Page:Ek chihan.pdf/100: Difference between revisions
→Not proofread: Created page with ""मैले पनि तिमीहरूको बिहे हेर्नसम्म पर्खने सौभाग्य चाहेकी छु ।" लतमायाले भनिन् । आमाछोराका यी कुरा हुँदाहुँदै नानीथकुंको मनभित्र केके आवाज आएजस्तो भयो, उनलाई कसैले बोलाएजस्तो, कुर..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"मैले पनि तिमीहरूको बिहे हेर्नसम्म पर्खने सौभाग्य चाहेकी छु ।" लतमायाले भनिन् । | "मैले पनि तिमीहरूको बिहे हेर्नसम्म पर्खने सौभाग्य चाहेकी छु ।" | ||
लतमायाले भनिन् । | |||
आमाछोराका यी कुरा हुँदाहुँदै नानीथकुंको मनभित्र केके आवाज आएजस्तो भयो, उनलाई कसैले बोलाएजस्तो, कुरा गरेजस्तो, कोही कसैको प्रतीक्षामा बसिरहेजस्तो, केके जस्तो, केके जस्तो उनको मनभित्र | आमाछोराका यी कुरा हुँदाहुँदै नानीथकुंको मनभित्र केके आवाज | ||
आएजस्तो भयो, उनलाई कसैले बोलाएजस्तो, कुरा गरेजस्तो, कोही कसैको | |||
प्रतीक्षामा बसिरहेजस्तो, केके जस्तो, केके जस्तो उनको मनभित्र भाव | |||
तरङ्ग तरङ्गिन थाल्यो । | |||
अनि उनी झटपट चुठेर झ्यालमा गइन् र बाटोतिर गर्धन उठाई परपरसम्म हेर्न लागिन् । पानी पनि थामिइसकेको थियो । साँझ झमक्क परिसके तापनि अलि नियालेर राम्रोसँग हेर्न सकेमा बाटोमा आउने मानिससम्म धमिलो रूपमा देखिन्थ्यो, त्यसैले नानीथकुंले पनि खुब गहिरोसँग नियालेर बाटोमा हेरिरहेकी थिइन् । | अनि उनी झटपट चुठेर झ्यालमा गइन् र बाटोतिर गर्धन उठाई | ||
परपरसम्म हेर्न लागिन् । पानी पनि थामिइसकेको थियो । साँझ झमक्क | |||
परिसके तापनि अलि नियालेर राम्रोसँग हेर्न सकेमा बाटोमा आउने मानिससम्म | |||
धमिलो रूपमा देखिन्थ्यो, त्यसैले नानीथकुंले पनि खुब गहिरोसँग नियालेर | |||
बाटोमा हेरिरहेकी थिइन् । | |||
नानीथकुंको यो स्थिति र प्रक्रिया कसैलाई थाहा थिएन । भात खाइवरी लोग्नेमानिस जति तमाखु खानेतिर लागे, पुननारानकी स्वास्नी सिन्तलीले जुठाभाँडा माझिरहिन्; लतमायाले चुहिएर जम्मा भएको पानी सोहोर्दै | नानीथकुंको यो स्थिति र प्रक्रिया कसैलाई थाहा थिएन । भात खाइवरी | ||
लोग्नेमानिस जति तमाखु खानेतिर लागे, पुननारानकी स्वास्नी सिन्तलीले | |||
जुठाभाँडा माझिरहिन्; लतमायाले चुहिएर जम्मा भएको पानी सोहोर्दै फ्याँकि | |||
रहिन् । नानीथकुं आफूले खाएको जुठो माझेर गइसकेकी थिइन्, त्यसैले | |||
उनलाई ध्यान गर्नुपर्ने कुरा पनि थिएन । | |||
नानीथकुं उद्वेलित भएर त्यसै झ्यालमा बसि नै रहेकी थिइन्, | नानीथकुं उद्वेलित भएर त्यसै झ्यालमा बसि नै रहेकी थिइन्, एकै | ||
छिनमा अँध्यारोको धमिलोपना चिर्दै डाक्टर गोदत्तप्रसाद टुप्लुक्क आँखा | |||
अगाडि आइपुगेको नानीथकुंले देखिन् । उनलाई देख्नासाथ नानीथकुं फाल | |||
हालेर तल छिँडीमा दगुरिन् । छिँडीमै गएर डाक्टर गोदत्तप्रसादलाई राम्रो | |||
