Page:Ek chihan.pdf/50: Difference between revisions
→Not proofread: Created page with "सबै यस्तै धेरै बेर अनेक कुरा सोचिसकेपछि नानीथकुंले आफ्नो चारैतिर हेरिन् । तैपनि केही नपाएर उनले आफूमा यताउति कतै नहेरीकन एकोहोरिएर आकाश चुम्बन गर्न हडबडाउँदै दौडिरहेको यौवन पाइ..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
सबै यस्तै धेरै बेर अनेक कुरा सोचिसकेपछि नानीथकुंले आफ्नो चारैतिर हेरिन् । तैपनि केही नपाएर उनले आफूमा यताउति कतै नहेरीकन एकोहोरिएर आकाश चुम्बन गर्न हडबडाउँदै दौडिरहेको यौवन पाइन्; आफ्नो आङमा एकएक भागमा अटेसमटेस भई पुस्टिएर फुट्न खोजेको जवानी पाइन्; एकान्तमा हाँस्तै नाच्न बोलाइरहेको तिखो तारुण्य पाइन् र दुःख भुलेर सुखको बढ्ता अनुभव गराई जीवनमा पूर्णत्व प्रदान गराउने आत्मसात् साथी प्राप्त गर्ने उत्सुकता पाइन् । उनलाई शङ्का भयो कि उनकी आमाले सायद उनको यही यौवनसम्बन्धी कुरा गर्न लागेकी त होइनन् ? अनि उनी सुन्न जान तम्सिन् । | सबै यस्तै धेरै बेर अनेक कुरा सोचिसकेपछि नानीथकुंले आफ्नो चारैतिर | ||
हेरिन् । तैपनि केही नपाएर उनले आफूमा यताउति कतै नहेरीकन एकोहोरिएर | |||
आकाश चुम्बन गर्न हडबडाउँदै दौडिरहेको यौवन पाइन्; आफ्नो आङमा | |||
एकएक भागमा अटेसमटेस भई पुस्टिएर फुट्न खोजेको जवानी पाइन्; | |||
एकान्तमा हाँस्तै नाच्न बोलाइरहेको तिखो तारुण्य पाइन् र दुःख भुलेर | |||
सुखको बढ्ता अनुभव गराई जीवनमा पूर्णत्व प्रदान गराउने आत्मसात् साथी | |||
प्राप्त गर्ने उत्सुकता पाइन् । उनलाई शङ्का भयो कि उनकी आमाले सायद | |||
उनको यही यौवनसम्बन्धी कुरा गर्न लागेकी त होइनन् ? अनि उनी सुन्न | |||
जान तम्सिन् । | |||
अगाडिका अलिकतिबाहेक नानीथकुंले जम्मै कुरा सुनिसकेकी थिइन् । यो कुरा लतमाया र रामबहादुर दुवै जनालाई पत्तो भएन । त्यो कुरा रामबहादुरले पत्तो पाएका भए अझै उनले कुरामा फूल जड्ने थिए । हुन त नानीथकुंलाई यो कुरा मन परेको थिएन; किनभने उनको जवानीले डाक्टर गोदत्तप्रसादलाई अँगालिसकेको थियो, तैपनि उनको मनमा जवानीको उम्लाइ पोखिइरहेको हुनाले नानीथकुंलाई त्यो कुरा नमिठो लाग्न पनि सकेन । कान ठाडाठाडा पार्दै खुब चाख लिएर नानीथकुं एकएक कुरा सुनेर जवानीको आँच तापिरहेकी थिइन् । | अगाडिका अलिकतिबाहेक नानीथकुंले जम्मै कुरा सुनिसकेकी | ||
थिइन् । यो कुरा लतमाया र रामबहादुर दुवै जनालाई पत्तो भएन । त्यो कुरा | |||
रामबहादुरले पत्तो पाएका भए अझै उनले कुरामा फूल जड्ने थिए । हुन त | |||
नानीथकुंलाई यो कुरा मन परेको थिएन; किनभने उनको जवानीले डाक्टर | |||
गोदत्तप्रसादलाई अँगालिसकेको थियो, तैपनि उनको मनमा जवानीको | |||
उम्लाइ पोखिइरहेको हुनाले नानीथकुंलाई त्यो कुरा नमिठो लाग्न पनि | |||
सकेन । कान ठाडाठाडा पार्दै खुब चाख लिएर नानीथकुं एकएक कुरा सुनेर | |||
जवानीको आँच तापिरहेकी थिइन् । | |||
त्यसैले कुराकानी सिद्ध्याएर रामबहादुर गइसकेर आफ्नी आमा आफूतिर आइरहेको पनि उनलाई पत्तो भएन । लुकेर कुरा सुनिरहेका ठाउँमा आमा आइपुगेपछि मात्र झसङ भएर नानीथकुं तानकोठातिर लागिन् । | त्यसैले कुराकानी सिद्ध्याएर रामबहादुर गइसकेर आफ्नी आमा | ||
आफूतिर आइरहेको पनि उनलाई पत्तो भएन । लुकेर कुरा सुनिरहेका | |||
ठाउँमा आमा आइपुगेपछि मात्र झसङ भएर नानीथकुं तानकोठातिर लागिन् । | |||
