Page:Munamadan.pdf/10: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|'''मदन भोट जाने बेलामा'''}}}} | {{c|{{larger|'''मदन भोट जाने बेलामा'''}}}} | ||
{{center block | |||
{{start center block}} | |||
'''मुना–''' | '''मुना–''' | ||
::नछाडी जानोस् हे मेरा प्राण ! अकेली मलाई, | ::नछाडी जानोस् हे मेरा प्राण ! अकेली मलाई, | ||
Line 28: | Line 28: | ||
::तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसन, | ::तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसन, | ||
::::::प्यारी ! बिदामा हाँस न ! | ::::::प्यारी ! बिदामा हाँस न ! | ||
</poem>}} | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> |
Revision as of 13:07, 18 April 2025
This page has been proofread
मदन भोट जाने बेलामा
मुना–
- नछाडी जानोस् हे मेरा प्राण ! अकेली मलाई,
- मनको वनमा ननिभ्ने गरी विरह जलाई,
- ननिभ्ने गरी विरह जलाई,
- लोचनका तारा ! हे मेरा प्यारा ! यो जोति बिलाए,
- के भनूँ ? भन्ने म केही थिइनँ विष नै पिलाए !
- प्यारा ! विष नै पिलाए !
- मनको कुरा गलामा अड्छ, अड्कन्छ गलामा,
- यो मेरो मुटु पचासबाजी धड्कन्छ पलामा,
- यो छाती मेरो चिरेर खोली नजर गराए,
- त्यो मन केही फर्कँदो होला, तस्वीर खुलाए !
- आँसुमा खस्छ मनको टुक्रा यो आँसु बोल्दैन,
- मनको कुरा मनमै बस्छ, छातीले खोल्दैन,
- प्यारा ! आँसुले बोल्दैन !
मदन–
- हे मेरी मुना ! नभन त्यसो, जूनमा फुलेकी !
- फर्कन्छु फेरि म चाँडै भन्ने किन हो भुलेकी ?
- म बीसै दिन बसुँला ह्लासा, बाटामा बीसै दिन,
- चखेवा फेरि आउँछ उडी बिहान कुनै दिन,
- प्यारी ! भेटको बडा दिन !
- कि मरिछाड्यो, कि गरिछाड्यो मर्दको इरादा,
- नहाल प्यारी ! बाटामा मेरो आँसुको यो बाधा,
- अनारदाना दाँतका लहर खोलेर हाँस न,
- तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसन,
- प्यारी ! बिदामा हाँस न !
</poem>