Jump to content

Page:Ek chihan.pdf/103: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "सत्ताइस आज हर्षनारानको अनुहारमा सहसा प्रसन्नता फलिफुलिरहेको देख्ता लतमाया छक्क परिन् । उनको चेहरामा यस्तरी प्रसन्नता बलेको लतमायाले कहिल्यै देखेकी थिइनन् । लतमाया भान्छामा भा..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
सत्ताइस
{{left|{{larger|'''सत्ताइस'''}}}}
आज हर्षनारानको अनुहारमा सहसा प्रसन्नता फलिफुलिरहेको देख्ता लतमाया छक्क परिन् । उनको चेहरामा यस्तरी प्रसन्नता बलेको लतमायाले कहिल्यै देखेकी थिइनन् । लतमाया भान्छामा भात पकाइरहेकी थिइन् । उनले हर्षनारान एक्लै हाँसी भऱ्याङ उक्लिरहेको देखिन् । माथि बुइँगलमा पुगेपछि त उनको हाँसो अटाइनसक्नु भई झुसीबाट पोखिइरहेको लतमायाले पाइन् ।

लतमायाले अनौठो मानेर सोधिन्- "किन हर्षनारान ! तिमी आज बिघ्नै खुसी देखिन्छौ । तिमी यति खुसाएको मैले आजसम्म देखेकी थिइनँ ।"
आज हर्षनारानको अनुहारमा सहसा प्रसन्नता फलिफुलिरहेको
देख्ता लतमाया छक्क परिन् । उनको चेहरामा यस्तरी प्रसन्नता बलेको
लतमायाले कहिल्यै देखेकी थिइनन् । लतमाया भान्छामा भात पकाइरहेकी
थिइन् । उनले हर्षनारान एक्लै हाँसी भऱ्याङ उक्लिरहेको देखिन् । माथि
बुइँगलमा पुगेपछि त उनको हाँसो अटाइनसक्नु भई झुसीबाट पोखिइरहेको
लतमायाले पाइन् ।
 
लतमायाले अनौठो मानेर सोधिन्- "किन हर्षनारान !  
तिमी आज बिघ्नै खुसी देखिन्छौ । तिमी यति खुसाएको मैले आजसम्म  
देखेकी थिइनँ ।"

"मलाई, भन्नै लाज लाग्छ आमा ।" सङ्कोचवश हर्षनारान बोले ।
"मलाई, भन्नै लाज लाग्छ आमा ।" सङ्कोचवश हर्षनारान बोले ।
Line 10: Line 18:
"आमा ! म पनि अब बिहे गर्छु ।"
"आमा ! म पनि अब बिहे गर्छु ।"

"अस्तिसम्म घर नबनाईकन बिहेको नामै लिन्न भन्ने मान्छे आज एकाएक बिहे गर्न तम्सिरहेछौ । भन हर्षनारान ! कुरा के छ ?"
"अस्तिसम्म घर नबनाईकन बिहेको नामै लिन्न भन्ने मान्छे आज  
एकाएक बिहे गर्न तम्सिरहेछौ । भन हर्षनारान ! कुरा के छ ?"

"अब मलाई बिहे गर्न मन लाग्यो आमा !"
"अब मलाई बिहे गर्न मन लाग्यो आमा !"
Line 16: Line 25:
"केटी पाइसकेका छौ ?"
"केटी पाइसकेका छौ ?"

"त्यसैले आमा । मलाई झट्‌टै बिहे गर्न मन लागेको । कसैले मलाई प्रेम गरेको पाएँ आमा ।" दङ पर्दै हर्षनारानले भने ।
"त्यसैले आमा । मलाई झट्‌टै बिहे गर्न मन लागेको । कसैले मलाई  
प्रेम गरेको पाएँ आमा ।" दङ पर्दै हर्षनारानले भने ।

"कसैमा कसैले सम्पत्ति खोज्छ, विद्या खोज्छ, इलम खोज्छ, रूप, यौवन खोज्छ भने त्यो प्रेम होइन; जसले अरू थोक केही नखोजीकन उसको दिल
"कसैमा कसैले सम्पत्ति खोज्छ, विद्या खोज्छ, इलम खोज्छ, रूप, यौवन  
खोज्छ भने त्यो प्रेम होइन; जसले अरू थोक केही नखोजीकन उसको दिल

Revision as of 21:39, 20 April 2025

This page has not been proofread
सत्ताइस

आज हर्षनारानको अनुहारमा सहसा प्रसन्नता फलिफुलिरहेको देख्ता लतमाया छक्क परिन् । उनको चेहरामा यस्तरी प्रसन्नता बलेको लतमायाले कहिल्यै देखेकी थिइनन् । लतमाया भान्छामा भात पकाइरहेकी थिइन् । उनले हर्षनारान एक्लै हाँसी भऱ्याङ उक्लिरहेको देखिन् । माथि बुइँगलमा पुगेपछि त उनको हाँसो अटाइनसक्नु भई झुसीबाट पोखिइरहेको लतमायाले पाइन् ।

लतमायाले अनौठो मानेर सोधिन्- "किन हर्षनारान ! तिमी आज बिघ्नै खुसी देखिन्छौ । तिमी यति खुसाएको मैले आजसम्म देखेकी थिइनँ ।"

"मलाई, भन्नै लाज लाग्छ आमा ।" सङ्कोचवश हर्षनारान बोले ।

"के भन न, मदेखि पनि लाज ?" लतमायाले भनिन् ।