हाँस्तै गएर लतमायाले ठट्टाको भावमा भनिन्- "कत्ति नलजाईकन आफ्नो बिहेको कुरा सुन्न आउन सकेकी नि नकच्चरी । लौ, पाथीभात खाएर मनभरि सुत्न सक् अब ।" | हाँस्तै गएर लतमायाले ठट्टाको भावमा भनिन्- "कत्ति नलजाईकन | ||
आफ्नो बिहेको कुरा सुन्न आउन सकेकी नि नकच्चरी । लौ, पाथीभात खाएर | |||
मनभरि सुत्न सक् अब ।" | |||
दबाउन कोसिस गर्दा पनि स्वभावतः आउन खोजेको हाँसो लुकाउन चेष्टा गर्दै नानीथकुंले लाजले मुन्टो निहुराइन् । | दबाउन कोसिस गर्दा पनि स्वभावतः आउन खोजेको हाँसो लुकाउन | ||
चेष्टा गर्दै नानीथकुंले लाजले मुन्टो निहुराइन् । | |||
लतमायाले ठट्टाकै भावमा फेरि भनिन्- "कुरा जम्मै सुनिहालेकी छयौ, अब तिमी तल्सिङ भएर हामी तिम्रा मोही हुन लागेका छौं ।" | लतमायाले ठट्टाकै भावमा फेरि भनिन्- "कुरा जम्मै सुनिहालेकी | ||
छयौ, अब तिमी तल्सिङ भएर हामी तिम्रा मोही हुन लागेका छौं ।" | |||
"बिनसित्ति !" नानीथकुंले नखराउँदै भनिन् । | "बिनसित्ति !" नानीथकुंले नखराउँदै भनिन् । | ||
यसपछि लतमायाले आफ्नी छोरीलाई भनिन्- "आजदेखि बेलुकीको भात तिमीले पकाउने गर, म तान चलाइरहुँला ।" | यसपछि लतमायाले आफ्नी छोरीलाई भनिन्- "आजदेखि बेलुकीको | ||
भात तिमीले पकाउने गर, म तान चलाइरहुँला ।" | |||
{{nop}} |
Revision as of 11:54, 13 April 2025
सबै यस्तै धेरै बेर अनेक कुरा सोचिसकेपछि नानीथकुंले आफ्नो चारैतिर हेरिन् । तैपनि केही नपाएर उनले आफूमा यताउति कतै नहेरीकन एकोहोरिएर आकाश चुम्बन गर्न हडबडाउँदै दौडिरहेको यौवन पाइन्; आफ्नो आङमा एकएक भागमा अटेसमटेस भई पुस्टिएर फुट्न खोजेको जवानी पाइन्; एकान्तमा हाँस्तै नाच्न बोलाइरहेको तिखो तारुण्य पाइन् र दुःख भुलेर सुखको बढ्ता अनुभव गराई जीवनमा पूर्णत्व प्रदान गराउने आत्मसात् साथी प्राप्त गर्ने उत्सुकता पाइन् । उनलाई शङ्का भयो कि उनकी आमाले सायद उनको यही यौवनसम्बन्धी कुरा गर्न लागेकी त होइनन् ? अनि उनी सुन्न जान तम्सिन् ।
अगाडिका अलिकतिबाहेक नानीथकुंले जम्मै कुरा सुनिसकेकी थिइन् । यो कुरा लतमाया र रामबहादुर दुवै जनालाई पत्तो भएन । त्यो कुरा रामबहादुरले पत्तो पाएका भए अझै उनले कुरामा फूल जड्ने थिए । हुन त नानीथकुंलाई यो कुरा मन परेको थिएन; किनभने उनको जवानीले डाक्टर गोदत्तप्रसादलाई अँगालिसकेको थियो, तैपनि उनको मनमा जवानीको उम्लाइ पोखिइरहेको हुनाले नानीथकुंलाई त्यो कुरा नमिठो लाग्न पनि सकेन । कान ठाडाठाडा पार्दै खुब चाख लिएर नानीथकुं एकएक कुरा सुनेर जवानीको आँच तापिरहेकी थिइन् ।
त्यसैले कुराकानी सिद्ध्याएर रामबहादुर गइसकेर आफ्नी आमा आफूतिर आइरहेको पनि उनलाई पत्तो भएन । लुकेर कुरा सुनिरहेका ठाउँमा आमा आइपुगेपछि मात्र झसङ भएर नानीथकुं तानकोठातिर लागिन् ।
हाँस्तै गएर लतमायाले ठट्टाको भावमा भनिन्- "कत्ति नलजाईकन आफ्नो बिहेको कुरा सुन्न आउन सकेकी नि नकच्चरी । लौ, पाथीभात खाएर मनभरि सुत्न सक् अब ।"
दबाउन कोसिस गर्दा पनि स्वभावतः आउन खोजेको हाँसो लुकाउन चेष्टा गर्दै नानीथकुंले लाजले मुन्टो निहुराइन् ।
लतमायाले ठट्टाकै भावमा फेरि भनिन्- "कुरा जम्मै सुनिहालेकी छयौ, अब तिमी तल्सिङ भएर हामी तिम्रा मोही हुन लागेका छौं ।"
"बिनसित्ति !" नानीथकुंले नखराउँदै भनिन् ।
यसपछि लतमायाले आफ्नी छोरीलाई भनिन्- "आजदेखि बेलुकीको भात तिमीले पकाउने गर, म तान चलाइरहुँला ।"