Jump to content

Page:Ek chihan.pdf/60: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "त्यसै रोइरहनाले र भात नखाइरहनाले अनि सहिरहनाले र बसिरहनाले आफ्नो समस्या हल हुने नानीथकुंले देखिनन् । अनि उनी एक्कासि जुरुक्क उठिन् र डाक्टर गोदत्तप्रसादकहाँ सरासर गइन् । डाक्टर..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
त्यसै रोइरहनाले र भात नखाइरहनाले अनि सहिरहनाले र बसिरहनाले आफ्नो समस्या हल हुने नानीथकुंले देखिनन् । अनि उनी एक्कासि जुरुक्क उठिन् र डाक्टर गोदत्तप्रसादकहाँ सरासर गइन् ।
त्यसै रोइरहनाले र भात नखाइरहनाले अनि सहिरहनाले र बसि
रहनाले आफ्नो समस्या हल हुने नानीथकुंले देखिनन् । अनि उनी एक्कासि  
जुरुक्क उठिन् र डाक्टर गोदत्तप्रसादकहाँ सरासर गइन् ।


डाक्टर गोदत्तप्रसादको आफूकहाँ आउने बिरामीहरूको निःशुल्क परीक्षा गर्ने बेला थियो । नानीथकुं पुग्दा डाक्टर गोदत्तप्रसाद बिरामी हेर्ने कोठामा बसी अखबार हेरिरहेका थिए । बिरामी एक जना पनि थिएनन् । नानीथकुंलाई यसरी एकाएक पाएर डाक्टर गोदत्तप्रसाद हर्षले पुलकित भए । उनको आत्मा आनन्दले नाच्न थाल्यो । अनि स्वागतको भावमा डाक्टर गोदत्तप्रसादले भने- "अहो नानीथकुं ! आज कत्रो निगाह !"
डाक्टर गोदत्तप्रसादको आफूकहाँ आउने बिरामीहरूको निःशुल्क  
परीक्षा गर्ने बेला थियो । नानीथकुं पुग्दा डाक्टर गोदत्तप्रसाद बिरामी हेर्ने  
कोठामा बसी अखबार हेरिरहेका थिए । बिरामी एक जना पनि थिएनन् ।  
नानीथकुंलाई यसरी एकाएक पाएर डाक्टर गोदत्तप्रसाद हर्षले पुलकित भए ।  
उनको आत्मा आनन्दले नाच्न थाल्यो । अनि स्वागतको भावमा डाक्टर गोदत्त
प्रसादले भने- "अहो नानीथकुं ! आज कत्रो निगाह !"


नानीथकुंले केही पनि जबाफ दिइनन्, केवल मुस्कुराइरहिन् । अनि झटपट उनी फेरि बोले- "नानीथकुं ! तिम्रो कृपाका निम्ति हृदयदेखि धन्यवाद है, म साह्रै कृतज्ञ भएँ । भन, म तिम्रो योग्य के सेवा गरूँ ?"
नानीथकुंले केही पनि जबाफ दिइनन्, केवल मुस्कुराइरहिन् । अनि  
झटपट उनी फेरि बोले- "नानीथकुं ! तिम्रो कृपाका निम्ति हृदयदेखि धन्यवाद  
है, म साह्रै कृतज्ञ भएँ । भन, म तिम्रो योग्य के सेवा गरूँ ?"


रोक्न चेष्टा गर्दा पनि नानीथकुंको आँखामा आँसुको छाया पर्न आइहाल्यो ।
रोक्न चेष्टा गर्दा पनि नानीथकुंको आँखामा आँसुको छाया पर्न  
आइहाल्यो ।


नानीथकुंको यो दृश्य देखेर डाक्टर गोदत्तप्रसाद एकछिन जिल्ल परे ।
नानीथकुंको यो दृश्य देखेर डाक्टर गोदत्तप्रसाद एकछिन जिल्ल  
परे ।


उनले सोधे- "किन नानीथकुं ! तिम्रो चेहरामा दुःख हाँसेको देख्तछु ?"
उनले सोधे- "किन नानीथकुं ! तिम्रो चेहरामा दुःख हाँसेको देख्तछु ?"


"अब मेरो अनुहारमा सुखले हाँस्न पाउने आशा त देख्तिनँ डाक्टरसाहेब !" अलि सुस्केरा भरेको आवाजमा नानीथकुंले भनिन् ।
"अब मेरो अनुहारमा सुखले हाँस्न पाउने आशा त देख्तिनँ डाक्टर
साहेब !" अलि सुस्केरा भरेको आवाजमा नानीथकुंले भनिन् ।


"जबसम्म म तिम्रो कृपा कटाक्ष पाइरहन्छु, तबसम्म जीवनमा कहिल्यै पनि तिम्रो अनुहारमा दुःख देखा पर्नसम्म पनि दिन्नँ भन्ने मलाई घमन्ड छ नानीथकुं !" डाक्टर गोदत्तप्रसादले पूरा आश्वासन दिएर भने ।
"जबसम्म म तिम्रो कृपा कटाक्ष पाइरहन्छु, तबसम्म जीवनमा  
कहिल्यै पनि तिम्रो अनुहारमा दुःख देखा पर्नसम्म पनि दिन्नँ भन्ने मलाई  
घमन्ड छ नानीथकुं !" डाक्टर गोदत्तप्रसादले पूरा आश्वासन दिएर भने ।


"यही आशाले मर्न मन भएर पनि बाँच्ने कोसिस गरिरहेकी छु, डाक्टरसाहेब !"
"यही आशाले मर्न मन भएर पनि बाँच्ने कोसिस गरिरहेकी छु,  
डाक्टरसाहेब !"


