Page:Buddhi binod.pdf/7: Difference between revisions
Appearance
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 11: | Line 11: | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२०॥ | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२०॥ | ||
परत्र यस्तो छ यसो | परत्र यस्तो छ यसो गर्यो भने | ||
यसो-यसो हुन्छ भनेर देखने । | यसो-यसो हुन्छ भनेर देखने । | ||
नआउने कोहि पनी यहाँ किन | नआउने कोहि पनी यहाँ किन ? | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२१॥ | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२१॥ | ||
Revision as of 15:36, 19 April 2025
This page has been validated
झलक्क देखी निज-कर्म-पद्धति
उजार भै ईश्वरको गरी नति ।
उहाँ गरेको कुन हो निवेदन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥१९॥
थियो जती गर्भविषे विरक्तता
गयो सबै त्यो जनमेपछी कता ?
हुँदैन केही पनि सम्झना किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२०॥
परत्र यस्तो छ यसो गर्यो भने
यसो-यसो हुन्छ भनेर देखने ।
नआउने कोहि पनी यहाँ किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२१॥
शरीर हो कारण पुण्य पापको
ढल्यो यहीं त्यो त बनी बिकामको ।
परत्रमा यो सब भोगने कुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२२॥
असत्य संसार असत्य देह यो
असत्यको भोग असत्य नै भयो ।
म सत्य आत्मा फिर जन्मने किन
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥२३॥