उनीहरूलाई विशेष खुवाउने, पियाउ..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
हर्षनारान आज माहिला तामाङकहाँ जुवाईं बनेर आइरहेका छन् । उनका साथमा दाजु पुननारान पनि छन् । दिनभरि भरिया भए पनि दुई छाक खान नपाएका बिचरा माहिला तामाङ उनीहरूलाई विशेष खुवाउने, पियाउने कुराले के सत्कार गर्न सक्थे ? हृदयबाट गरिने सम्मानमा भने कुनै कमी हुन दिएनन् । जोईपोइ दुवैले ती दाजुभाइलाई बडो आदरसाथ शिष्टता, नम्रताको व्यवहार गरे । उनीहरूको शिष्टता देखेर पुननारानहरू ज्यादै खुसी भए । | हर्षनारान आज माहिला तामाङकहाँ जुवाईं बनेर आइरहेका छन् । | ||
उनका साथमा दाजु पुननारान पनि छन् । दिनभरि | |||
भरिया भए पनि दुई छाक खान नपाएका बिचरा माहिला तामाङ उनीहरूलाई | |||
विशेष खुवाउने, पियाउने कुराले के सत्कार गर्न सक्थे ? हृदयबाट गरिने | |||
सम्मानमा भने कुनै कमी हुन दिएनन् । जोईपोइ दुवैले ती | |||
दाजुभाइलाई बडो आदरसाथ शिष्टता, नम्रताको व्यवहार गरे । उनीहरूको | |||
शिष्टता देखेर पुननारानहरू ज्यादै खुसी भए । | |||
छोरीलाई अरू केही दिन नसके पनि गोडापन्ध्रक रुपियाँ सापट लिएर माहिला तामाङले गौनको फरिया, मखमलको चोलो र खास्टो पहिराएर सुसज्जित पारिराखेका थिए । पुतलीले यति धेरै लुगा एकै चोटि लाउन पाएको उनको जिन्दगीमा पहिलो पटक हो । आफ्ना अनन्य प्रेमीका साथसाथै यस्ता नयाँ लुगा लाउन पाएकाले आज पुतली साहै प्रफुल्ल छिन् । उनी घरी आफूलाई लैजान आफ्नो अगाडि | छोरीलाई अरू केही दिन नसके पनि गोडापन्ध्रक रुपियाँ सापट | ||
लिएर माहिला तामाङले गौनको फरिया, मखमलको चोलो र खास्टो पहिराएर | |||
सुसज्जित पारिराखेका थिए । पुतलीले यति धेरै लुगा एकै चोटि लाउन | |||
पाएको उनको जिन्दगीमा पहिलो पटक हो । आफ्ना अनन्य प्रेमीका | |||
साथसाथै यस्ता नयाँ लुगा लाउन पाएकाले आज पुतली | |||
साहै प्रफुल्ल छिन् । उनी घरी आफूलाई लैजान आफ्नो अगाडि हाँसि | |||
रहेका आफ्ना जीवनधनलाई लुकीछिपी हेरिरहन्छिन्, घरी आफ्ना लुगातिर | |||
आँखा घुमाएर आह्लादित भइरहन्छिन् । पुतलीले आज रातो धागो हालेर | |||
कपाल बाटेकी छिन्, निधारमा टाढैबाट देखिने एउटा ठुलो सितारा, ओठ र | |||
गालामा लाली पनि लाएकी छिन् । उनले आज आफूलाई ‘स्वर्गकी परी’ जस्तै | |||
राम्री ठानेकी छिन् । | |||
हर्षनारानहरू पुगेको करिब एक घण्टापछि माहिला तामाङले पुतलीलाई बिदा गरे । छोरीलाई बिदाइ गर्दा उनकी आमा रोइन् । माहिला तामाङले पनि आँखाबाट आँसु झारे । पुतलीका पनि दुवै आँखा आँसुले भरिए । | हर्षनारानहरू पुगेको करिब एक घण्टापछि माहिला तामाङले पुतलीलाई | ||
बिदा गरे । छोरीलाई बिदाइ गर्दा उनकी आमा रोइन् । माहिला तामाङले पनि | |||
