Jump to content

Page:Ritubichar.pdf/8: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "पर्दा वसन्तको दिव्य प्रभाव पृथिवी सब। विवेक ज्योतिले शुद्ध विद्यातुल्य बनिन् अब।। १६ हजारौंमुख भै निस्के लतावृक्षाऽऽदि हालमा। लयाऽवस्था बितायेका जीव झैं सृष्टिकालमा।। १७ आँकु..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<poem>
पर्दा वसन्तको दिव्य प्रभाव पृथिवी सब।
पर्दा वसन्तको दिव्य प्रभाव पृथिवी सब।
विवेक ज्योतिले शुद्ध विद्यातुल्य बनिन् अब।।
विवेक ज्योतिले शुद्ध विद्यातुल्य बनिन् अब।।
Line 26: Line 28:
देखिन्छन् प्रमदातुल्य लज्जाले विनताऽऽनन।।
देखिन्छन् प्रमदातुल्य लज्जाले विनताऽऽनन।।
२४
२४
</poem>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 23:28, 8 April 2025

This page has not been proofread

पर्दा वसन्तको दिव्य प्रभाव पृथिवी सब।
विवेक ज्योतिले शुद्ध विद्यातुल्य बनिन् अब।।
१६
हजारौंमुख भै निस्के लतावृक्षाऽऽदि हालमा।
लयाऽवस्था बितायेका जीव झैं सृष्टिकालमा।।
१७
आँकुरा, पिपिरा, साना, काइना, चिउला, टुसा।
निस्के झपक्क सर्वत्र साह्रै कलकलाउँदा।।
१८
समाते सूर्यले फेरि उत्तराऽऽकाशको गति।
प्रतापीको सदाकाल किन हुन्थ्यो अधोगति?।।
१९
दिनमा दीर्घता आयो रातले लघुता लियो।
ऋतुराजत्वको सच्चा योग्यता स्पष्ट देखियो।।
२०
दीपका बीचमा मैला धूवाँ झैं गुप्त भैकन।
अलिअलि चढेको छ दिनमा धमिलोपन।।
२१
जुन जीवनको भाग रातको दिनमा सर्यो।
उसैले दिनको कान्ति पक्का केही फिका गर्यो।।
२२
ऋतुनायकले घाम मन्दै गर्ने लिई सुर।
तुवाँलोको मिही पर्दा लगायो कि सबैतिर।।
२३
अलिअलि तुवाँलोले छोपियेका दिगङ्गना।
देखिन्छन् प्रमदातुल्य लज्जाले विनताऽऽनन।।
२४