Jump to content

Page:Buddhibinodko pahila binod.pdf/20: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread

Revision as of 08:55, 18 April 2025

This page has been proofread

पवित्र गङ्गाजलमा बुडे पछी
कुवासना पङ्क सबै उडे पछी
नभासिने भीति न भास भीषण,
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
५२

तँलाई छोडी न त टिक्न शक्तछू
न भासमा भासिनमा म रक्त छू ॥
तसर्थ गर्छू उपदेश पावन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
५३

अहो ! अहो !! फेरि पनी भयो भुल
बनेछ बाङ्गो भुलकै धुले पुल
असाध्य गाह्रो छ कठै !! सम्हालिन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
५४

“नजा, नजा त्यो जडवादमा नजा,
म भित्र छू बाहिर छैन क्यै मजा” ॥
भनेर घन्क्यो फिर बाँशुरी घन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
५५