Page:Munamadan.pdf/41: Difference between revisions
No edit summary |
|||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
बिचरी बूढी ती काँप्न थालिन्, कम्प भो विचित्र, | बिचरी बूढी ती काँप्न थालिन्, कम्प भो विचित्र, | ||
Line 32: | Line 32: | ||
शहरभित्र केको हो यस्तो वियोग विलाप ? | शहरभित्र केको हो यस्तो वियोग विलाप ? | ||
पिल्पिले बत्ती भिजेका आँखा अलाप विलाप, | पिल्पिले बत्ती भिजेका आँखा अलाप विलाप, | ||
</poem>}} | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} | {{stanza continue}} |
Revision as of 13:29, 18 April 2025
बिचरी बूढी ती काँप्न थालिन्, कम्प भो विचित्र,
बन्द भो बोली, मनमनै रह्यो वचन पवित्र,
कहिलेकाहीँ मुनाको हात छामेर 'यहाँ छ'
भनेर दिँदा बकले भन्थिन् 'मदन कहाँ छ ?'
•
कुतीमा यौटा पीपल ठूलो हावाले हल्लायो,
हाँगामा आई कागले चुच्चो खोलेर करायो,
छहारी बस्ने बटुवा हेर्थे टाढाको टाकुरा,
चिउँडो थियो हातको माथि, घुँडामा पाखुरा ।
हाँगाको काग ओर्ह्लेर आयो, नजीकै करायो,
नजर छड्के त्यो घाँटी कर्के गरेर करायो
नजर फिर्यो, पसीना पुछी बोले ती बटुवा,
"सुबोल् सुबोल् हे ! ठाउँ सरी बस् न, आकाश-डुलुवा !
हेरेर आइस् ती आँखा तानी के मेरो शहर ?
नेपाल खाल्डो छ कान्तिपुरमा घर त्यो सुग्घर ।
माई छन् मेरी कपाल-सेती, मुना छन् उज्याली,
मलाई सन्चो छ भनी आइज पखेटा उचाली ।
'नमान्नू धन्दा नमान्नू फिक्री' भनेर सुनाई,
गुँडमा फर्केस् बारीको यौटा हलुवाबेद खाई !"
उडेर गयो त्यो काग टाढा बुझे झैँ गरेर,
'कागले बुझयो, उडेर गयो, पुग्नेछ सबेर ।
बुझ्दैनन् भाषा पन्छीको हाय ! ती दुई बिचरा !'
भनेर हेरी नजर भरी उठे ती बिचरा !
बिचरा मदन, नजर भरेर !
•
शहरभित्र केको हो यस्तो वियोग विलाप ?
पिल्पिले बत्ती भिजेका आँखा अलाप विलाप,