Page:Ek chihan.pdf/39: Difference between revisions
→Not proofread: Created page with ""पोहोर सालको बाली बाँकीको तमसुक पनि च्यातेर माफी दिनु मोहीमाथिको तल्सिङको सानो निगाहा होइन । आजको जुगमा यस्तो तल्सिङ पाउन गाह्रो छ ।" कृतज्ञताको भावमा लतमायाले भनिन् । "तमसुक बेइम..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"पोहोर सालको बाली बाँकीको तमसुक पनि च्यातेर माफी दिनु मोहीमाथिको तल्सिङको सानो निगाहा होइन । आजको जुगमा यस्तो तल्सिङ पाउन गाह्रो छ ।" कृतज्ञताको भावमा लतमायाले भनिन् । | "पोहोर सालको बाली बाँकीको तमसुक पनि च्यातेर माफी दिनु | ||
मोहीमाथिको तल्सिङको सानो निगाहा होइन । आजको जुगमा यस्तो तल्सिङ | |||
पाउन गाह्रो छ ।" कृतज्ञताको भावमा लतमायाले भनिन् । | |||
"तमसुक बेइमानीको बल तोड्ने साधन मात्र हो, त्यसैले तमसुक च्यातिइसक्यो भनेर हामीले बेइमान हुनु हुँदैन । हामीले खास तिर्नु छ र तिर्ने कबुल पनि गरिसकेका छौं ।" शिवनारानले भने | "तमसुक बेइमानीको बल तोड्ने साधन मात्र हो, त्यसैले तमसुक | ||
च्यातिइसक्यो भनेर हामीले बेइमान हुनु हुँदैन । हामीले खास तिर्नु | |||
छ र तिर्ने कबुल पनि गरिसकेका छौं ।" शिवनारानले भने | |||
"त्यसो भए उनले माफी दिए तापनि हामीले तिर्न जाने त ? यो कुरा चित्त बुझेन दाइ !" पुननारानले भात खाँदै भने | "त्यसो भए उनले माफी दिए तापनि हामीले तिर्न जाने त ? यो कुरा | ||
चित्त बुझेन दाइ !" पुननारानले भात खाँदै भने | |||
"यस्तो एकाएकको उदारता अवश्य खतरनाक छ, मलाई शङ्का लाग्छ, भाइ ! त्यही बालीका निम्ति अस्तिअस्तिसम्म दैत्य भइरहेको मानिस आज एकाएक कसरी देवता हुन सक्ला ? मलाई त असम्भव लाग्छ ।" गम्भीर मुद्रामा शिवनारानले भने । | "यस्तो एकाएकको उदारता अवश्य खतरनाक छ, मलाई शङ्का | ||
लाग्छ, भाइ ! त्यही बालीका निम्ति अस्तिअस्तिसम्म दैत्य भइरहेको मानिस | |||
आज एकाएक कसरी देवता हुन सक्ला ? मलाई त असम्भव लाग्छ ।" | |||
गम्भीर मुद्रामा शिवनारानले भने । | |||
"त्यसो भए देशी तानको मद्दत पनि नलिने त ?" लतमायाले अलि चित्त नबुझ्दो भावमा बोलिन् । | "त्यसो भए देशी तानको मद्दत पनि नलिने त ?" लतमायाले अलि | ||
चित्त नबुझ्दो भावमा बोलिन् । | |||
"मद्दत अवश्य राम्रो कुरा हो र लिनु नराम्रो पनि छैन, तर मद्दतगार मानिस त्यस्तो गुनी नदेखिएको हुनाले मलाई त तितो लाग्छ ।" शिवनारानले भने । | "मद्दत अवश्य राम्रो कुरा हो र लिनु नराम्रो पनि छैन, तर मद्दतगार | ||
मानिस त्यस्तो गुनी नदेखिएको हुनाले मलाई त तितो लाग्छ ।" शिवनारानले | |||
भने । | |||
"डाक्टर गोदत्तप्रसाद पनि त अगि असल मानिस थिएनन् तर उनले हामीलाई त्यस्तरी मद्दत दिए, हामीले उनको हरेक मद्दतलाई स्वीकार गर्यौं पनि ।" हर्षनारानले भने । | "डाक्टर गोदत्तप्रसाद पनि त अगि असल मानिस थिएनन् तर उनले | ||