"नानीथकुं ! केही कुरा छ भने झट्ट स्पष्ट भन, तिम्रो आजको सहसा आगमनमा केही कुरा कारण भएर बसिरहेको छ जस्तो मलाई लाग्यो ।" डाक्टर गोदत्तप्रसादले बडो मायालु भावनामा भने ।
"नानीथकुं ! केही कुरा छ भने झट्ट स्पष्ट भन, तिम्रो आजको सहसा  
आगमनमा केही कुरा कारण भएर बसिरहेको छ जस्तो मलाई लाग्यो ।"  
डाक्टर गोदत्तप्रसादले बडो मायालु भावनामा भने ।


"अब मैले तपाईंलाई पाउन नसक्ने भएँ ।" रुँदै नानीथकुंले भनिन् ।
"अब मैले तपाईंलाई पाउन नसक्ने भएँ ।" रुँदै नानीथकुंले भनिन् ।
Line 24: Line 41:


"अब तपाईं मकहाँ आउन नपाउने हुनुभयो ।"
"अब तपाईं मकहाँ आउन नपाउने हुनुभयो ।"
{{nop}}

Revision as of 12:41, 13 April 2025

This page has not been proofread

त्यसै रोइरहनाले र भात नखाइरहनाले अनि सहिरहनाले र बसि रहनाले आफ्नो समस्या हल हुने नानीथकुंले देखिनन् । अनि उनी एक्कासि जुरुक्क उठिन् र डाक्टर गोदत्तप्रसादकहाँ सरासर गइन् ।

डाक्टर गोदत्तप्रसादको आफूकहाँ आउने बिरामीहरूको निःशुल्क परीक्षा गर्ने बेला थियो । नानीथकुं पुग्दा डाक्टर गोदत्तप्रसाद बिरामी हेर्ने कोठामा बसी अखबार हेरिरहेका थिए । बिरामी एक जना पनि थिएनन् । नानीथकुंलाई यसरी एकाएक पाएर डाक्टर गोदत्तप्रसाद हर्षले पुलकित भए । उनको आत्मा आनन्दले नाच्न थाल्यो । अनि स्वागतको भावमा डाक्टर गोदत्त प्रसादले भने- "अहो नानीथकुं ! आज कत्रो निगाह !"

नानीथकुंले केही पनि जबाफ दिइनन्, केवल मुस्कुराइरहिन् । अनि झटपट उनी फेरि बोले- "नानीथकुं ! तिम्रो कृपाका निम्ति हृदयदेखि धन्यवाद है, म साह्रै कृतज्ञ भएँ । भन, म तिम्रो योग्य के सेवा गरूँ ?"

रोक्न चेष्टा गर्दा पनि नानीथकुंको आँखामा आँसुको छाया पर्न आइहाल्यो ।

नानीथकुंको यो दृश्य देखेर डाक्टर गोदत्तप्रसाद एकछिन जिल्ल परे ।

उनले सोधे- "किन नानीथकुं ! तिम्रो चेहरामा दुःख हाँसेको देख्तछु ?"

"अब मेरो अनुहारमा सुखले हाँस्न पाउने आशा त देख्तिनँ डाक्टर साहेब !" अलि सुस्केरा भरेको आवाजमा नानीथकुंले भनिन् ।

"जबसम्म म तिम्रो कृपा कटाक्ष पाइरहन्छु, तबसम्म जीवनमा कहिल्यै पनि तिम्रो अनुहारमा दुःख देखा पर्नसम्म पनि दिन्नँ भन्ने मलाई घमन्ड छ नानीथकुं !" डाक्टर गोदत्तप्रसादले पूरा आश्वासन दिएर भने ।

"यही आशाले मर्न मन भएर पनि बाँच्ने कोसिस गरिरहेकी छु, डाक्टरसाहेब !"

"नानीथकुं ! केही कुरा छ भने झट्ट स्पष्ट भन, तिम्रो आजको सहसा आगमनमा केही कुरा कारण भएर बसिरहेको छ जस्तो मलाई लाग्यो ।" डाक्टर गोदत्तप्रसादले बडो मायालु भावनामा भने ।

"अब मैले तपाईंलाई पाउन नसक्ने भएँ ।" रुँदै नानीथकुंले भनिन् ।

"कुरा के पर्यो नानीथकुं ! प्रस्ट बुझ्न पाऊँ ?"

"अब तपाईं मकहाँ आउन नपाउने हुनुभयो ।"