Page:Mhendu.pdf/8: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> आशा पखेरु ::नव स्वर लिन्छन् ॥ {{pcn|[१०]}} यी हुन् 'म्हेन्द॒' ::गिरिकी शोभा । सुरपुरबाटै ::फर्छिन् हो वा ? {{pcn|[११]}} सुषमा रानी ::स्वर्ग बयानी । सुनकेसी यी ::फूलकी खानी ॥ {{pcn|[१..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
{{pcn|[१०]}} | {{pcn|[१०]}} | ||
यी हुन् ' | यी हुन् 'म्हेन्दु' | ||
::गिरिकी शोभा । | ::गिरिकी शोभा । | ||
सुरपुरबाटै | सुरपुरबाटै |
Revision as of 16:08, 16 April 2025
This page has not been proofread
आशा पखेरु
नव स्वर लिन्छन् ॥
[१०]
यी हुन् 'म्हेन्दु'
गिरिकी शोभा ।
सुरपुरबाटै
फर्छिन् हो वा ?
[११]
सुषमा रानी
स्वर्ग बयानी ।
सुनकेसी यी
फूलकी खानी ॥
[१२]
तुहिन वदनमा
जीवन लाली ।
फुल्दी तनमा
बास्ना हाली ॥
[१३]
गिरिशिर बाली
खगस्वर ताली-
सँग यी कुल्छन्
डाली डाली ॥
[१४]
हँसमुख राम्री
जिउ सब फुलफूल ।
तिनले पर्ने
लिन् गह लच जल ॥
[१५]
तर पर पर छन्
युग युग सब पल ।
किन यति निठुरी
मुख त्यति कोमल !
[१६]
नरमपनामा
मोती टलपल ।
निठुरपनामा
कण्टक विह्वल ॥
[१७]
हृदय छ मेरो
निशिदिन खलबल ।
परमुख बन्दा
शिखर समुज्ज्वल ॥
[१८]
जब ती उषा
जस्ती रलमल
बोल्छिन् नाला
स्वरमा कल्कल ॥
[१९]
पत्थर सुन्दर
बोल्छन् “जलजल !"
हाँसो चोरी
रूषा कलमल ॥
[२०]
हेरी चाला
मीठा चञ्चल ।