Jump to content

Page:Ek chihan.pdf/40: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "तेह्र शिवनारान आफैँले तमाखु भरेर मस्तसित खाइरहेका थिए । उनलाई आज तमाखु यति मिठो लाग्यो कि चिलिम सिद्धिन मात्र के आँटेको थियो, अर्को चिलिम फेरि भर्न थाले; हाकुमायालाई अगि नै दिक्क ल..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
तेह्र
{{Left|{{larger|'''तेह्र'''}}}}
शिवनारान आफैँले तमाखु भरेर मस्तसित खाइरहेका थिए । उनलाई आज तमाखु यति मिठो लाग्यो कि चिलिम सिद्धिन मात्र के आँटेको थियो, अर्को चिलिम फेरि भर्न थाले; हाकुमायालाई अगि नै दिक्क लागिसकेको थियो । ठट्टाको भावमा उनी बोलिन्- "छिः कति मात्र तमाखु खाइरहन सकेको ! मिठो चिज भए पनि एउटा कुरा !"

"तिमीलाई मिठो नलागे के , मलाई मिठो लागेको छ । तिमी सुत न मजासित कुम्भकर्णै बनेर !" शिवनारानले पनि ठट्टाकै भावमा भने ।
शिवनारान आफैँले तमाखु भरेर मस्तसित खाइरहेका थिए । उनलाई
आज तमाखु यति मिठो लाग्यो कि चिलिम सिद्धिन मात्र के आँटेको थियो, अर्को
चिलिम फेरि भर्न थाले; हाकुमायालाई अगि नै दिक्क लागिसकेको थियो ।
ठट्टाको भावमा उनी बोलिन्- "छिः कति मात्र तमाखु खाइरहन सकेको !
मिठो चिज भए पनि एउटा कुरा !"

भर्न आँटेको तमाखु नभरीकन शिवनारानले भने- "लौ, लौ आजलाई सन्तोष गरेँ, अर्काले तमाखु खाई आनन्द लिएको कति सहन नसकेकी ।"
"तिमीलाई मिठो नलागे के त, मलाई मिठो लागेको छ तिमी सुत न
मजासित कुम्भकर्णै बनेर !" शिवनारानले पनि ठट्टाकै भावमा भने ।

जिस्क्याएको भावमा हाकुमायाले भनिन्- "खाइरहनुहोस् न रातभरि नै, मैले किन कपाल दुखाइरहनुपरेको छ !"
भर्न आँटेको तमाखु नभरीकन शिवनारानले भने- "लौ, लौ आजलाई
सन्तोष गरेँ, अर्काले तमाखु खाई आनन्द लिएको कति सहन नसकेकी ।"

हाकुमायाले दिएको ठट्यौलो जबाफबाट शिवनारान नाजबाफ भए । तर आफ्नो नाजबाफीलाई उनले हाकुमायाको हाजिरजबाफलाई बधाई दिएको भावमा हाँसेर छोप्न खोजे ।
जिस्क्याएको भावमा हाकुमायाले भनिन्- "खाइरहनुहोस् न रातभरि
नै, मैले किन कपाल दुखाइरहनुपरेको छ !"

सुत्नलाई पल्टँदापल्टँदै हाकुमायाले वास्तविक घटनाको भावमा भनिन्- "होइन, बहिनीको बिहे गर्न किन हतारो नमान्नुभएको ?"
हाकुमायाले दिएको ठट्यौलो जबाफबाट शिवनारान नाजबाफ भए ।
तर आफ्नो नाजबाफीलाई उनले हाकुमायाको हाजिरजबाफलाई बधाई
दिएको भावमा हाँसेर छोप्न खोजे ।

"हतारै के छ त ? पैसा पनि त हुनुपर्छ बिहे गर्नलाई !" साधारण भावमा शिवनारानले भने ।
सुत्नलाई पल्टँदापल्टँदै हाकुमायाले वास्तविक घटनाको भावमा भनिन्-
"होइन, बहिनीको बिहे गर्न किन हतारो नमान्नुभएको ?"
 
"हतारै के छ त ? पैसा पनि त हुनुपर्छ बिहे गर्नलाई !" साधारण  
भावमा शिवनारानले भने ।

"हो, उड्नलाई पखेटा नचलाइरहे त ।"
"हो, उड्नलाई पखेटा नचलाइरहे त ।"
{{nop}}

Revision as of 11:30, 13 April 2025

This page has not been proofread
तेह्र

शिवनारान आफैँले तमाखु भरेर मस्तसित खाइरहेका थिए । उनलाई आज तमाखु यति मिठो लाग्यो कि चिलिम सिद्धिन मात्र के आँटेको थियो, अर्को चिलिम फेरि भर्न थाले; हाकुमायालाई अगि नै दिक्क लागिसकेको थियो । ठट्टाको भावमा उनी बोलिन्- "छिः कति मात्र तमाखु खाइरहन सकेको ! मिठो चिज भए पनि एउटा कुरा !"

"तिमीलाई मिठो नलागे के त, मलाई मिठो लागेको छ । तिमी सुत न मजासित कुम्भकर्णै बनेर !" शिवनारानले पनि ठट्टाकै भावमा भने ।