आँखाबाट आँसु झारे । पुतलीका पनि दुवै आँखा आँसुले भरिए । | |||
बिदाइको बेला उनकी आमाले केवल यतिसिवाय मुखबाट बोली निकाल्न सकिनन् – "राम्रोसँग बसी सबैलाई खुसी पार !" | बिदाइको बेला उनकी आमाले केवल यतिसिवाय मुखबाट बोली | ||
निकाल्न सकिनन् – "राम्रोसँग बसी सबैलाई खुसी पार !" | |||
माहिला तामाङले छोरीलाई दिन ल्याएको डोको, नाम्लो र हँसिया सुम्पिँदै भने – "छोरी ! लौ यो डोको, नाम्लो र हँसियालाई कहिले पनि नबिर्स र खर्पन, नोल, कोदालीको साथ सुहाएर नेपाललाई हँसाउने कोशिश गर ।" | माहिला तामाङले छोरीलाई दिन ल्याएको डोको, नाम्लो र | ||
हँसिया सुम्पिँदै भने – "छोरी ! लौ यो डोको, नाम्लो र हँसियालाई कहिले | |||
पनि नबिर्स र खर्पन, नोल, कोदालीको साथ सुहाएर नेपाललाई हँसाउने | |||
कोशिश गर ।" | |||
{{nop}} |
Revision as of 21:51, 20 April 2025
हर्षनारान आज माहिला तामाङकहाँ जुवाईं बनेर आइरहेका छन् । उनका साथमा दाजु पुननारान पनि छन् । दिनभरि भरिया भए पनि दुई छाक खान नपाएका बिचरा माहिला तामाङ उनीहरूलाई विशेष खुवाउने, पियाउने कुराले के सत्कार गर्न सक्थे ? हृदयबाट गरिने सम्मानमा भने कुनै कमी हुन दिएनन् । जोईपोइ दुवैले ती दाजुभाइलाई बडो आदरसाथ शिष्टता, नम्रताको व्यवहार गरे । उनीहरूको शिष्टता देखेर पुननारानहरू ज्यादै खुसी भए ।
छोरीलाई अरू केही दिन नसके पनि गोडापन्ध्रक रुपियाँ सापट लिएर माहिला तामाङले गौनको फरिया, मखमलको चोलो र खास्टो पहिराएर सुसज्जित पारिराखेका थिए । पुतलीले यति धेरै लुगा एकै चोटि लाउन पाएको उनको जिन्दगीमा पहिलो पटक हो । आफ्ना अनन्य प्रेमीका साथसाथै यस्ता नयाँ लुगा लाउन पाएकाले आज पुतली साहै प्रफुल्ल छिन् । उनी घरी आफूलाई लैजान आफ्नो अगाडि हाँसि रहेका आफ्ना जीवनधनलाई लुकीछिपी हेरिरहन्छिन्, घरी आफ्ना लुगातिर आँखा घुमाएर आह्लादित भइरहन्छिन् । पुतलीले आज रातो धागो हालेर कपाल बाटेकी छिन्, निधारमा टाढैबाट देखिने एउटा ठुलो सितारा, ओठ र गालामा लाली पनि लाएकी छिन् । उनले आज आफूलाई ‘स्वर्गकी परी’ जस्तै राम्री ठानेकी छिन् ।
हर्षनारानहरू पुगेको करिब एक घण्टापछि माहिला तामाङले पुतलीलाई बिदा गरे । छोरीलाई बिदाइ गर्दा उनकी आमा रोइन् । माहिला तामाङले पनि आँखाबाट आँसु झारे । पुतलीका पनि दुवै आँखा आँसुले भरिए ।
बिदाइको बेला उनकी आमाले केवल यतिसिवाय मुखबाट बोली निकाल्न सकिनन् – "राम्रोसँग बसी सबैलाई खुसी पार !"
माहिला तामाङले छोरीलाई दिन ल्याएको डोको, नाम्लो र हँसिया सुम्पिँदै भने – "छोरी ! लौ यो डोको, नाम्लो र हँसियालाई कहिले पनि नबिर्स र खर्पन, नोल, कोदालीको साथ सुहाएर नेपाललाई हँसाउने कोशिश गर ।"