Page:Prithviraj chauhan.pdf/43: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|(२५)}} | |||
एक जना थिए तिनका बीचमा | |||
औतार उज्याला । | |||
विष्णुका मूर्ति वीरका फूर्ति | |||
रूपका सुन्दर गुणका मन्दिर | |||
उपमा अकेला । | |||
तिनको नाम | |||
तिनको काम | |||
भारतका प्यारा उज्याला आत्मा .. | |||
ताराझैँ हाम्रा अँधेरी रातमा | |||
रुलाउँछन् यस वेला । | |||
झिना यी तारमा छातीका भरमा | |||
आँशुका बोलमा | |||
भारतका मोलमा | |||
गाउँछ भन्छ हृदय आज | |||
मूर्ख छु भन्ने छोडेर लाज | |||
सम्केर प्यारा पृथिवीराज | |||
रातको यो वेला । | |||
सुन्नुहोस् सज्जन | |||
हृदय मञ्जन | |||
गरेर मेरो गीतको खोला | |||
भिजाई परेला । | |||
सुन्दरको ध्वनि आएर गम्कोस् | |||
अमृतको किरण लहरमा छम्कोस् | |||
झ्याउरे भनी हृदयलाई | |||
नगर्नोस् है हेला। | |||
</poem> | |||
{{end center block}} |
Latest revision as of 16:57, 2 April 2025
This page has not been proofread
(२५)
एक जना थिए तिनका बीचमा
औतार उज्याला ।
विष्णुका मूर्ति वीरका फूर्ति
रूपका सुन्दर गुणका मन्दिर
उपमा अकेला ।
तिनको नाम
तिनको काम
भारतका प्यारा उज्याला आत्मा ..
ताराझैँ हाम्रा अँधेरी रातमा
रुलाउँछन् यस वेला ।
झिना यी तारमा छातीका भरमा
आँशुका बोलमा
भारतका मोलमा
गाउँछ भन्छ हृदय आज
मूर्ख छु भन्ने छोडेर लाज
सम्केर प्यारा पृथिवीराज
रातको यो वेला ।
सुन्नुहोस् सज्जन
हृदय मञ्जन
गरेर मेरो गीतको खोला
भिजाई परेला ।
सुन्दरको ध्वनि आएर गम्कोस्
अमृतको किरण लहरमा छम्कोस्
झ्याउरे भनी हृदयलाई
नगर्नोस् है हेला।