स्वागतभाव देखाउँदै उनले भनिन्- "यस बेला किन हस्याङफस्याङ गर्दै | |||
आउनुभएको डाक्टरसाहेब ?" | |||
अलि सानो स्वरमा गोदत्तप्रसादले भने- "तिमीलाई बोलाउन आएको आज, त्यसमा पनि अहिले साइत निकै बेस छ रे ! सब बन्दोबस्त ठीकठाक | अलि सानो स्वरमा गोदत्तप्रसादले भने- "तिमीलाई बोलाउन आएको | ||
आज, त्यसमा पनि अहिले साइत निकै बेस छ रे ! सब बन्दोबस्त ठीकठाक भइ | |||
सकेको छ, अर्कै एउटा राम्रो र गुप्त घरमा । त्यहाँ तिमीले कुनै कुराको फिक्री | |||
र नमज्जा मान्नुपर्ने छैन । रेडियोलगायतको व्यवस्था मिलाइसकेको छु ।" | |||
"दाइहरूले सुन्नुहोला, अझ अलि सानो स्वरमा बोल्नुहोस् । के | "दाइहरूले सुन्नुहोला, अझ अलि सानो स्वरमा बोल्नुहोस् । के भन्नु | ||
भएको ?" अलि उत्सुकतासाथ नानीथकुंले भनिन् । | |||
{{nop}} |
Revision as of 21:31, 20 April 2025
"मैले पनि तिमीहरूको बिहे हेर्नसम्म पर्खने सौभाग्य चाहेकी छु ।" लतमायाले भनिन् ।
आमाछोराका यी कुरा हुँदाहुँदै नानीथकुंको मनभित्र केके आवाज आएजस्तो भयो, उनलाई कसैले बोलाएजस्तो, कुरा गरेजस्तो, कोही कसैको प्रतीक्षामा बसिरहेजस्तो, केके जस्तो, केके जस्तो उनको मनभित्र भाव तरङ्ग तरङ्गिन थाल्यो ।
अनि उनी झटपट चुठेर झ्यालमा गइन् र बाटोतिर गर्धन उठाई परपरसम्म हेर्न लागिन् । पानी पनि थामिइसकेको थियो । साँझ झमक्क परिसके तापनि अलि नियालेर राम्रोसँग हेर्न सकेमा बाटोमा आउने मानिससम्म धमिलो रूपमा देखिन्थ्यो, त्यसैले नानीथकुंले पनि खुब गहिरोसँग नियालेर बाटोमा हेरिरहेकी थिइन् ।
नानीथकुंको यो स्थिति र प्रक्रिया कसैलाई थाहा थिएन । भात खाइवरी लोग्नेमानिस जति तमाखु खानेतिर लागे, पुननारानकी स्वास्नी सिन्तलीले जुठाभाँडा माझिरहिन्; लतमायाले चुहिएर जम्मा भएको पानी सोहोर्दै फ्याँकि रहिन् । नानीथकुं आफूले खाएको जुठो माझेर गइसकेकी थिइन्, त्यसैले उनलाई ध्यान गर्नुपर्ने कुरा पनि थिएन ।
नानीथकुं उद्वेलित भएर त्यसै झ्यालमा बसि नै रहेकी थिइन्, एकै छिनमा अँध्यारोको धमिलोपना चिर्दै डाक्टर गोदत्तप्रसाद टुप्लुक्क आँखा अगाडि आइपुगेको नानीथकुंले देखिन् । उनलाई देख्नासाथ नानीथकुं फाल हालेर तल छिँडीमा दगुरिन् । छिँडीमै गएर डाक्टर गोदत्तप्रसादलाई राम्रो स्वागतभाव देखाउँदै उनले भनिन्- "यस बेला किन हस्याङफस्याङ गर्दै आउनुभएको डाक्टरसाहेब ?"
अलि सानो स्वरमा गोदत्तप्रसादले भने- "तिमीलाई बोलाउन आएको आज, त्यसमा पनि अहिले साइत निकै बेस छ रे ! सब बन्दोबस्त ठीकठाक भइ सकेको छ, अर्कै एउटा राम्रो र गुप्त घरमा । त्यहाँ तिमीले कुनै कुराको फिक्री र नमज्जा मान्नुपर्ने छैन । रेडियोलगायतको व्यवस्था मिलाइसकेको छु ।"
"दाइहरूले सुन्नुहोला, अझ अलि सानो स्वरमा बोल्नुहोस् । के भन्नु भएको ?" अलि उत्सुकतासाथ नानीथकुंले भनिन् ।