Jump to content

Page:Ek chihan.pdf/16: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "छ बढ्ता बोलेको थकाइले हो कि औषधीको गुनले हो, डाक्टर गइसकेपछि करिब एक घण्टापछि अष्टनारानलाई राम्रो निद लागेछ । डाक्टर गोदत्तप्रसादको औषधी पर्नासाथै यसरी सहसा निद लागेको देखेर अष्..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{Right|{{larger|''''''}}}}
बढ्ता बोलेको थकाइले हो कि औषधीको गुनले हो, डाक्टर गइसकेपछि करिब एक घण्टापछि अष्टनारानलाई राम्रो निद लागेछ । डाक्टर गोदत्तप्रसादको औषधी पर्नासाथै यसरी सहसा निद लागेको देखेर अष्टनारानको परिवारमा आशा पलायो । आज यसरी सजिलैसित निद परिदिएकाले उनीहरूका मनमा आशाको ज्योति उदित भएर आयो ।


अष्टनारानले बेलुकीको खाना पनि डाक्टर छँदै अगाडि नै खाइसकेका थिए खाना बिलकुलै नखाने हुनाले डाक्टर आफैँ अगाडि बसी अलिकति बार्ली पकाउन लाएर खुवाएका थिए
बढ्ता बोलेको थकाइले हो कि औषधीको गुनले हो, डाक्टर गइ
सकेपछि करिब एक घण्टापछि अष्टनारानलाई राम्रो निद लागेछ । डाक्टर  
गोदत्तप्रसादको औषधी पर्नासाथै यसरी सहसा निद लागेको देखेर अष्ट
नारानको परिवारमा आशा पलायो । आज यसरी सजिलैसित निद परिदिएकाले
उनीहरूका मनमा आशाको ज्योति उदित भएर आयो


भोलिपल्ट बिहानको छ बजेतिर मात्र अष्टनारान बिउँझेछन्, बिउँझँदा उनले आफ्ना वरिपरि सबै छोराछोरी र जहान लतमाया पनि छरिएर बसिरहेका देखे । त्यस बिहान रातिदेखि नै सिमसिमे पानी पनि परिरहेको थियो पानी परिरहेका कारण अष्टनारानलाई ठन्डा भएर आनन्द लागिरहेको थियो
अष्टनारानले बेलुकीको खाना पनि डाक्टर छँदै अगाडि नै खाइ
सकेका थिए खाना बिलकुलै नखाने हुनाले डाक्टर आफैँ अगाडि बसी
अलिकति बार्ली पकाउन लाएर खुवाएका थिए


सर्वप्रथम उनले जेठा छोरा शिवनारानलाई सम्बोधन गरेर भने- "शिवनारान ! यतिका दिन भैसक्यो, खेतमा नगएर किन मलाई कुरिरहेको ? किसानको छोराले मरेको बाबुलाई समेत फ्याँकेर असारको पूजा गर्नुपर्छ बाबू ! असार बिग्यो भने किसानको एक वर्षको सौभाग्य बिग्रन्छ "
भोलिपल्ट बिहानको छ बजेतिर मात्र अष्टनारान बिउँझेछन्,
बिउँझँदा उनले आफ्ना वरिपरि सबै छोराछोरी र जहान लतमाया पनि
छरिएर बसिरहेका देखे । त्यस बिहान रातिदेखि नै सिमसिमे पानी पनि परि
रहेको थियो पानी परिरहेका कारण अष्टनारानलाई ठन्डा भएर आनन्द
लागिरहेको थियो


मरणासन्न बावुको प्राणदायी कुरा सुनेर शिवनारान जिल्ल परेर बसिरहे । अनि फेरि अष्टनारान बोले- "किन चुप लागिरहेको शिव ? मैले गरेको कुरा तिमीलाई ठीक लागेन ? किसानका निम्ति यो महामन्त्र हो बाबू ! यसलाई तिमी दीक्षा पनि सम्झ ।"
सर्वप्रथम उनले जेठा छोरा शिवनारानलाई सम्बोधन गरेर
भने- "शिवनारान ! यतिका दिन भैसक्यो, खेतमा नगएर किन मलाई कुरि
रहेको ? किसानको छोराले मरेको बाबुलाई समेत फ्याँकेर असारको पूजा गर्नु
पर्छ । बाबू ! असार बिग्यो भने किसानको एक वर्षको सौभाग्य बिग्रन्छ ।"


"धेरै नबोल्नुहोस् भनेको बा ! डाक्टरले पनि बोल्न हुन्न भनेका छन् ।" शिवनारानले भने ।
मरणासन्न बावुको प्राणदायी कुरा सुनेर शिवनारान जिल्ल परेर
बसिरहे । अनि फेरि अष्टनारान बोले- "किन चुप लागिरहेको शिव ? मैले
गरेको कुरा तिमीलाई ठीक लागेन ? किसानका निम्ति यो महामन्त्र हो बाबू !
यसलाई तिमी दीक्षा पनि सम्झ ।"
 
"धेरै नबोल्नुहोस् भनेको बा ! डाक्टरले पनि बोल्न हुन्न भनेका  
छन् ।" शिवनारानले भने ।
{{nop}}

Revision as of 15:26, 10 April 2025

This page has not been proofread

बढ्ता बोलेको थकाइले हो कि औषधीको गुनले हो, डाक्टर गइ सकेपछि करिब एक घण्टापछि अष्टनारानलाई राम्रो निद लागेछ । डाक्टर गोदत्तप्रसादको औषधी पर्नासाथै यसरी सहसा निद लागेको देखेर अष्ट नारानको परिवारमा आशा पलायो । आज यसरी सजिलैसित निद परिदिएकाले उनीहरूका मनमा आशाको ज्योति उदित भएर आयो ।

अष्टनारानले बेलुकीको खाना पनि डाक्टर छँदै अगाडि नै खाइ सकेका थिए । खाना बिलकुलै नखाने हुनाले डाक्टर आफैँ अगाडि बसी अलिकति बार्ली पकाउन लाएर खुवाएका थिए ।

भोलिपल्ट बिहानको छ बजेतिर मात्र अष्टनारान बिउँझेछन्, बिउँझँदा उनले आफ्ना वरिपरि सबै छोराछोरी र जहान लतमाया पनि छरिएर बसिरहेका देखे । त्यस बिहान रातिदेखि नै सिमसिमे पानी पनि परि रहेको थियो । पानी परिरहेका कारण अष्टनारानलाई ठन्डा भएर आनन्द लागिरहेको थियो ।

सर्वप्रथम उनले जेठा छोरा शिवनारानलाई सम्बोधन गरेर भने- "शिवनारान ! यतिका दिन भैसक्यो, खेतमा नगएर किन मलाई कुरि रहेको ? किसानको छोराले मरेको बाबुलाई समेत फ्याँकेर असारको पूजा गर्नु पर्छ । बाबू ! असार बिग्यो भने किसानको एक वर्षको सौभाग्य बिग्रन्छ ।"

मरणासन्न बावुको प्राणदायी कुरा सुनेर शिवनारान जिल्ल परेर बसिरहे । अनि फेरि अष्टनारान बोले- "किन चुप लागिरहेको शिव ? मैले गरेको कुरा तिमीलाई ठीक लागेन ? किसानका निम्ति यो महामन्त्र हो बाबू ! यसलाई तिमी दीक्षा पनि सम्झ ।"

"धेरै नबोल्नुहोस् भनेको बा ! डाक्टरले पनि बोल्न हुन्न भनेका छन् ।" शिवनारानले भने ।