Jump to content

Page:Ek chihan.pdf/57: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 38: Line 38:
"अबदेखि डाक्टर गोदत्तप्रसाद केही गरी आएका खण्डमा अथवा आइ नै रहे  
"अबदेखि डाक्टर गोदत्तप्रसाद केही गरी आएका खण्डमा अथवा आइ नै रहे  
तापनि तिमीले उनीसित बिलकुल नबोल्नू, उनलाई वास्तासम्म पनि नगर्नू ।"
तापनि तिमीले उनीसित बिलकुल नबोल्नू, उनलाई वास्तासम्म पनि नगर्नू ।"
{{nop}}

Revision as of 12:37, 13 April 2025

This page has not been proofread

रहेको देखेर उनले खिस्स हाँस्तै भनिन्- "भैगो नि, कति बोलिरहनुपरेको ! चुप लाग्नोस् ।"

"तिमी चुप लाग ! तिमीलाई बोल्न केही सरोकार छैन ।" अलि रिसाएको भावमा शिवनारानले भने ।

"अहो ! बोल्ने सरोकार पनि मलाई भएन ?" मुस्काएकै अनुहारमा हाकुमायाले भनिन् ।

"चुप लाग, एक शब्द नबोल, म जोइटिङ्ग्रे होइन कि जे पनि तिमीले भनेको मानिरहूँ र सहिरहूँ । म फेरि भन्छु, फेरि एक शब्द नबोल ।" आँखा र अनुहार दुवै रातो पारेर शिवनारानले भने ।

अहिले त हाकुमाया पनि डराइन् । शिवनारान यसरी दुर्वासा बनेको त हाकुमायाले कहिल्यै देखेकी थिइनन् । उनी झटपट चुठेर आफ्नो कोठामा गइन् । शिवनारान अझै पनि चुप लागेका थिएनन् । अनि पुननारानले भने- "भैगो नि, डाक्टरले अहिलेसम्म केही नराम्रो गरिसकेका त छैनन्, ‘अबदेखि नबोलाईकन नआउनुहोला’ भनिदिउँला, कुरै मेटियो ।"

"बचावट भनेको अगावै गरिसक्नुपर्छ, बिग्रिसकेपछि के बचाउने ?" शिवनारानले भने ।

"त्यही त म भन्छु ‘अबदेखि नआउनुहोला’ नै भनिपठाऔं !" पुन नारानले भने ।

"आइरहेका मानिसलाई ठाडै नआउनू भन्नु सभ्य व्यवहार होला ?" हर्षनारानले भने ।

"यसो भए उसबाट हमला गराउन हामीले स्वागत गरिरहने ? बदमासी गराउन उसलाई हौसला गराइरहने ?" शिवनारानले जङ्गिएर भने ।

"काम न काजसित डाक्टर दिनहुँ आइरहनाले छरछिमेकमा हाम्रो ख्याल तितो पिरो आलोचना र टीकाटिप्पणी चलिरहेछ ? तरुनी छोरीबेटी भएको घरमा यसरी बिनाकाम कोही मानिस आइरहनु राम्रो कुरा होइन ।"

शिवनारान बोलिरहेका बेला पुननारानले नानीथकुंतिर हेरेर भने- "अबदेखि डाक्टर गोदत्तप्रसाद केही गरी आएका खण्डमा अथवा आइ नै रहे तापनि तिमीले उनीसित बिलकुल नबोल्नू, उनलाई वास्तासम्म पनि नगर्नू ।"