Page:Prithviraj chauhan.pdf/155: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
स्वर्गका दृश्य खुलेका आँखा | |||
दुईको ढकनी उज्याला माथि | |||
कमल निधारे । | |||
गुलाफी गाला, पत्तीझैँ छाला | |||
जुन फूल मुहारे । | |||
फुलेको हो कि कुँदेको हो कि | |||
भनेझैँ दोधारे । | |||
हरियो बैंश तारबुट्टे रेशम | |||
रत्नले झल्मल । | |||
कहिले कमल, कहिले गुलाफ | |||
भएर अघि लाजले बढ्छिन् | |||
हंसझै ढलमल । | |||
{{pcn|(११)}} | |||
स्वयंवर माला | |||
थुङ्गा र थुङ्गा | |||
कमल करमा । | |||
बढ्दछिन् तिनी | |||
प्रियतम चिनी | |||
पहिराउँला भनी हृदयभित्र | |||
राज गर्ने वरमा । | |||
{{pcn|(१२)}} | |||
खोज्दछन् आँखा पृथिवीराजलाई | |||
सामुमा नदेखी । | |||
सुकेर हिँड्छिन् अगाडि तिनी | |||
फूल पयर भुइँ टेकी । | |||
राजाका शिर सरमले झुक्छन् | |||
नमिल्ने देखी चूक र चूक् छन् | |||
टुटेका तारले दिल मुकमुक् छन् | |||
झरेर सब शेखी । | |||
नदेखी तर पृथिवीराजलाई | |||
छेउमा पुगी छोडेर लाजलाई | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 13:05, 19 April 2025
This page has not been proofread
स्वर्गका दृश्य खुलेका आँखा
दुईको ढकनी उज्याला माथि
कमल निधारे ।
गुलाफी गाला, पत्तीझैँ छाला
जुन फूल मुहारे ।
फुलेको हो कि कुँदेको हो कि
भनेझैँ दोधारे ।
हरियो बैंश तारबुट्टे रेशम
रत्नले झल्मल ।
कहिले कमल, कहिले गुलाफ
भएर अघि लाजले बढ्छिन्
हंसझै ढलमल ।
(११)
स्वयंवर माला
थुङ्गा र थुङ्गा
कमल करमा ।
बढ्दछिन् तिनी
प्रियतम चिनी
पहिराउँला भनी हृदयभित्र
राज गर्ने वरमा ।
(१२)
खोज्दछन् आँखा पृथिवीराजलाई
सामुमा नदेखी ।
सुकेर हिँड्छिन् अगाडि तिनी
फूल पयर भुइँ टेकी ।
राजाका शिर सरमले झुक्छन्
नमिल्ने देखी चूक र चूक् छन्
टुटेका तारले दिल मुकमुक् छन्
झरेर सब शेखी ।
नदेखी तर पृथिवीराजलाई
छेउमा पुगी छोडेर लाजलाई