Jump to content

Page:Ek chihan.pdf/54: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "सत्र त्यस दिन शिवनारान जहान र केटाकेटी सबैलाई खेतमा छाडी अलि सबेरै घर फर्के । डाक्टर गोदत्तप्रसादलाई भेट्टाइहाल्नुपर्छ भन्ने मनसाय गरी शिवनारान हत्तरपत्त फर्किरहेका थिए । नानी..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
सत्र
{{Right|{{larger|'''सत्र'''}}}}
त्यस दिन शिवनारान जहान र केटाकेटी सबैलाई खेतमा छाडी अलि सबेरै घर फर्के । डाक्टर गोदत्तप्रसादलाई भेट्टाइहाल्नुपर्छ भन्ने मनसाय गरी शिवनारान हत्तरपत्त फर्किरहेका थिए । नानीथकुंले भात पकाउन नगई लतमायाले नै साबिक भात पकाएको भए डाक्टर गोदत्तप्रसाद घरमा भेटिने पनि थिए ।

तर शिवनारानले डाक्टर गोदत्तप्रसादलाई आफ्नै घरमुनि भेट्टाए । डाक्टर गोदत्तप्रसादलाई हेर्न छिमेकी घरका आइमाईहरू पनि ज्यालख्यालमा झुम्मिरहेका थिए । यो दृश्य पनि शिवनारानले आउँदाआउँदै देखे । यो देखेर उनलाई झन् झौंक चल्यो
त्यस दिन शिवनारान जहान र केटाकेटी सबैलाई खेतमा छाडी अलि
सबेरै घर फर्के । डाक्टर गोदत्तप्रसादलाई भेट्टाइहाल्नुपर्छ भन्ने मनसाय
गरी शिवनारान हत्तरपत्त फर्किरहेका थिए नानीथकुंले भात पकाउन नगई
लतमायाले नै साबिक भात पकाएको भए डाक्टर गोदत्तप्रसाद घरमा
भेटिने पनि थिए ।

शिवनारानले डाक्टर गोदत्तप्रसादलाई वास्तै गरेनन् बरु डाक्टर गोदत्तप्रसाद नै अडेर शिवनारानसँग बोले- "आज त सबेरै आउनुभयो !"
तर शिवनारानले डाक्टर गोदत्तप्रसादलाई आफ्नै घरमुनि भेट्टाए ।  
डाक्टर गोदत्तप्रसादलाई हेर्न छिमेकी घरका आइमाईहरू पनि ज्याल
ख्यालमा झुम्मिरहेका थिए । यो दृश्य पनि शिवनारानले आउँदाआउँदै देखे ।
यो देखेर उनलाई झन् झौंक चल्यो ।

शिवनारानलाई यो झन् मन परेन तर रिसाउन पनि शिवनारानले ठीक देखेनन् एकछिन के गरूँ, कसो गरुँ गरेर शिवनारान बोले- "अँ ।"
शिवनारानले डाक्टर गोदत्तप्रसादलाई वास्तै गरेनन् बरु डाक्टर
गोदत्तप्रसाद नै अडेर शिवनारानसँग बोले- "आज त सबेरै आउनुभयो !"

"धेरै दिन भयो तपाईंसित कुराकानी गर्न नपाएको, आज सबेरै फर्कनुभएको मौकामा एकछिन कुराकानी गरिहालूँ" भन्दै डाक्टर गोदत्तप्रसाद शिवनारानसाथ फेरि माथि आउन खोजे
शिवनारानलाई यो झन् मन परेन तर रिसाउन पनि शिवनारानले
ठीक देखेनन् । एकछिन के गरूँ, कसो गरुँ गरेर शिवनारान बोले- "अँ "

शिवनारानलाई पर्यो फसाद । उनी भित्रभित्रै रिसले चुर भए तर केही भन्नु पनि असभ्यता हुने भयो । के गरूँ, के गरूँ, के भनँ, के भनूँ गर्दैमा झटपट शिवनारानले भने- "भैगो, फर्किसक्नुभएको मानिसले किन फेरि दुःख गर्ने !"
"धेरै दिन भयो तपाईंसित कुराकानी गर्न नपाएको, आज सबेरै फर्कनु
भएको मौकामा एकछिन कुराकानी गरिहालूँ" भन्दै डाक्टर गोदत्तप्रसाद
शिवनारानसाथ फेरि माथि आउन खोजे ।

"केही दुःख छैन मलाई, तपाईंजस्तासित कुराकानी गर्नु पनि केको दुःख ! बरु सुखको कुरा हो । यस्तै सौभाग्य जीवनले पाइरहोस् न ।" मन्द मुस्काउँदै डाक्टर गोदत्तप्रसादले भने ।
शिवनारानलाई पर्यो फसाद । उनी भित्रभित्रै रिसले चुर भए तर केही
भन्नु पनि असभ्यता हुने भयो । के गरूँ, के गरूँ, के भनँ, के भनूँ
गर्दैमा झटपट शिवनारानले भने- "भैगो, फर्किसक्नुभएको मानिसले किन
फेरि दुःख गर्ने !"

शिवनारानले केही पनि भन्न सकेनन् । डाक्टर गोदत्तप्रसाद पनि शिवनारानसँगसँगै फेरि माथि उक्लन थाले ।
"केही दुःख छैन मलाई, तपाईंजस्तासित कुराकानी
गर्नु पनि केको दुःख ! बरु सुखको कुरा हो । यस्तै सौभाग्य जीवनले
पाइरहोस् न ।" मन्द मुस्काउँदै डाक्टर गोदत्तप्रसादले भने ।
 
शिवनारानले केही पनि भन्न सकेनन् । डाक्टर गोदत्तप्रसाद पनि  
शिवनारानसँगसँगै फेरि माथि उक्लन थाले ।
{{nop}}

Revision as of 12:32, 13 April 2025

This page has not been proofread

सत्र

त्यस दिन शिवनारान जहान र केटाकेटी सबैलाई खेतमा छाडी अलि सबेरै घर फर्के । डाक्टर गोदत्तप्रसादलाई भेट्टाइहाल्नुपर्छ भन्ने मनसाय गरी शिवनारान हत्तरपत्त फर्किरहेका थिए । नानीथकुंले भात पकाउन नगई लतमायाले नै साबिक भात पकाएको भए डाक्टर गोदत्तप्रसाद घरमा भेटिने पनि थिए ।

तर शिवनारानले डाक्टर गोदत्तप्रसादलाई आफ्नै घरमुनि भेट्टाए । डाक्टर गोदत्तप्रसादलाई हेर्न छिमेकी घरका आइमाईहरू पनि ज्याल ख्यालमा झुम्मिरहेका थिए । यो दृश्य पनि शिवनारानले आउँदाआउँदै देखे । यो देखेर उनलाई झन् झौंक चल्यो ।

शिवनारानले डाक्टर गोदत्तप्रसादलाई वास्तै गरेनन् । बरु डाक्टर गोदत्तप्रसाद नै अडेर शिवनारानसँग बोले- "आज त सबेरै आउनुभयो !"

शिवनारानलाई यो झन् मन परेन तर रिसाउन पनि शिवनारानले ठीक देखेनन् । एकछिन के गरूँ, कसो गरुँ गरेर शिवनारान बोले- "अँ ।"

"धेरै दिन भयो तपाईंसित कुराकानी गर्न नपाएको, आज सबेरै फर्कनु भएको मौकामा एकछिन कुराकानी गरिहालूँ" भन्दै डाक्टर गोदत्तप्रसाद शिवनारानसाथ फेरि माथि आउन खोजे ।