Jump to content

Page:Ek chihan.pdf/59: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "अठार बिहान भयो । चराहरू चिरबिराउन थाले । निद्रा भाग्यो । शिवनारान बिउँझे । उनको परिवारका सबै जागा भए । दिनहुँ आज पनि सबेरै भात पाक्यो र झटपट भात खाएर आफ्नो दैनिक कामधन्दामा जान सबै..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
अठार
{{Right|{{larger|'''अठार'''}}}}
बिहान भयो । चराहरू चिरबिराउन थाले । निद्रा भाग्यो । शिवनारान बिउँझे । उनको परिवारका सबै जागा भए । दिनहुँ आज पनि सबेरै भात पाक्यो र झटपट भात खाएर आफ्नो दैनिक कामधन्दामा जान सबै तत्पर भइरहेका थिए तर ‘कपाल दुखेको छ’ भनी नानीथकुं भात खान गइनन् । ‘अलिकति भए पनि खाऊ’ भनी लतमायाले कति जिद्दी गर्दा पनि नानीथकुंले भात खाइनन् । कपाल दुखेर होइन, हिजोको कुराले भात नखाएकी हो भन्ने सबैलाई लागेको थियो । तर खुवाउन बल भने लतमायाबाहेक अरू कसैले गरेनन् ।

बिहानको पेट समस्या हल गरेर सबै आआफ्ना कामधन्दामा गए । दिनहुँ लतमाया र नानीथकुं केवल दुई जना घरकुरुवा भइरहे दिनहुँ लतमायाले तानको आसनमा पुगी काम गर्न सुरु पनि गरिन् । तर नानीथकुं आज तानकोठामा आउनसम्म पनि आइनन्
बिहान भयो । चराहरू चिरबिराउन थाले । निद्रा भाग्यो । शिवनारान
बिउँझे । उनको परिवारका सबै जागा भए । दिनहुँ आज पनि सबेरै
भात पाक्यो झटपट भात खाएर आफ्नो दैनिक कामधन्दामा जान सबै
तत्पर भइरहेका थिए तर ‘कपाल दुखेको छ’ भनी नानीथकुं भात खान
गइनन् ‘अलिकति भए पनि खाऊ’ भनी लतमायाले कति जिद्दी गर्दा पनि  
नानीथकुंले भात खाइनन् । कपाल दुखेर होइन, हिजोको कुराले भात नखाएकी
हो भन्ने सबैलाई लागेको थियो । तर खुवाउन बल भने लतमायाबाहेक अरू
कसैले गरेनन्

डाक्टर गोदत्तप्रसादको प्रेम नानीथकुंको यौवनमस्त हृदयमा ज्यादै गहिरोसँग अङ्कित भइसकेको थियो । उनको प्रेम र कुराकानीले नानीथकुं यति प्रभावित भइसकेकी थिइन् कि डाक्टर गोदत्तप्रसादबाट प्रेमप्लावित हुँदाहुँदै उनीप्रति नानीथकुंको श्रद्धा, भक्ति, विश्वास एकोहोरिइसकेको थियो । डाक्टर गोदत्तप्रसादलाई कसैले किञ्चित् मात्र केही भने पनि नानीथकुंको दिलमा घाउ गराउँथ्यो ।
बिहानको पेट समस्या हल गरेर सबै आआफ्ना कामधन्दामा गए ।
दिनहुँ लतमाया र नानीथकुं केवल दुई जना घरकुरुवा भइरहे । दिनहुँ
लतमायाले तानको आसनमा पुगी काम गर्न सुरु पनि गरिन् । तर नानीथकुं
आज तानकोठामा आउनसम्म पनि आइनन् ।
 
डाक्टर गोदत्तप्रसादको प्रेम नानीथकुंको यौवनमस्त हृदयमा ज्यादै  
गहिरोसँग अङ्कित भइसकेको थियो । उनको प्रेम र कुराकानीले नानीथकुं  
यति प्रभावित भइसकेकी थिइन् कि डाक्टर गोदत्तप्रसादबाट प्रेमप्लावित  
हुँदाहुँदै उनीप्रति नानीथकुंको श्रद्धा, भक्ति, विश्वास एकोहोरिइसकेको थियो ।  
डाक्टर गोदत्तप्रसादलाई कसैले किञ्चित् मात्र केही भने पनि नानीथकुंको  
दिलमा घाउ गराउँथ्यो ।
{{nop}}

Revision as of 12:40, 13 April 2025

This page has not been proofread

अठार

बिहान भयो । चराहरू चिरबिराउन थाले । निद्रा भाग्यो । शिवनारान बिउँझे । उनको परिवारका सबै जागा भए । दिनहुँ आज पनि सबेरै भात पाक्यो र झटपट भात खाएर आफ्नो दैनिक कामधन्दामा जान सबै तत्पर भइरहेका थिए तर ‘कपाल दुखेको छ’ भनी नानीथकुं भात खान गइनन् । ‘अलिकति भए पनि खाऊ’ भनी लतमायाले कति जिद्दी गर्दा पनि नानीथकुंले भात खाइनन् । कपाल दुखेर होइन, हिजोको कुराले भात नखाएकी हो भन्ने सबैलाई लागेको थियो । तर खुवाउन बल भने लतमायाबाहेक अरू कसैले गरेनन् ।

बिहानको पेट समस्या हल गरेर सबै आआफ्ना कामधन्दामा गए । दिनहुँ लतमाया र नानीथकुं केवल दुई जना घरकुरुवा भइरहे । दिनहुँ लतमायाले तानको आसनमा पुगी काम गर्न सुरु पनि गरिन् । तर नानीथकुं आज तानकोठामा आउनसम्म पनि आइनन् ।