Page:Buddhi binod.pdf/16: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 22: | Line 22: | ||
थपक्क बाबासित शान्त भै बस । | थपक्क बाबासित शान्त भै बस । | ||
{{pcn| | {{pcn|॥ समाप्त ॥}} | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Revision as of 15:44, 9 April 2025
This page has not been proofread
मरेर जानेछु म एकलै भनी
यथार्थ जाहेर छँदाछँदै पनि ।
अनेक टन्टा बटुलीलिनू किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?
शरीर कच्चा छ उमेर अस्थिर
नपर्खने काल सधैं छ घर्-घर ।
हिरिक्क व्यर्थै सुखमा हुनू किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?
तरङ्गमा रङ्-मङिदा यसै म ता
अहो ! पुगेंछू अहिल्यै कता कता ।
कसो गरे मिल्दछ शान्ति-साधन
बता बुझेसम्म अलीकता मन !
मन:-
म निस्कनाले जननी ! तिमीकन
परेछ यो घोर अनर्थ चिन्तन ।
म भित्र आएँ अब के छ लस्फस
थपक्क बाबासित शान्त भै बस ।
॥ समाप्त ॥