Jump to content

Page:Mhendu.pdf/10: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''द्वितीय'''}}}} <noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|[१]}} आमा ती 'मिन्दी' ले ::भन्दछिन्‌ एकलासमा- "क्हेन्द॒' सुन्‌ विन्ति ले !” {{pcn|[२]}} तामाङ्की तरुणी, ::आँखाकी हरिणी, बैंसको गुलाफमा छोरीलाई बिगार्न शहर..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{c|{{larger|'''द्वितीय'''}}}}
{{c|{{larger|'''द्वितीय'''}}}}
<noinclude>{{start center block}}</noinclude>
{{start center block}}
<poem>
<poem>
{{pcn|[१]}}
{{pcn|[१]}}

Revision as of 16:46, 16 April 2025

This page has not been proofread
द्वितीय

[१]
आमा ती 'मिन्दी' ले
भन्दछिन्‌ एकलासमा-
"क्हेन्द॒' सुन्‌ विन्ति ले !”

[२]
तामाङ्की तरुणी,
आँखाकी हरिणी,
बैंसको गुलाफमा
छोरीलाई बिगार्न
शहरको गुण्डाले,
कपालको मुण्डाले,
ल्याउँछ है सिँगार्न !

[३]
किलिपको पुतली
फूल जडी नक्कली ।
सुन बत्तु कल्मली
चार पैसे अत्तर ली ।
मीमजुत्ता कृर्कुच्चे
फुली त्यो नकबुच्चे ।
पोते त्यो फूलगुच्छे
मन चोर्छ उत्तर ली ॥

[४]
छिँडीमा सुकुल छ
फुटेको मकल छ !
बाँदरको सकल छ ।
रूचाङप्वाले छत्तर छ !
टमकिन्छ
टिम टिम झै,
चोर आँखा
छरिम किम झै
रेशमको रुमालमा
'गहरनाउने अत्तर छ ॥

[५]
चोली कैं कोट लाई
हाँक्दो छ भोटलाई
फूलको बोटलाई
ताक्दछ तामाको
कल्लर छ घाँटीमा ।
छिल्‌ ठिल्‌ टाँक फल्कने
फेर लाउँछ कम्मरमा
फकाउने रहरमा ।
गुण्डा त्यो शहरमा
केशुपपे क्या स्वाङ्को ?

[६]
“हाम्रो यो हैलम्बो
सेर्पाको खेलुझै
फूनलि फून्कन्छ,
बादलले घन्कन्छ,
पन्नाले रूल्कन्छ
स्वर्ग कै क्या राम्रो !