Page:Ek chihan.pdf/49: Difference between revisions
→Not proofread: Created page with "सोह्र नानीथकुंलाई सुनाउन नहुने भएर रामबहादुरले लतमायालाई पल्लो कोठामा कुरा गर्न लगेदेखि नानीथकुंको मनमा रङ्गीबिरङ्गी कुरा खेल्न थाल्यो । उनले सोचिन्- ‘घरायसी कुरा त अवश्य होइन,..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
सोह्र | {{Left|{{larger|'''सोह्र'''}}}} | ||
उनले | नानीथकुंलाई सुनाउन नहुने भएर रामबहादुरले लतमायालाई पल्लो | ||
कोठामा कुरा गर्न लगेदेखि नानीथकुंको मनमा रङ्गीबिरङ्गी कुरा खेल्न | |||
थाल्यो । उनले सोचिन्- ‘घरायसी कुरा त अवश्य होइन, घरायसी भए पनि | |||
मलाई थाहा नदिनुपर्ने केही छैन; लेनदेनको कुरा भए पनि मलाई अलग गर्नु | |||
पर्ने जरुरत थिएन, गुठीगानाको भनूँ भने रामबहादुर कोही सम्बन्धी मानिस | |||
होइनन्; बन्द-व्यापारको कुरा हो भने त्यसमा पनि म बिख हुनुपर्ने केही छैन; | |||
खेतीपातीको कुरा भए गुप्त कुरा गर्नुको केही मतलब छैन; सङ्घ-संस्था, दल | |||
विशेषको कुरा मानूँ भने आमा त्यस्ती मानिसै होइनन्, न त रामबहादुर नै | |||
त्यस किसिमका मानिस हुन् ।’ | |||
उनले अनेक सोचिन् तर आफूलाई अलग्ग | |||
राख्नुपर्ने कुनै कुरा पाइनन् । | |||
उनले फेरि सोचिन् – ‘मेरो विषयमा के कुरा होला ? म कुन विशेष विषयकी मानिस हुँ र मेरो विषयमा कुरा होला ? मैले के काम गरिराखेकी छु र ? राजनीतिमा मेरो हात छैन; सङ्घ- संस्था कुनै कुरामा पनि मेरो हात छैन; म कतै कहीं जान्नँ, कोहीसित मेरो न दोस्ताना छ, न दुस्मनी नै । फेरि मेरो बारेमा मैले थाहा नपाउने गरेर कुरा नै किन र के होला ?’ | झन् चाँडै नफर्कंदा मनमा तुलबुल बढ्यो, कुरा | ||
थाहा पाउने उत्सुकता झन् बढेर आयो अनि ‘अरू कुनै कुरा होइन, कुरा मेरै | |||
उनले फेरि सोचिन्- ‘म आफ्नो घरपरिवारबाट छुट्टै विशेष दुखिनी र सुखिनी पनि केही होइन । जे जति छ परिवारको दुःखसुख कुरामा बराबर छु, केही फरक दशा र स्थितिमा छैन ।’ | विषयको होला, नत्र मलाई अलग्ग राख्नुपर्ने कारणै के छ र ?’ उनले फेरि | ||
सोचिन् – ‘मेरो विषयमा के कुरा होला ? म कुन विशेष विषयकी मानिस हुँ | |||
र मेरो विषयमा कुरा होला ? मैले के काम गरिराखेकी छु र ? राजनीतिमा | |||
मेरो हात छैन; सङ्घ- संस्था कुनै कुरामा पनि मेरो हात छैन; म कतै कहीं | |||
जान्नँ, कोहीसित मेरो न दोस्ताना छ, न दुस्मनी नै । फेरि मेरो बारेमा मैले | |||
थाहा नपाउने गरेर कुरा नै किन र के होला ?’ उनले फेरि सोचिन्- ‘म | |||
आफ्नो घरपरिवारबाट छुट्टै विशेष दुखिनी र सुखिनी पनि केही होइन । जे | |||
जति छ परिवारको दुःखसुख कुरामा बराबर छु, केही फरक दशा र | |||
स्थितिमा छैन ।’ | |||
{{nop}} |
Revision as of 11:51, 13 April 2025
नानीथकुंलाई सुनाउन नहुने भएर रामबहादुरले लतमायालाई पल्लो कोठामा कुरा गर्न लगेदेखि नानीथकुंको मनमा रङ्गीबिरङ्गी कुरा खेल्न थाल्यो । उनले सोचिन्- ‘घरायसी कुरा त अवश्य होइन, घरायसी भए पनि मलाई थाहा नदिनुपर्ने केही छैन; लेनदेनको कुरा भए पनि मलाई अलग गर्नु पर्ने जरुरत थिएन, गुठीगानाको भनूँ भने रामबहादुर कोही सम्बन्धी मानिस होइनन्; बन्द-व्यापारको कुरा हो भने त्यसमा पनि म बिख हुनुपर्ने केही छैन; खेतीपातीको कुरा भए गुप्त कुरा गर्नुको केही मतलब छैन; सङ्घ-संस्था, दल विशेषको कुरा मानूँ भने आमा त्यस्ती मानिसै होइनन्, न त रामबहादुर नै त्यस किसिमका मानिस हुन् ।’
उनले अनेक सोचिन् तर आफूलाई अलग्ग राख्नुपर्ने कुनै कुरा पाइनन् ।
झन् चाँडै नफर्कंदा मनमा तुलबुल बढ्यो, कुरा थाहा पाउने उत्सुकता झन् बढेर आयो अनि ‘अरू कुनै कुरा होइन, कुरा मेरै विषयको होला, नत्र मलाई अलग्ग राख्नुपर्ने कारणै के छ र ?’ उनले फेरि सोचिन् – ‘मेरो विषयमा के कुरा होला ? म कुन विशेष विषयकी मानिस हुँ र मेरो विषयमा कुरा होला ? मैले के काम गरिराखेकी छु र ? राजनीतिमा मेरो हात छैन; सङ्घ- संस्था कुनै कुरामा पनि मेरो हात छैन; म कतै कहीं जान्नँ, कोहीसित मेरो न दोस्ताना छ, न दुस्मनी नै । फेरि मेरो बारेमा मैले थाहा नपाउने गरेर कुरा नै किन र के होला ?’ उनले फेरि सोचिन्- ‘म आफ्नो घरपरिवारबाट छुट्टै विशेष दुखिनी र सुखिनी पनि केही होइन । जे जति छ परिवारको दुःखसुख कुरामा बराबर छु, केही फरक दशा र स्थितिमा छैन ।’