Jump to content

Page:Bhikari.pdf/45: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<poem> ४ यो ठाउँमा सब मनोहर कान्तिबाट ::::बढ्थिन्‌ तिनी दिनदिनै घुमि शैल-फाँट । तिन्को स्वभाव जुनले, जलले, प्रभाले ::::बढ्थ्यो निलो गगनले, खुशले खुलाले ॥ ५ राम्री थिइन्‌ अधिक सुन्दर भै नचर्क..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
यो ठाउँमा सब मनोहर कान्तिबाट
यो ठाउँमा सब मनोहर कान्तिबाट
::::बढ्थिन्‌ तिनी दिनदिनै घुमि शैल-फाँट ।
:::बढ्थिन्‌ तिनी दिनदिनै घुमि शैल-फाँट ।
तिन्को स्वभाव जुनले, जलले, प्रभाले
तिन्को स्वभाव जुनले, जलले, प्रभाले
::::बढ्थ्यो निलो गगनले, खुशले खुलाले ॥
:::बढ्थ्यो निलो गगनले, खुशले खुलाले ॥



Revision as of 20:25, 26 January 2025

This page has not been proofread


यो ठाउँमा सब मनोहर कान्तिबाट
बढ्थिन्‌ तिनी दिनदिनै घुमि शैल-फाँट ।
तिन्को स्वभाव जुनले, जलले, प्रभाले
बढ्थ्यो निलो गगनले, खुशले खुलाले ॥


राम्री थिइन्‌ अधिक सुन्दर भै नचर्की
राम्री भइन्‌ मधुर, मोति हुने सहर्की ।
यौटा किसान घरको सुकुमारि फूल
यौटै भएर रसिली हँसिली अमोल ॥


तिन्का ठुला नजर ती, जलमा प्रकाश
त्यो पद्म झैँ मुख र कोमल चन्द्रहास ।
त्यो शुद्ध पैरन तथा हलुका उज्यालो
जाला त्यसै कसरि त्यो मनको उज्यालो ॥


छैनन्‌ तिनी अब यहाँ अरु ठाउँमा छन्‌
उस्पारमा कुन कुना सुर गाउँमा छन्‌ ।
जो देखिँदैन उहि सम्झनुको विषाद
आनन्द बन्दछ मिठो यसको प्रसाद ॥