Jump to content

Page:Ek chihan.pdf/14: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "पाँच डाक्टर गइसकेपछि आफ्नो परिवारका सबै सदस्य जम्मा भएको बेला बिरामी अष्टनारान नसकीनसकी बोले- "होइन, तिमीहरूले मलाई यो धूमधामसँग किन औषधी गर्न लागेको ? म कुनै बालक अथवा युवक पनि त ह..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
पाँच
{{Right|{{larger|'''पाँच'''}}}}
डाक्टर गइसकेपछि आफ्नो परिवारका सबै सदस्य जम्मा भएको बेला बिरामी अष्टनारान नसकीनसकी बोले- "होइन, तिमीहरूले मलाई यो धूमधामसँग किन औषधी गर्न लागेको ? म कुनै बालक अथवा युवक पनि त होइन, पूरा आयु पुगिसकेको गरिब घरको बुढो बिरामी हुँदा डाक्टरलाई देखाएर ऋण लिईलिई यसरी खर्च गर्नु बुद्धिमानी होइन । आमाबाबुउपर छोराछोरीले श्रद्धाभक्ति गर्नैपर्छ, यो तिमीहरूले दिलैदेखि गरेको देखिहालेँ, यत्तिकैमा मलाई सन्तोष छ । जिन्दगी यस्तै हो, आखिरमा एक दिन सबैले जानैपर्छ । बा, बाजे, बडाबाजेहरू जस्तै म पनि मरुँला, के भयो, यो हाम्रा निम्ति परम्परै हो । त्यसैले बाबूहो ! मेरो कुरा सुन, डाक्टरलाई देखाएर नचाहिँदो ऋण नबोक ।

कसैले केही जबाफ नदिएको देखेर अष्टनारान फेरि बोले- "के मैले बोलेको कुरा तिमीहरूलाई चित्त बुझेन ?"
डाक्टर गइसकेपछि आफ्नो परिवारका सबै सदस्य जम्मा भएको
बेला बिरामी अष्टनारान नसकीनसकी बोले- "होइन, तिमीहरूले
मलाई यो धूमधामसँग किन औषधी गर्न लागेको ? म कुनै बालक अथवा
युवक पनि त होइन, पूरा आयु पुगिसकेको गरिब घरको बुढो बिरामी
हुँदा डाक्टरलाई देखाएर ऋण लिईलिई यसरी खर्च गर्नु बुद्धिमानी होइन ।
आमाबाबुउपर छोराछोरीले श्रद्धाभक्ति गर्नैपर्छ, यो तिमीहरूले दिलैदेखि
गरेको देखिहालेँ, यत्तिकैमा मलाई सन्तोष छ । जिन्दगी यस्तै हो, आखिरमा
एक दिन सबैले जानैपर्छ । बा, बाजे, बडाबाजेहरू जस्तै म पनि मरुँला, के  
भयो, यो हाम्रा निम्ति परम्परै हो । त्यसैले बाबूहो ! मेरो कुरा सुन, डाक्टरलाई
देखाएर नचाहिँदो ऋण नबोक ।

शिवनारानले भने- "डाक्टरले चाँडै निको हुन्छ भनेका छन् बा ! केही पनि भएको छैन रे, खालि पेटको सिकायत रे, मामुली ओखतीले नै ठीक हुन्छ भनेका छन् । पैसा पनि धेरै खर्च हुँदैन ।"
कसैले केही जबाफ नदिएको देखेर अष्टनारान फेरि बोले- "के मैले
बोलेको कुरा तिमीहरूलाई चित्त बुझेन ?"

अष्टनारानले सम्झाएको भावमा भने- "हाम्रा निम्ति थोरै नै धेरै छ बाबू ! भोकले मर्न लागेको गरिबका लागि दुई पैसा थोरै छैन । डाक्टरी औषधी गर्नु भनेको हामी गरिबका निम्ति ठट्टाको कुरा त होइन ।"
शिवनारानले भने- "डाक्टरले चाँडै निको हुन्छ भनेका छन्
बा ! केही पनि भएको छैन रे, खालि पेटको सिकायत रे, मामुली ओखतीले
नै ठीक हुन्छ भनेका छन् । पैसा पनि धेरै खर्च हुँदैन ।"
 
अष्टनारानले सम्झाएको भावमा भने- "हाम्रा निम्ति थोरै नै धेरै छ  
बाबू ! भोकले मर्न लागेको गरिबका लागि दुई पैसा थोरै छैन । डाक्टरी  
औषधी गर्नु भनेको हामी गरिबका निम्ति ठट्टाको कुरा त होइन ।"
{{nop}}

Revision as of 15:14, 10 April 2025

This page has not been proofread