Page:Chadbad.pdf/8: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> पहाड, तराई यहीँ छन्, लेक, बेँसी यहीँ छन् युरोप, अमेरिका यहीँ छन्, चीन, जापान यहीँं छन् हिन्दुस्थान, पाकिस्तान, साधु, हिप्पी यहीँ छन् सहर त दशहरामा जोगी–तरकारी पाके..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
पहाड, तराई | पहाड, तराई यहीं छन्; लेक, बेंसी यहीं छन्; | ||
युरोप, अमेरिका | युरोप, अमेरिका यहीं छन्; चीन, जापान यहीं छन्; | ||
हिन्दुस्थान, पाकिस्तान, साधु, हिप्पी | हिन्दुस्थान, पाकिस्तान, साधु, हिप्पी यहीं छन्; | ||
काठमाडौं शहर त दशहरामा जोगी–तरकारी पाके झैं लाग्छ | |||
{{pcn|(१७)}} | {{pcn|(१७)}} | ||
पुरुषको पुरुषार्थ | पुरुषको पुरुषार्थ सार्हो हुन्छ, नारीको भावना कोमल हुन्छ | ||
बच्चा बोक्नेलाई | बच्चा बोक्नेलाई बन्दूक बोकाउनु बेकारको काम हुन्छ | ||
नारी र पुरुषले हर क्षेत्रमा समान काम | नारी र पुरुषले हर क्षेत्रमा समान काम गर्न थालेको देख्दा | ||
असारको पन्ध्र कहतारोमा दही–च्यूरा मुछे | असारको पन्ध्र कहतारोमा दही–च्यूरा मुछे झैं लाग्छ | ||
{{pcn|(१८)}} | {{pcn|(१८)}} | ||
बुहारीले घरधन्धा | बुहारीले घरधन्धा गर्छे म बोझो चुसेर बसुँला | ||
छोरोले कमाएर ल्याउँछ म तमाखु खाएर लेटुँला | छोरोले कमाएर ल्याउँछ म तमाखु खाएर लेटुँला | ||
आमा बाबुले (सपनामा) कल्पना गरेको देख्दा | आमा बाबुले (सपनामा) कल्पना गरेको देख्दा | ||
गुरुपूर्णेमा लोभी गुरुले र्याल चुहाए | गुरुपूर्णेमा लोभी गुरुले र्याल चुहाए झैं लाग्छ | ||
{{pcn|(१९)}} | {{pcn|(१९)}} | ||
मेचमा रहँदा एउटा कुरा, खुस्क्यो अर्कै कुरा | मेचमा रहँदा एउटा कुरा, खुस्क्यो अर्कै कुरा | ||
कतै नबिक्ने सेनामेना पछि लगायो | कतै नबिक्ने सेनामेना पछि लगायो भुरा | ||
के भाषण ! के वक्तव्य ! के नेता ! के नेतृत्व ! | के भाषण ! के वक्तव्य ! के नेता ! के नेतृत्व ! | ||
गठेमंगल साँझमा आजाजुजे चिच्याए झैं लाग्छ | |||
{{pcn|(२०)}} | {{pcn|(२०)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 13:27, 13 April 2025
पहाड, तराई यहीं छन्; लेक, बेंसी यहीं छन्;
युरोप, अमेरिका यहीं छन्; चीन, जापान यहीं छन्;
हिन्दुस्थान, पाकिस्तान, साधु, हिप्पी यहीं छन्;
काठमाडौं शहर त दशहरामा जोगी–तरकारी पाके झैं लाग्छ
(१७)
पुरुषको पुरुषार्थ सार्हो हुन्छ, नारीको भावना कोमल हुन्छ
बच्चा बोक्नेलाई बन्दूक बोकाउनु बेकारको काम हुन्छ
नारी र पुरुषले हर क्षेत्रमा समान काम गर्न थालेको देख्दा
असारको पन्ध्र कहतारोमा दही–च्यूरा मुछे झैं लाग्छ
(१८)
बुहारीले घरधन्धा गर्छे म बोझो चुसेर बसुँला
छोरोले कमाएर ल्याउँछ म तमाखु खाएर लेटुँला
आमा बाबुले (सपनामा) कल्पना गरेको देख्दा
गुरुपूर्णेमा लोभी गुरुले र्याल चुहाए झैं लाग्छ
(१९)
मेचमा रहँदा एउटा कुरा, खुस्क्यो अर्कै कुरा
कतै नबिक्ने सेनामेना पछि लगायो भुरा
के भाषण ! के वक्तव्य ! के नेता ! के नेतृत्व !
गठेमंगल साँझमा आजाजुजे चिच्याए झैं लाग्छ
(२०)