Page:Ek chihan.pdf/20: Difference between revisions
→Not proofread: Created page with "हृदयमा स्वास्स लाग्यो । एक चोटि क्वारक्वारती सबैलाई हेरे । अनि सहसा बोले- "किन तिमीहरू सबै एकै चोटि एकसाथ फर्केर आएका ? कि काममा जाँदै गएनौ ?" अष्टनारानको यस प्रश्नको जबाफ दिन तिनीहर..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
हृदयमा स्वास्स लाग्यो । एक चोटि क्वारक्वारती सबैलाई हेरे । अनि सहसा बोले- "किन तिमीहरू सबै एकै चोटि एकसाथ फर्केर आएका ? कि काममा जाँदै गएनौ ?" | हृदयमा स्वास्स लाग्यो । एक चोटि क्वारक्वारती सबैलाई हेरे । अनि सहसा | ||
बोले- "किन तिमीहरू सबै एकै चोटि एकसाथ फर्केर आएका ? कि काममा | |||
जाँदै गएनौ ?" | |||
अष्टनारानको यस प्रश्नको जबाफ दिन तिनीहरू सबैलाई बिघ्नै गाह्रो र अप्ठ्यारो पर्यो । सबै बाबुको मुख हेरेर चुप लागिरहे । | अष्टनारानको यस प्रश्नको जबाफ दिन तिनीहरू सबैलाई बिघ्नै | ||
गाह्रो र अप्ठ्यारो पर्यो । सबै बाबुको मुख हेरेर चुप लागिरहे । | |||
अनि फेरि अष्टनारान बोले- "लौ, तिमीहरू सबै भावुकताको वशमा परेर, असत्य बाबुको मायामोहमा फसेर सत्य कामकर्तव्य (ड्युटी) | अनि फेरि अष्टनारान बोले- "लौ, तिमीहरू सबै भावुकताको वशमा | ||
परेर, असत्य बाबुको मायामोहमा फसेर सत्य कामकर्तव्य (ड्युटी) लत्त्याइ | |||
रहेछौ ।" | |||
अष्टनारान बोलिरहेको देखेर लतमायाले बीचमा कुरा काटेर भनिन्- "अलि बेस भएर आएको बेला ‘धेरै बोल्न नदिनू’ भनेका छन् डाक्टरले ।" | अष्टनारान बोलिरहेको देखेर लतमायाले बीचमा कुरा काटेर | ||
भनिन्- "अलि बेस भएर आएको बेला ‘धेरै बोल्न नदिनू’ भनेका छन् डाक्टरले ।" | |||
"डाक्टरलाई थाहा रहेनछ लतमाया ! मलाई कत्ति पनि बेस भएको छैन, बरु झन्झन् बिग्रँदै गएको देख्तछु ।" अष्टनारानले भने । | "डाक्टरलाई थाहा रहेनछ लतमाया ! मलाई कत्ति पनि बेस भएको | ||
छैन, बरु झन्झन् बिग्रँदै गएको देख्तछु ।" अष्टनारानले भने । | |||
अष्टनारानको यो कुराले लतमायालाई साह्रै चोट पर्यो । लतमायाको वेदना थाहा पाएर अष्टनारानले भने- "लतमाया ! जन्मेपछि मर्नुपर्छ, अवश्य हो । म मरेपछि तिमी विधवा भएर अपूर्ण हुन्छयौ, यदि तिमी अगाडि मरे पनि त म विधुर हुन्छु, दुवै एकै चोटि सँगै मर्ने संयोग पाउनु त | अष्टनारानको यो कुराले लतमायालाई साह्रै चोट पर्यो । लतमायाको | ||
वेदना थाहा पाएर अष्टनारानले भने- "लतमाया ! जन्मेपछि मर्नुपर्छ, | |||
अवश्य हो । म मरेपछि तिमी विधवा भएर अपूर्ण हुन्छयौ, यदि तिमी अगाडि | |||
मरे पनि त म विधुर हुन्छु, दुवै एकै चोटि सँगै मर्ने संयोग पाउनु त असम्भव | |||
जस्तै कुरा हो । त्यसैले यस्तो कुरामा अफसोस गरेर साध्य छैन लतमाया !" | |||
बोलेकै सिलसिलामा अष्टनारानले छोराहरूतिर हेरेर भने- "मलाई जहाँसम्म विश्वास छ होस भएरै मरुँला जस्तो लाग्छ ! होस भएसम्म त म दानसान केही पनि गर्न कदापि दिन्नँ । तिमीहरूले ऋण लिएर दानदक्षिणा र काजक्रिया गर्न थाल्यौ भने तल्सिङ र साहु तिर्दैको फजिती भई तिमीहरूका पुस्तौंपुस्ताका सन्तान-दरसन्तानले बाह्रै महिना आधा पेटको गुजारा पनि गर्न नसक्ने होलान् । यो कुराको तिमीहरूले सधैं राम्रो ध्यान राख्नू ।" | बोलेकै सिलसिलामा अष्टनारानले छोराहरूतिर हेरेर भने- "मलाई | ||