हामीलाई त्यस्तरी मद्दत दिए, हामीले उनको हरेक मद्दतलाई स्वीकार गर्यौं | |||
पनि ।" हर्षनारानले भने । | |||
"उनको मद्दत पनि मलाई मिठो लागेको थिएन । तर एउटाबाट थिचिसकियो भनेर अर्कोबाट थिचाउन लाउनु बुद्धिमानी पनि त होइन । डाक्टरको त्यस्तो सहानुभूतिलाई बाले पनि त सहसा मिठो मान्नुभएको थिएन ।" शिवनारानले चुठेको मुख पुछ्तै भने । | "उनको मद्दत पनि मलाई मिठो लागेको थिएन । तर एउटाबाट | ||
थिचिसकियो भनेर अर्कोबाट थिचाउन लाउनु बुद्धिमानी पनि त होइन । | |||
डाक्टरको त्यस्तो सहानुभूतिलाई बाले पनि त सहसा मिठो मान्नुभएको | |||
थिएन ।" शिवनारानले चुठेको मुख पुछ्तै भने । | |||
‘डाक्टरको मद्दत मिठो नमानेको’ भनेको सुन्दा नानीथकुंलाई तितो लाग्यो । उनले अलि मुख बिगारेकी थिइन् तर कसैलाई होस भएन । | ‘डाक्टरको मद्दत मिठो नमानेको’ भनेको सुन्दा नानीथकुंलाई तितो | ||
लाग्यो । उनले अलि मुख बिगारेकी थिइन् तर कसैलाई होस भएन । | |||
{{nop}} |
Revision as of 11:29, 13 April 2025
"पोहोर सालको बाली बाँकीको तमसुक पनि च्यातेर माफी दिनु मोहीमाथिको तल्सिङको सानो निगाहा होइन । आजको जुगमा यस्तो तल्सिङ पाउन गाह्रो छ ।" कृतज्ञताको भावमा लतमायाले भनिन् ।
"तमसुक बेइमानीको बल तोड्ने साधन मात्र हो, त्यसैले तमसुक च्यातिइसक्यो भनेर हामीले बेइमान हुनु हुँदैन । हामीले खास तिर्नु छ र तिर्ने कबुल पनि गरिसकेका छौं ।" शिवनारानले भने
"त्यसो भए उनले माफी दिए तापनि हामीले तिर्न जाने त ? यो कुरा चित्त बुझेन दाइ !" पुननारानले भात खाँदै भने
"यस्तो एकाएकको उदारता अवश्य खतरनाक छ, मलाई शङ्का लाग्छ, भाइ ! त्यही बालीका निम्ति अस्तिअस्तिसम्म दैत्य भइरहेको मानिस आज एकाएक कसरी देवता हुन सक्ला ? मलाई त असम्भव लाग्छ ।" गम्भीर मुद्रामा शिवनारानले भने ।
"त्यसो भए देशी तानको मद्दत पनि नलिने त ?" लतमायाले अलि चित्त नबुझ्दो भावमा बोलिन् ।
"मद्दत अवश्य राम्रो कुरा हो र लिनु नराम्रो पनि छैन, तर मद्दतगार मानिस त्यस्तो गुनी नदेखिएको हुनाले मलाई त तितो लाग्छ ।" शिवनारानले भने ।
"डाक्टर गोदत्तप्रसाद पनि त अगि असल मानिस थिएनन् तर उनले हामीलाई त्यस्तरी मद्दत दिए, हामीले उनको हरेक मद्दतलाई स्वीकार गर्यौं पनि ।" हर्षनारानले भने ।
"उनको मद्दत पनि मलाई मिठो लागेको थिएन । तर एउटाबाट थिचिसकियो भनेर अर्कोबाट थिचाउन लाउनु बुद्धिमानी पनि त होइन । डाक्टरको त्यस्तो सहानुभूतिलाई बाले पनि त सहसा मिठो मान्नुभएको थिएन ।" शिवनारानले चुठेको मुख पुछ्तै भने ।
‘डाक्टरको मद्दत मिठो नमानेको’ भनेको सुन्दा नानीथकुंलाई तितो लाग्यो । उनले अलि मुख बिगारेकी थिइन् तर कसैलाई होस भएन ।