Page:Bhikari.pdf/27: Difference between revisions
Appearance
→Not proofread: Created page with "<big>'''प्रश्नोत्तर'''</big><ref>यो कविता कही 'मार्ग' शीर्षकमा पनि छापिएको छ ।</ref> <poem> १ ‘के हो अहो! अमृत त्यो सुरदेव पान?’ ‘सच्चा कमाइ गरिखानु भनेर जान।’ ‘खोज्छन् सबै सुख त्यो सुख त्यो कहाँ छ? ‘आफू म..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center|{{larger|'''प्रश्नोत्तर'''}}}}<ref>यो कविता कही 'मार्ग' शीर्षकमा पनि छापिएको छ ।</ref> | |||
<poem> | <poem> |
Revision as of 21:32, 26 January 2025
This page has not been proofread
प्रश्नोत्तर
१
‘के हो अहो! अमृत त्यो सुरदेव पान?’
‘सच्चा कमाइ गरिखानु भनेर जान।’
‘खोज्छन् सबै सुख त्यो सुख त्यो कहाँ छ?
‘आफू मिटाइ अरुलाई दिनु जहाँ छ।’
२
‘पाइन्न शान्ति किन हो? कुन ठाउँ मिल्छ ?’
‘तर्किन्छ त्यो रूखमनी, जुन साथ मिल्छ ।’
‘देखिन्छ ईश कुन मन्दिरमा पसेर?’
‘त्यो हाँस्छ शुद्ध मन आसनमा बसेर।’
३
‘यस्तो रहस्यमय जीवन बुझ्नलाई,
जानू कहाँ? पढनु के? गुरु को बनाई?’
‘फुल्दो (खुल्दो) गुलाबबिच ज्ञान अनेक फुल्छन्
उद्यानमा बस गई सब तत्व खुल्छन्।’
४
‘कर्तव्य के छ जनको, यति छन् विरोध?’
‘नक्षत्र हेर नभमा, दिलसाथ सोध!’
‘के हो ठुलो जगतमा?’ ‘पसिना विवेक’
‘उद्देश्य के लिनु?’ ‘उडि छुनु चन्द्र एक।’
- ↑ यो कविता कही 'मार्ग' शीर्षकमा पनि छापिएको छ ।