जहाँसम्म विश्वास छ होस भएरै मरुँला जस्तो लाग्छ ! होस भएसम्म त म | |||
दानसान केही पनि गर्न कदापि दिन्नँ । तिमीहरूले ऋण लिएर दानदक्षिणा र | |||
काजक्रिया गर्न थाल्यौ भने तल्सिङ र साहु तिर्दैको फजिती भई तिमीहरूका | |||
पुस्तौंपुस्ताका सन्तान-दरसन्तानले बाह्रै महिना आधा पेटको गुजारा पनि | |||
गर्न नसक्ने होलान् । यो कुराको तिमीहरूले सधैं राम्रो ध्यान राख्नू ।" | |||
तत्क्षणात् अष्टनारानको वाणी टक्कै रोकियो । अष्टनारानको यो स्थिति देखेर स्वास्नी, छोराछोरी सबै हडबडाउन थाले । उनीहरूको यो प्रकृति देखेर बोल्न असमर्थ भएका अष्टनारानले हातले सङ्केत गरेर | तत्क्षणात् अष्टनारानको वाणी टक्कै रोकियो । अष्टनारानको यो | ||
स्थिति देखेर स्वास्नी, छोराछोरी सबै हडबडाउन थाले । उनीहरूको यो | |||
प्रकृति देखेर बोल्न असमर्थ भएका अष्टनारानले हातले सङ्केत गरेर धैर्य | |||
धारण गराए । तत्क्षणात् प्रकृति बदली अष्टनारानले छिटोछिटो चारैतिर | |||
आँखा घुमाएर हेर्न थाले । यस्तैमा एक-दुई हिक्का पनि आउन सुरु भयो अनि | |||
दुई मिनेट पनि नबित्तै अष्टनारानले सधैंका निम्ति आँखा चिम्ले । | |||
{{nop}} |
Revision as of 15:26, 10 April 2025
हृदयमा स्वास्स लाग्यो । एक चोटि क्वारक्वारती सबैलाई हेरे । अनि सहसा बोले- "किन तिमीहरू सबै एकै चोटि एकसाथ फर्केर आएका ? कि काममा जाँदै गएनौ ?"
अष्टनारानको यस प्रश्नको जबाफ दिन तिनीहरू सबैलाई बिघ्नै गाह्रो र अप्ठ्यारो पर्यो । सबै बाबुको मुख हेरेर चुप लागिरहे ।
अनि फेरि अष्टनारान बोले- "लौ, तिमीहरू सबै भावुकताको वशमा परेर, असत्य बाबुको मायामोहमा फसेर सत्य कामकर्तव्य (ड्युटी) लत्त्याइ रहेछौ ।"
अष्टनारान बोलिरहेको देखेर लतमायाले बीचमा कुरा काटेर भनिन्- "अलि बेस भएर आएको बेला ‘धेरै बोल्न नदिनू’ भनेका छन् डाक्टरले ।"
"डाक्टरलाई थाहा रहेनछ लतमाया ! मलाई कत्ति पनि बेस भएको छैन, बरु झन्झन् बिग्रँदै गएको देख्तछु ।" अष्टनारानले भने ।
अष्टनारानको यो कुराले लतमायालाई साह्रै चोट पर्यो । लतमायाको वेदना थाहा पाएर अष्टनारानले भने- "लतमाया ! जन्मेपछि मर्नुपर्छ, अवश्य हो । म मरेपछि तिमी विधवा भएर अपूर्ण हुन्छयौ, यदि तिमी अगाडि मरे पनि त म विधुर हुन्छु, दुवै एकै चोटि सँगै मर्ने संयोग पाउनु त असम्भव जस्तै कुरा हो । त्यसैले यस्तो कुरामा अफसोस गरेर साध्य छैन लतमाया !"
बोलेकै सिलसिलामा अष्टनारानले छोराहरूतिर हेरेर भने- "मलाई जहाँसम्म विश्वास छ होस भएरै मरुँला जस्तो लाग्छ ! होस भएसम्म त म दानसान केही पनि गर्न कदापि दिन्नँ । तिमीहरूले ऋण लिएर दानदक्षिणा र काजक्रिया गर्न थाल्यौ भने तल्सिङ र साहु तिर्दैको फजिती भई तिमीहरूका पुस्तौंपुस्ताका सन्तान-दरसन्तानले बाह्रै महिना आधा पेटको गुजारा पनि गर्न नसक्ने होलान् । यो कुराको तिमीहरूले सधैं राम्रो ध्यान राख्नू ।"
तत्क्षणात् अष्टनारानको वाणी टक्कै रोकियो । अष्टनारानको यो स्थिति देखेर स्वास्नी, छोराछोरी सबै हडबडाउन थाले । उनीहरूको यो प्रकृति देखेर बोल्न असमर्थ भएका अष्टनारानले हातले सङ्केत गरेर धैर्य धारण गराए । तत्क्षणात् प्रकृति बदली अष्टनारानले छिटोछिटो चारैतिर आँखा घुमाएर हेर्न थाले । यस्तैमा एक-दुई हिक्का पनि आउन सुरु भयो अनि दुई मिनेट पनि नबित्तै अष्टनारानले सधैंका निम्ति आँखा चिम्ले ।